22/07/2026
महान कार्यका लागि विद्यालय परिवार तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।
दिवंगत आमाको आत्माको चीर शान्तिको कामना साथै
हजुरहरुको यो योगदानले सबैमा प्रेरणा प्रदान गर्न सकोस ।
"विद्यालयसँग सम्बन्धित गतिविधि र विद्यालयको सूचना थाहा पाउन यस पेजसँग जोडिनुहोला। "
22/07/2026
महान कार्यका लागि विद्यालय परिवार तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।
दिवंगत आमाको आत्माको चीर शान्तिको कामना साथै
हजुरहरुको यो योगदानले सबैमा प्रेरणा प्रदान गर्न सकोस ।
22/07/2026
मिति २०८३ साउन ४ गते यस विद्यालयमा अध्ययनरत छात्र आहान राईको हजुरआमा श्रीमाया राईको स्मृतिमा वहाँको परिवारबाट विद्यालयलाई एक थान डेस्कटप कम्प्युटर सेट प्रदान गर्नुभएको छ।
वहाँहरुको यस महान कार्यप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौं।
17/07/2026
हाम्रो छिमेकी विद्यालय श्री दियालो आधारभूत विद्यालय सुर्योदय नगरपालिका वडा नं ९ मा कक्षा ६ मा अध्ययनरत नानी याङ्की येल्मोको हिजो मिति २०८३ असार ३२ गते भएको असामयिक देहावसानले हाम्रो विद्यालय परिवार मर्माहत भएको छ। शोकको यस दुखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौं।
बुढानिलकण्ठ आधारभूत विद्यालय परिवार
05/07/2026
शैक्षिक सामाग्री वितरण तथा छात्रवृत्ति वितरण कार्यक्रम
२०८३असार १९
शैक्षिक सामाग्री साथै सम्पूर्ण विद्यार्थीहरूलाइ स्कूल व्याग उपलब्ध गराउनुभएकोमा सुर्योदय नगरपालिका वडा नं ९ ,र अक्षयकोष संरक्षक दिपक कुलुङ राई ज्यूप्रति विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।
कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने यहाहरु सबैलाई धन्यवाद।
02/07/2026
सबैमा नमस्कार।
विद्यालयले भोलि मिति २०८३ असार १९ गते आयोजना गरेको शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरणकार्यक्रममा निमन्त्रणाका लागि सबैमा पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानी विद्यालयमा बिहानको ठिक १०:३० बजे उपस्थित भइदिनुहुन सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूमा विद्यालय प्रशासन हार्दिक अनुरोध गर्दछ।
29/06/2026
आज मिति २०८३ असार १५ गते विद्यालयमा भएका महत्त्वपूर्ण गतिविधिहरु
१. स्वर्गीय सन्तलाल राई को पुण्य स्मृतिमा विद्यालयलाई उहाँको परिवारद्वारा फलैचा हस्तान्तरण साथै आजको दिवा खाजा व्यवस्थापन गरियो।
२. किटजन्य रोग व्यवस्थापन तथा अनुसन्धान केन्द्र हेटौडा मकवानपुरबाट आउनुभएका प्राविधिकहरूबाट कक्षा १ र कक्षा दुईमा अध्ययनरत बालबालिकाहरूको हात्तीपाइले रोग परीक्षण गरियो। उक्त परीक्षणमा कुनै पनि बालबालिकामा हात्तीपाइले रोगको जीवाणु नरहेको पुष्टि भएको समेत जानकारी गराउँदछौं।
३. विद्यालय व्यवस्थापन समिति अध्यक्ष साथै आमा समूहको सक्रियतामा विद्यालयमा श्रम कार्य सञ्चालन गरियो।
विद्यालयको सर्वाङ्गीण विकासका लागि यहाँहरूले पुर्याउनुभएको योगदानको विद्यालय परिवार उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछ।
23/06/2026
घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धमा जरुरी सूचना
19/06/2026
बुढानिलकण्ठ आधारभूत विद्यालय
मिति: २०८३/०३/०५
विषय: वर्षातको समयमा विद्यार्थीहरूको सुरक्षा तथा आवश्यक तयारी सम्बन्धी अत्यन्त जरुरी सूचना !
आदरणीय अभिभावक ज्यूहरू,
सप्रेम नमस्कार।
हाल वर्षात (झरी) को मौसम सुरु भइसकेको र मौसम प्रतिकूल भइरहने हुनाले हाम्रा स-साना नानीबाबुहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी विद्यालय प्रशासन यहाँहरू समक्ष हार्दिक अपिल गर्दछ।
वर्षाको समयमा विद्यालय आउँदा र घर फर्किंदा हुन सक्ने जोखिम र बिरामी हुनबाट जोगाउनका लागि कृपया निम्न कुराहरूमा विशेष ध्यान दिई सहयोग गरिदिनुहुन अनुरोध छ:
आवश्यक सामग्रीको व्यवस्था: आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउँदा पानीबाट बच्नका लागि अनिवार्य रूपमा छाता, रेनकोट र वाटरप्रूफ झोला (वा झोला भित्र प्लास्टिक) को व्यवस्था गरिदिनुहोला।
सुरक्षित आउजाउ: साना बालबालिकाहरू बाटोमा चिप्लने, खाल्डाखुल्डीमा पर्ने वा रुझ्ने सम्भावना हुने भएकाले सम्भव भएसम्म आफैंले विद्यालय पुर्याउने र सुरक्षित साथ घर लैजाने व्यवस्था मिलाइदिनुहोला।
सवारी साधनमा सावधानी: पैदल वा सवारी साधन (जस्तै मोटरसाइकल/स्कुटर) बाट बालबालिका ल्याउँदा-लैजाँदा विशेष सावधानी अपनाउनुहोला।
सञ्चार र सम्पर्क: अत्यधिक वर्षा भई विद्यालय आउनै नसक्ने अवस्था भएमा वा बाटोमा केही अवरोध आएमा तुरुन्त विद्यालय प्रशासन वा कक्षा शिक्षकलाई जानकारी गराउनुहोला।
नोट: बालबालिकाहरूको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो। विद्यालय समयमा अचानक मौसम बिग्रिएमा विद्यार्थीहरूलाई सुरक्षित रूपमा घर पठाउन विद्यालयले आवश्यक समन्वय गर्नेछ। यहाँहरूको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ।
धन्यवाद।
प्रधानाध्यापक
बुढानिलकण्ठ आधारभूत विद्यालय
05/06/2026
सबैमा नमस्कार।
शैक्षिक वर्ष २०८३ को लागि विद्यालयको वार्षिक शैक्षिक पात्रो तयार भएको छ।
शनिबार र आइतबारको दुई दिने बिदा लगायत सरकारको निर्णयहरुलाई मध्यनजर गर्दै हिउँदै र वर्षे बिदा ४५ दिनबाट कटौती गरी ९ दिनमात्र (शनिबार र आइतबार वाहेक) हुनेगरी यो तयार गरिएको हो। सम्पूर्ण अभिभावकहरूलाई उक्त पात्रोमा रातो अक्षरले लेखिएको दिन विद्यालय बिदा रहने
व्यहोरा जानकारी गराउँदछु।
अघिल्ला वर्षहरूमा विद्यालय २२० देखि २३० दिनसम्म सञ्चालन भएकोमा यस वर्ष २१६ दिन सञ्चालन हुने समेत जानकारी गराउँदछौं।
04/06/2026
आज हाम्रो यस विद्यालयको शिक्षक Sw****ka Thegim S***a स्वस्तिका लिम्बू ज्यूको शुभ जन्मदिनको अवसरमा यस विद्यालयमा दिवा खाजा सहयोगका लागि रु १०,०००/- उपलब्ध गराउनुभएको छ।
वहाँलाई विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद सहित जन्मदिनको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं।
HAPPY BIRTHDAY TO YOU ****ka miss
| Monday | 09:45 - 16:15 |
| Tuesday | 09:45 - 16:15 |
| Wednesday | 09:45 - 16:15 |
| Thursday | 09:45 - 16:15 |
| Friday | 09:45 - 16:15 |
| Sunday | 09:40 - 16:15 |