30/08/2024
न ह्यहानि निवर्तन्ते न मासा न पुनः क्षपा:।
सोSयं प्रपद्यतेSध्वानं चिराय ध्रुवमध्रुव:।।
इलाम जिल्लाका शैक्षिक धरोहर ,एक उत्कृष्ट एवम् सदृढ खम्बाको रुपमा रहेर विगत तीन दशकदेखि इलाम जिल्लालाई कर्मथलो बनाएर वर्तमानमा हाम्रो विद्यालय माउण्ट मेची सेकेण्डरी बोर्डिङ स्कुल इलाम-९, सिलिखानमा अध्यापनरत हाम्रा आदरणीय प्रधानाध्यापक श्री राजन माइकल गुरुङ्गको निधनले हामीलाई अत्यन्तै स्तब्ध तुल्याएको छ।हामीले हाम्रा अभिभावक ,पथप्रदर्शक,अनुशासन र शैक्षिक गतिविधि एवम् मूल्यांकनका प्रणेता गुमाएका छौँ ।यस दुःखद घडीमा यहाँका हरेक कीर्तित्वको ससम्मान स्मरण गर्दै शोकसन्तप्त सम्पूर्णमा धैर्यधारण गर्ने शक्ति उनै अनादि इश्वरद्वारा प्राप्त होओस् भन्ने करुण कामनाका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
विद्यालय परिवार
माउण्ट मेची सेकेण्डरी बोर्डिङ स्कुल
इलाम ,नेपाल
18/08/2024
08/08/2024
25/07/2024
21/07/2024
16/07/2024
29/06/2024
27/06/2024
27/06/2024
27/06/2024
19/06/2024