Technical Daju

Technical Daju We hold the highest standards of craftsmanship, authenticity and originality. Check out our unique d

Memory
05/07/2022

Memory

21/05/2021
अढाई करोडमा बिक्यो एप्पल संस्थापक जब्सको जागिरको दरखास्तएप्पल कम्पनी स्थापना गर्नु अगाडि स्टिभ जब्सले १८ वर्षको उमेरमा अ...
30/03/2021

अढाई करोडमा बिक्यो एप्पल संस्थापक जब्सको जागिरको दरखास्त

एप्पल कम्पनी स्थापना गर्नु अगाडि स्टिभ जब्सले १८ वर्षको उमेरमा अमेरिकाको रिड कलेजको पढाइ छाडेका थिए । पढाइ छाडेसँगै अरु कलेज ड्रपआउटहरुले जस्तै जब्सले पनि जागिर खोज्न सुरु गरे । र, जागिरको खोजीमा सबैभन्दा पहिले जब्सले लेखेको मध्येको एक दरखास्त हालै अढाई करोड रुपैयाँ भन्दा धेरै मूल्यमा लिलाम भएको छ ।

सन् १९७३ मा जब्सले जागिरका लागि दिएको उक्त दरखास्त बेलायतको चार्टरफिल्डमा भएको लिलामीका क्रममा १ लाख ६२ हजार ब्रिटिस पाउण्ड अर्थात् २ करोड ५८ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको हो।

फेसबुकले किन फ्रिज गर्‍यो भेनेजुयलाका राष्ट्रपतिको पेज ?भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको फेसबुक पेज फ्रिज भएको छ । ...
30/03/2021

फेसबुकले किन फ्रिज गर्‍यो भेनेजुयलाका राष्ट्रपतिको पेज ?

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको फेसबुक पेज फ्रिज भएको छ । कोभिड १९ सम्बन्धमा गलत जानकारीहरु फैलाएको भन्दै मदुरोको फेसबुक फेज निलम्बन गरिएको हो ।

फेसबुक प्रवक्ताका अनुसार आफ्नो पेजमा मदुरोले कुनै प्रमाणविना नै कोरोना भाइरसको उपचार तथा रोकथामका बारेको दाबीलाई प्रस्तुत गरेका थिए ।

गत जनवरीमा मदुरोले कार्भाटिभिर नामक झोल कोरोना भाइरसको चामत्कारिक औषधिको रुपमा रहेको र यसले कुनै पनि साइड इफेक्टविना नै कोरोना भाइरसलाई निस्तेज पार्ने भनेर आफ्नो फेसबुक पेजमा व्याख्या गरेका थिए । तर डाक्टरहरुले चाहिँ त्यस्तो दाबीलाई विज्ञानले पुष्टि नगर्ने बताएका छन् ।

कोरोना भाइरस लाग्नै नदिने तथा लागेपनि निको हुने औषधि दाबी गरिएको भिडियोलाई फेसबुकले मदुरोको पेजबाट हटाइदिएको छ । यसले कोभिड १९ सम्बन्धी फेसबुकको नीतिलाई उल्लंघन गरेको फेसबुकको भनाइ छ ।

१० हजारले घट्यो सामसुङको एस २० प्लसको मूल्यअग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागसिप एस...
08/03/2021

१० हजारले घट्यो सामसुङको एस २० प्लसको मूल्य

अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागसिप एस सिरिज अन्तर्गत एस २१ प्लस र एस २१ अल्ट्रा ल्याए पश्चात् एस सिरिज अन्तर्गतकै आफ्नो अघिल्लो मोडेल एस २० प्लस कम मूल्यमा विक्री गर्ने जानकारी दिएको छ ।

कम्पनीका अनुसार १ लाख ४ हजार ९९९ रूपैयाँ पर्ने एस २० प्लस मा १० हजार रूपैयाँ कम गरी अब यसको मूल्य ९४ हजार ९९९ रूपैयाँ हुनेछ ।

यी हुन् विश्वका सर्वाधिक प्रतिष्ठित प्रविधि कम्पनीहरुफर्च्युन म्यागेजिनले हालै विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको स...
08/03/2021

यी हुन् विश्वका सर्वाधिक प्रतिष्ठित प्रविधि कम्पनीहरु

फर्च्युन म्यागेजिनले हालै विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा धेरै प्रविधि कम्पनीहरुले आफ्नो स्थान सुरक्षित गरेका छन् भने अमेरिकी कम्पनी एप्पल पहिलो स्थानमा पर्न सफल भएको छ विश्वका ३ हजार ८ सय भन्दा धेरै कर्पोरेट क्षेत्रका कार्यकारीहरु, निर्देशक तथा विश्लेषकहरुसँगको सर्वेक्षणबाट फर्च्युनले यस्तो सूची तयार पारेको हो । फर्च्युनको सूचीमा रहेका विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुमध्ये प्रविधि क्षेत्रका सर्वाधिक प्रतिष्ठित १५ कम्पनी यस्ता छन् :

१. एप्पल : पछिल्लो १४ वर्षदेखि अमेरिकी कम्पनी एप्पल लगातार विश्वको सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा पहिलो स्थानमा रहँदै आएको छ र यो पटक पनि त्यसलाई कायम राखेको छ ।

२. अमेजन : विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा अमेजन कम्पनी दोश्रो नम्बरमा रहेको छ ।

३. माइक्रोसफ्ट : सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीको तेश्रो स्थान पनि प्रविधि कम्पनीले कब्जा गरेको छ र उक्त स्थानमा माइक्रोसफ्ट कम्पनी रहेको छ ।

४. अल्फाबेट : गुगलको मातृ कम्पनी विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा सातौँ स्थानमा छ भने प्रविधि जगतमा चौथो स्थानमा छ ।

५. सेल्सफोर्स : अमेरिकी सफ्टवेयर कम्पनी सेल्सफोर्स विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा १२ औँ स्थानमा रहेको छ ।

६. एसेन्चर : आइरिस कम्पनी एसेन्चर विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३३औँ स्थानमा छ ।

७.एनभिदिया : अमेरिकी चिप निर्माता कम्पनी एनभिदिया विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३७औँ स्थानमा छ ।

८. एडोब : सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा एडोब कम्पनीले आफुलाई ४०औँ स्थानमा राख्न सफल भएको छ ।

९. आइबिएम : अमेरिकी कम्पनी आइबिएम विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ४१औँ स्थानमा छ ।

१०. सामसुंग : दक्षिण कोरियाली कम्पनी सामसुंगले आफुलाई टप ५० भित्र राख्न सफल भएको छ र विश्वका सर्वाधिक लोकपि्रय कम्पनीहरुको सूचीमा ४९ औँ स्थानमा रहेको छ ।

११. पे पल : अनलाइन पेमेन्ट कम्पनी पेपल विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५०औँ नम्बरमा रहेको छ ।

१२. एक्टिभिजन : गेमिंग कम्पनी एक्टिभिजन विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५३औँ स्थानमा रहेको छ ।

१३. एएमडी : चिप निर्माता कम्पनी एडभान्स्ड माइक्रो डिभाइसेज विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ५५औँ स्थानमा परहेको छ ।

१४. अलिबाबा : चिनिया बहुराष्ट्रिय प्रविधि कम्पनी अलिबाबा विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ६१औँ नम्बरमा रहेको छ ।

१५. अमेरिका मोविलः मेक्सिकोस्थित टेलिकम कम्पनी अमेरिका मोविल विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ६४ औँ स्थानमा रहेको छ ।

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Technical Daju posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Technical Daju:

Shortcuts

Share

Category