26/01/2026
गोर्खा वेलफेयर ट्रस्ट फिदिम पाँचथरको आर्थिक सहयोग एबम विध्यालयको लागत साझेदारिमा ६५ सेट डेस्क / बेन्च र ५ थान पोडियम निर्माण कार्य सम्पन्न गरेर आज एक समारोह बिच बिध्यालय परिवारलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । सहयोगी सस्थालाइ बिध्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद । आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा गर्दछौ ।
सस्थाको तर्फबाट
प्रमुख श्री गोबिन्द कन्दङ्वा,
लक्ष्मी प्रसाद राई लगायतले हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा देउमाइ १ का वडाध्यक्ष मिनराज श्रेष्ठ, बि ब्य स पुर्ब अध्यक्ष अर्जुन कुमार बस्नेत, शि अ सघ अध्यक्ष देबेन्द्रप्रकाश राई लगायतको उपस्थितिमा बर्तमान बिध्यालय अध्यक्ष श्री गङ्गा प्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
हार्दिक धन्यवाद ।
23/01/2026
सानिरा र रेहन राई आज सरस्वती पूजाको अवसरमा अक्षरराम्भ गर्न आउनु भएको । स्वागतम नानिबाबुहरुलाइ ।
22/01/2026
आदरणीय अभिभावक, शिक्षक, बिध्यार्थी, शिक्षा बिद, चन्दादाता लगायत सम्पुर्णमा भोलि माघ ९ गते शुक्रबार बसन्त पन्चमि, श्री पन्चमी, सरस्वती पूजाको अवसरमा हार्दिक निमन्त्रणा गर्दछौं । साथै सरस्वती पूजाको अवसरमा आफ्ना नानिबाबुहरुलाइ अक्षराम्भ गराउन समेत विध्यालयको सरस्वती मन्दिरमा लिएर आउनु हुन हार्दिक निमन्त्रणा गर्दछौ ।
विध्यालय परिवार ।
21/01/2026
देउमाइ नगरपालिका १ चमैता निवासी, यस विध्यालयकी पुर्व विध्यार्थी हाल वैदेशिक रोजगारीको क्रममा स्पेनमा रहदै आउनु भएकी श्री कल्पना बस्नेतले आफुले पढेको विध्यालय अनि यस विध्यालयका खेलाडीहरुलाइ हौसला स्वरुप रु. २५००० ( पचिस हजार ) बराबर रकमको जर्सी - १५ सेट, मोजा - १५ सेट र दुइवटा फुटबल समेत यसै विध्यालयको कक्षा ९ र १० मा अध्ययनरत वहाँका छोराहरु बिजय र बिबेक मार्फत विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री गङ्गा प्रसाद भट्टराई लगायत विध्यालय परिवारलाइ हस्तान्तरण गर्नुभयो । सहयोगी भावना भएकी पुर्ब बिध्यार्थी कल्पना बस्नेतलाइ हार्दिक धन्यवाद सहित उत्तरोत्तर प्रगतिको कामना । साथै भाइहरु बिबेक र बिजयलाइ समेत उज्ज्वल भविश्यको कामना । सहयोगी हातहरुलाइ हार्दिक धन्यवाद ।
सामाग्री ब्यवस्थापनमा सहजीकरण गरिदिनु भएकोमा आदरणीय सर केन्द्र कुमार बस्नेतलाइ हार्दिक धन्यवाद ।
विध्यालय परिवार
७ माघ, २०८२
31/12/2025
कक्षा १२ को परीक्षा फाराम भर्न बाँकि रहेका बिध्यार्थीहरु शुक्रबार सम्ममा सम्पर्कमा नआए आफै जिम्मेवार हुनुपर्नेछ । ७९ रजिस्ट्रेशन न भएकालागी अन्तिम पटक ।
28/12/2025
Welfare Trust फिदिम पाँचथरको आर्थिक सहयोगमा डेस्क बेन्च निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । हार्दिक धन्यवाद वेल्फेयर ट्रस्ट फिदिम पाँचथरलाइ ।
23/12/2025
अतिरिक्त क्रियाकलाप ; अन्तरसदनात्मक भलिबल प्रतियोगिता । हरियो र पहेलो सदन बिचको फाइनल खेलमा हरियो सदन बिजेता र पहेलो सदन उप बिजेता । ४ वटै सद्नहरुलाइ हार्दिक बधाइ ।
23/12/2025
कक्षा १२ नियमित तथा ग्रेडबृद्धी परीक्षाको आवेदन फाराम खुलेको छ । यहि पौष १७ गते भित्रमा अनिवार्य फाराम भरिसक्नु पर्ने भएकोले सम्बन्धित सबैलाइ सूचित गरिन्छ ।
22/12/2025
२०८२ साल कक्षा १० को शैक्षिक भ्रमण कार्यक्रम सफलता पुर्बक सम्पन्न । ४ र ५ पुस २०८२, श्रीअन्तु र कन्याम ।
21/12/2025
आज विश्व ध्यान दिवस विध्यालयमा ध्यान गरेर मनाइयो । गोपाल पोखरेल सरलाइ ध्यान गर्न सहजीकरण गरिदिनु भएकोमा धन्यवाद ।