25/10/2016
पूर्ण श्रेष्ठको छत्रछायाँमा लामो समय ज्योति सदन र ज्योति विद्या मन्दिर अध्यापन गराएका यी विशिष्ठ शिक्षकहरुलाई चिन्नुहुन्छ ??
This page is dedicated to our beloved teacher, social worker Late. Purna Shrestha. We are planning t
25/10/2016
पूर्ण श्रेष्ठको छत्रछायाँमा लामो समय ज्योति सदन र ज्योति विद्या मन्दिर अध्यापन गराएका यी विशिष्ठ शिक्षकहरुलाई चिन्नुहुन्छ ??
14/09/2016
ते¥हौं पूर्ण स्मृति दिवसमा पुरस्कार वितरण:
इलाम, २७ भदौ, पूर्ण स्मृति पुरस्कार वितरण समारोहमा इलामका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । इलामका शिक्षासेवी पूर्णप्रसाद श्रेष्ठको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार सोमबार इलाममा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो । इलाम जिल्लामा यस वर्ष प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल विवि मेमोरियल स्कुल नेपालटार साखेजुङकी छात्रा अस्मिता राईले नगद ५ हजार रुपैंयाँ सहित प्रशंसापत्र पाइन् । पूर्ण स्मृति पुरस्कार वितरण समारोह समितिकी अध्यक्ष पुष्पा श्रेष्ठले अस्मिताका बुबा धनबहादुर राईलाई नगद र प्रशंसापत्र हस्तान्तरण गरिन् । कार्यक्रममा ज्योति विद्या मन्दिरबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने आलोक खतिवडालाई पनि सम्मान गरियो । शारिरीक रुपमा अपाङ्ग भएपनि फरक क्षमता भएका आलोकका बुवा भुवनप्रसाद खतिवडाले सम्मान ग्रहण गरे । यसैगरी जिल्लामा उत्कृष्ट कार्य गरेको भन्दै समितिले इलाम सोसियल इनिसिएटिभ क्लोथ बैङ्कलाई नगद ७ हजार रुपैंयाँ सहित सम्मान गरेको छ । समितिले प्रकाशन गरेको पूर्ण स्मृति ग्रन्थको समिक्षक केशबहादुर राईलाई पनि समितिले कार्यक्रमबिच प्रशंसा पत्र प्रदान गरेको छ । कार्यक्रममा विवि मेमोरियलका प्रधानाध्यापक टेकेन्द्र बस्नेत, समितिका सदस्य सचिव रविन्द्र श्रेष्ठ, विद्यालयका संस्थापक लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षाविद् पूर्णप्रसाद श्रेष्ठको शिक्षाक्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो ।
इलामका दुई शिक्षासेवी सम्मानित
ज्योति विद्या मन्दिर विद्यालयका प्रधानाध्यापक गणेश खतिवडा र माइपोखरी एकेडेमीका प्रधानाध्यापक धनप्रकाश राई सम्मानित भएका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयले शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उनीहरुलाई सम्मानपत्र प्रदान गरेको हो । शिक्षा क्षेत्रमा प्रशंसनीय कार्य गरेको भन्दै खतिवडा र राई सम्मानित भएका हुन् । दुवै शिक्षासेवी वर्ष २०७१ र २०७२ का लागि सम्मानित भएका हुन् । प्राविधिक कारणले नेपाल सरकारले दुवै वर्षको सम्मान यसवर्ष प्रदान गरिएको हो । १३ औं पूर्ण स्मृति पुरस्कार वितरण समारोहबिच सो प्रमाणपत्र ज्योति विद्या मन्दिर विद्यालयका प्रधानाध्यापक गणेश खतिवडालाई प्रदान गरियो । यसअघि पनि ज्योति विद्या मन्दिरका पूर्व प्रधानाध्यापक ठगबहादर विश्वकर्माले शिक्षा मन्त्रालयले प्रदान गर्ने यो पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
13/09/2016
इलाम हाइस्कूलका हाम्रा पूर्ण सर इलाम नगर स्थित आदर्श माविका हाम्रा श्रद्धेय गुरु पूर्ण श्रेष्ठले २०६३ चैत ४ गते यो संसार छाड्नुभयो । त्यो दिन बिहानै पाएको खबरले म स्तब्ध भएँ, हलचल गर्नै सकिन । विस्तारै मेरा मानसपटलमा विगतका स्मृतिहरु चलचित्र झैं कुद्न थाले, जुन मेरा श्रद्धेय गुरु पूर्ण श्रेष्ठसँग जोडिएका थिए । आज उहाँको जन्मदिन रह...
21/07/2016
यो साता गुरु पूर्णिमाको साताः आऔँ, यी गुरुहरुप्रति श्रद्धा ब्यक्त गरौँ ।
17/07/2016
बाल मन्दिर प्राथमिक विध्यालय, इलाम
01/05/2016
हाम्रो स्कुल, पाठशाला......
25/11/2015
ज्योति विद्या मन्दिरका विद्यार्थीहरु सामाजिक काममा सहभागीता जनाउदै ।
13/09/2015
उत्कृष्ठ विद्यार्थी पुरस्कृत
इलामका शिक्षासेवी पुर्णप्रसाद श्रेष्ठको जन्मजयन्तीको अवसरमा पूर्ण स्मृति कोषले जिल्लाका उत्कृष्ठ विद्यार्थीहरुलाई आइतबार सम्मान गरेको छ । २०७१ सालको प्रवेशिका परिक्षामा इलाम जिल्लामा उत्कृष्ठ नतिजा ल्याउन सफल भएका माउण्ट मेची सेकेण्डरी स्कुलका सन्देश लिम्बुलाई नगद पुरस्कार रु ५ हजार सहित सम्मान पत्र प्रदान गरेको हो ।
सन्देशकी आमा निरकुमारी लिम्बुलाई आयोजकको तर्फबाट कुसुम श्रेष्ठले पुरस्कार प्रदान गरिन् । गसैगरि ज्योति विद्या मन्दिरको तर्फबाट २०७१ सालको प्रवेशिका परिक्षामा ८२.६३ प्रतिशत् अंक हासिल गर्ने महेसप्राद राईलाई आयोजक संस्थाकी अध्यक्ष पुष्पा श्रेष्ठले नगद रु ५ हजार सहित प्रशंसापत्र प्रदान गरिन् । ज्योति विद्या मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै महेशका अभिभावक चेतबहादुर राईले असल विद्यार्थीहरुले सफलताको शिखर चुम्न अनुशासित, आज्ञापालक र मेहेनती हुनुपर्ने बताए । कोषका सदस्य सचिव रविन्द्रप्रसाद श्रेष्ठले पुर्ण श्रेष्ठको सम्झना गर्दै एक आदर्श शिक्षक तथा समाजसेवीको रुपमा चित्रण गरे । प्रत्येक बर्ष झै सामाजिक उत्तरदायित्व निभाउने कार्य अन्तरगत कोषले यसबर्ष श्री पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिलाई रु १० हजार रकम उपलब्ध गराएको छ । कार्यक्रम कोषकी अध्यक्ष पुष्पा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
06/09/2015
आफै इलामको शैक्षिक इतिहास बनेका एक आदर्श गुरु पूर्ण श्रेष्ठको स्मृतिमा प्रकाशित यो पुस्तक तपाइँको हात लाग्यो?
लागेको छैन भने ज्योति विद्या मन्दिरको फोन नं. 027520672 मा सम्पर्क गर्नुहोस् ।
31/07/2015
गुरु पुर्णिमाको दिन आफ्ना गुरुप्रति सम्मानपूर्वक हार्दिक श्रद्धा सुमन ।
॥गुरु ब्रम्हा गुरु विष्णु गुरु देव महेश्वर
गुरु साक्षात् परब्रह्म, तैस्मय: श्री गुरुवे नमः॥
12/07/2015
IT WAS THE TIME WHEN JYOTI VIDYA MANDIR WAS ESTABLISHED...
14/06/2015
उसबेलाको आदर्श उच्च मावि र यसबेलाकोः
तत्कालिन आदर्श मावि इलाममा पढ्ने कोहि हुनुहुन्छ भने पहिलो तस्विरमा देखिएका मानबहादुर खड्गी सर, पुर्ण श्रेष्ठ सर, गीता भट्टराई बराल मिस, सारदा श्रेष्ठ गुरुमा, कमला शिवाकोटी मिस, ठाकुर श्रेष्ठ सर, नरेन्द्र न्यौपाने, बास्तोला सर (मैले नाम विर्से) लाई मात्र चिने । अरु को को लाई चिन्नुहुन्छ ।
तस्विरका लागि हरिनन्दन निरौलालाई धन्यबाद ।
तल्लो तस्वि केहि इडिट गरिएको छ ।