01/10/2026
आदरणीय अभिभावकज्यू,
नमस्कार!
यही मिति २०८३ साल असोज २१ गते बुधबारदेखि दोस्रो त्रैमासिक परीक्षा सञ्चालन हुने भएकाले आफ्ना नानीहरूको पढाइमा बिहान, बेलुका तथा विदाको समयमा समेत विशेष ध्यान पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
यस शैक्षिक सत्र २०८३ मा अध्ययनरत नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूको नयाँ पद्धति (CAS) मार्फत Learning Assessment गरिनेछ। साथै, कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूको परीक्षा पुरानो पद्धतिअनुसार सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ। धन्यवाद!
विद्यालय प्रशासन
पर्फेक्ट एकेडेमी
इटहरी–९ , प्रगति मार्ग , सुनसरी