20/08/2026
प्रविधि र शिक्षा सगसगै ।
सन्दकपुर गाउँपालिका, ईलाम बाट श्री श्याम्बल मा वि माइमझुवालाइ
७ थान डेक्सटप कम्प्युटर
२ थान Smart Board
२ थान Printer उपलब्ध भएको छ।
सन्दकपुर गाउँपालिकाका अध्यक्ष श्री तुलाराम गुरुङ, उपाध्यक्ष श्री हरि बहादुर लुङेली, वडा अध्यक्ष श्री सनम राई तथा शिक्षा शाखा अधिकृत श्री ध्रुव सेजवाल बाट बि ब्य स अध्यक्ष,स्थानीय बुद्दिजिवि तथा शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा विद्यालयमा हस्तान्तरण सु सम्पन्न भयो।
विद्यालयको तर्फबाट धेरै धेरै धन्यवाद ।
10/08/2026
विज्ञापन प्रकाशित गरिएको सम्बन्धमा।
04/08/2026
सम्पुर्ण अभिभावक ज्यु हरुमा शुभ बिहानी।
अबिरल पानीको कारण आज मिति २०८३ साल साउन १९ गते १ दिन बिधालय बन्द रहने जानकारी गराउछौ।
विपद मा सबै जना सचेत बनौ।
17/07/2026
वर्षे बिदा सकिए सगै २०८३ साउन ४ गते सोमबारदेखि विद्यालय खुल्ने जानकारी गराउछौ।
साथै कक्षा ११ र १२ को समेत नियमित पठनपाठन हुने छ।
14/07/2026
शिक्षक सरुवा सम्बन्धि सूचना ।
07/07/2026
शैक्षिकसत्र २०८२ सालमा नियमित SEE मा ग्रेड हासिल हुन नसकी २०८३ सालमा मौका परिक्षामा सामेल भएका १२ जना विद्यार्थी मध्ये ११ जनाले सफलता हासिल गरेका छन।
सबै विद्यार्थीहरुलाइ बधाइ एवम शुभकामना।
कक्षा ११ मा श्याम्बल मा वि मा भर्ना हुन अनुरोध छ।