अमर माध्यमिक विद्यालय बरबोटे, इलाम Amar ss

अमर माध्यमिक विद्यालय बरबोटे, इलाम Amar ss

Share

SHREE AMAR SECONDARY SCHOOL ,BARBOTE ILAM In upcoming days about 80% of jobs will require practical skill, we are here to boost up and secure your career.

Many young people successfully transit from adolescence to adulthood with the support of their families, friends, adults, communities and schools. When students make a successful transition from school to work, it's good for all of us - our community, our economy, our workplaces and, most of all, our students! COMPUTER ENGINEERING is a unique program offered by Shree Amar Higher Secondary school (

19/08/2026
17/08/2026

लाखेजात्रा सुरु भएसगै आज विद्यालयमा !

Photos from अमर माध्यमिक विद्यालय बरबोटे, इलाम Amar ss's post 15/08/2026

हार्दिक बधाई तथा शुभकामना

नेपाल–भारत मैत्री सङ्घले भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजना गरेको प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा कोशी प्रदेशमा प्रथम स्थान हासिल गरी नगद रु. १५,००० (पन्ध्रहजार) प्रमाणपत्र , ट्रफिसहित पुरस्कृत हुन सफल कक्षा १० मा अध्ययनरत छात्रा एस्तर दियालीलाई विद्यालयको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

साथै, प्रदेशस्तरीय प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्ने धुलाबारी माध्यमिक विद्यालय तथा तृतीय स्थान प्राप्त गर्ने बालमन्दिर माध्यमिक विद्यालय, सुनसरीका विद्यार्थीहरूलाई समेत हार्दिक बधाई ज्ञापन गर्दछौँ।

Photos from अमर माध्यमिक विद्यालय बरबोटे, इलाम Amar ss's post 14/08/2026

🧘‍♀️ योग गरौँ, स्वस्थ बनौँ! 🌿

आज शुक्रबार विद्यालयका कक्षा ५, ७ तथा कक्षा ८ (सेक्सन ‘ए’ र ‘बी’) का विद्यार्थीहरू उत्साहपूर्वक योग अभ्यासमा सहभागी हुँदै। 🧘‍♂️ Block

13/08/2026

बौध्दिक अपाङ्गता बालबालिका प्रतिको यहाँको सदाशयताका लागि विद्यालय परिवार धन्यवाद व्यक्त गर्दछ ।
Amar Secondary Barbote Ilam
सोम निरौला
Romnath Sharma

Photos from अमर माध्यमिक विद्यालय बरबोटे, इलाम Amar ss's post 12/08/2026

नेपाल परिवार नियोजन संघ इलाम शाखाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भिन्न परिवेश: साझा आकाङ्क्षा विषयमा आज आयोजित वक्तृत्वकला प्रतियोगितामा हाम्रो विद्यालयका कक्षा १२ मा अध्ययनरत भाइ सेवन्त आचार्यले तृतीय स्थान हासिल गरी नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । भाइलाई हार्दिक बधाई तथा शुभकामना !!

Photos from अमर माध्यमिक विद्यालय बरबोटे, इलाम Amar ss's post 12/08/2026

अभिभावक भेला कक्षा-११ र १२

Photos from अमर माध्यमिक विद्यालय बरबोटे, इलाम Amar ss's post 11/08/2026

यस विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यार्थीहरूलाई हिजो सोमबार भोजन खुवाउने कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमको मुख्य आयोजना इलाम नगरपालिका–४ निवासी सीतादेवी घिमिरे र सरोज काफ्लेज्यूबाट तथा प्रेम काफ्ले, योगकुमारी काफ्ले, हरिमाया काफ्ले र पवित्रा तिवारीज्यूहरूको सहयोगमा सम्पन्न भएको हो।

विशेष आवश्यकता भएका बालबालिकाप्रति देखाउनुभएको माया, सद्भाव र सहयोगका लागि सम्पूर्ण सहयोगी मनहरूप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौ।

Photos from अमर माध्यमिक विद्यालय बरबोटे, इलाम Amar ss's post 08/08/2026

इलाम नगरपालिका-५, निवासी ललिता जबेगू शेर्पाले जन्मदिनको अवसरमा यस विद्यालयमा सञ्चालित बौध्दिक अपाङ्गता स्रोत कक्षाको बालबालिकाहरूलाई भोजन खुवाउनु भएको छ । उहाँलाई हार्दिक धन्यवादसहित सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामनासहित जन्मदिनको हार्दिक शुभकामना🎉🎈💐🎁!

07/08/2026

कक्षा १२ को ग्रेडवृद्वि परीक्षामा १५ जनाले परीक्षा दिएकोमा १४ जना विद्यार्थीले ग्रेडबृद्धि परीक्षा उत्तीर्ण गरेका छन् । सबै भाइबहिनीहरूलाई बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Barbote
Ilam
027413039