24/06/2025
मानिस हराएको सूचना
नाम - डेकेन्द्र धमला
उमेर- ३४
इटहरी उपमहानगरपालिका वार्ड नम्बर २ महेन्द्र मावि छेउबाट यही मिति २०८२ साल असार ८ गते बिहान ४ बजे अफिस जान्छु भनि निस्किएको र कतै सम्पर्कमा नआएको र आफन्तहरूसँग पनि सम्पर्कविहीन भएकोले उहाँको खोजी गरी कतै पत्ता लगाएमा नजिकको प्रहरी कार्यालय अथवा निजका भाइ किशोर धमलाको फोन नम्बर ९८४२ ५८८३८७ मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
30/11/2023
सुरक्षित बस्नु होला सबै जना
हाती को आतंक बढ्दो क्रम मा छ।
सुन्दरहरैचा 10
30/11/2023
अत्यन्तै दु:खद खवर: इटहरी -२ सान्तिनगर स्थित तालतलैया क्षेत्रमा हात्तीले किचेर एक युवाको ज्यान गएको छ। ईटहरी निवासी २५ वर्षिय रबिन खड्काको हात्तिले किचेर ज्यान गएको छ।
04/11/2023
दुख: द खबर!
गए राती जाजरकाेट केन्द्रबिन्दु भएर गएकाे विनासकारी ६.४ म्यागनिचुट को भुकम्पमा परी जाजरकोट नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोट र रुकुम पश्चिममा गरि १३१ जनाको मृत्यु भएकाे पुष्टी भैसकेकाे छ ।
उक्त घटनाले स्तब्ध बनाएको छ।
मृतक आत्माकाे चिर शान्तिकाे कामना गर्दै घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।
04/11/2023
हिजो राति जाजरकोट केन्द्रबिन्दुबनाएर गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षेती पुर्याएको छ । सो घटनाको विवरण सुन्दा अत्यन्तै दुखित बनाएको छ । यस बिनासकारी भुकम्पमा परी ज्यान गुमाउने जाजरकोट जिल्ला नलगाड नगर पालिकाकी उप प्रमुख सरिता सिह लगाएत सबै ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली ,सम्पुर्ण घाइते प्रती सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछौ । यश बिपदको घडीमा पीडितहरुलाई सुरक्षित राख्न र राहत सहितको उपचार छिटो भन्दा छिटो घटना स्थल ब्यवस्थापन गर्न सरकार को भुमिकाकेल्न नेपाल सरकार सग अनुरोध गर्दछौ।
01/11/2023
Sad News:डाक्टरले चेक जाच नै नगरि औषधि प्रयोग गर्न लाउदा एक जना बहिनिको मृत्यु भएको छ।
अनुहारमा आएका एलर्जी चेक जाँच गर्न जादा रगत र एलर्जी परिक्षण बिना नै MINOCIN र ACNETRATE औषधी लेखेर दिएपछि ती औषधी खाएकी र केही दिनपछि ज्वरो, खोकी लाग्न थालेपछि पुन त्यहीं ख्वप अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN / ACNETRATE नै औषधी निरन्तर खान लेखी दियो त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ साथै फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो ।
टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो । ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्कवाक्क हुने, ज्वरो आएर गाह्रो हुन थालेपछि मिति २०८०।४।१४ मा बिहानै ४:०० बजेतिर ख्वप अस्पतालमा इमर्जेन्सीमा लिएर गएपछि तत्काल भर्ना गरियो । भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन झन खराब हुँदै गयो । औषधीको Reaction हुन सक्ने तर्फ ध्यान कसैले पनि दिएन ।
पछि B&B र त्यसपछि पाटन हस्पिटल पुराइयो। तर कसैको केहि लागेन। उनको निधन भयो । Drug reaction with Eosinophilia and systematic symptoms (DRESS) लाई मृत्युको कारण भनेको छ । जिउका छाला सबै जलेर अत्यन्तै पिडा र कष्टदायी मृत्यु भएको थियो ।
नितुको अकाल मृत्युबरणले पुर्याएको अपुरणीय क्षतिको कुनै पूर्ति हुन्छ भन्ने त्यो को नितुलाई न्याय । न्याय चाहियो भनेको हो हामीले । नितुको न्यायको लागि सबैले आवाज उठाई दिन हाम्रो बिनम्र अनुरोध छ ।
नितुको पिता माता र दिदी : राध्येश्याम दुवाल, गीता दुवाल र कविता दुवाल
08/10/2023
दु:खद खबर 😢 हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको मृत्यु, एक जना सम्पर्क विहीन।
ईजरायलमा भएको हमलामा १० नेपालीको मृत्यु भएको जानकारी बाहिरिएको र ति मृतक सबै सुदुर-पश्चिम बिश्वबिधालय कृषि विज्ञान संकायको विधार्थी रहेका छन्। 😔