27/01/2025
यस बिद्यालयकि कर्मचारी रविना राईको ममतामयी माता आशमति राईको ५९ वर्षको उमेरमा २०८१ माघ १२ गते राति १२ बजे निजी निवास इनपा ६ भालुढुङ्गा छेउमा असामयिक निधन भएको खबरले स्तब्ध र मर्माहत बनाएको छ । यस दुखत घडीमा वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तब्ध परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
03/01/2025
श्री सत्यनारायण आधारभुत बिद्यालय इलाम ६ । को आयोजनामा बिद्यार्थीलाई बनभोज तथा महत्वपूर्ण स्थलहरुमा अवलोकन भमणको आयोजना गरिएको छ ।
20/12/2024
आझ ०५ पौष २०८१
श्री सत्यनारायण आधारभुत विद्यालय इलाम नगरपालिका वडा नं. ६ पिपललबोटेमा आम अभिभावकहरुको भेलाले श्री अर्जुन पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति तथा टेकराज भट्टराईको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरियो ।दुबै समितिलाइ सफल र रचनात्मक सफलतको शुभकामना ।
14/09/2024
बाल दिवसको उपलक्ष्यमा सम्पुर्ण बालबालिका ,अभिभावकहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दै बिधालयमा बाल क्लबको आयोजनामा भएको विभिन्न गतिबिधीहरुको विवरण ।।
21/05/2024
यस बिद्यालयका पुर्ब अध्यक्ष श्री जितमाया इम्बुङ लिम्बुको समबेदना हस्तान्तरण गर्दै श्री सत्यनारायण आधारभुत बिद्यालय इलाम ६ परिवार ।
16/05/2024
विद्यालयमा नया बिद्यार्थी स्वागत तथा सामाग्री हस्तान्तरण कार्यक्रम ।
सम्पूर्ण दाता तथा वार्ड न ६ परिवार साथै जागृती साकोस परिवार प्रती आवार ब्याक्त गर्दछौ ।
बिद्यालयमा भर्ना हुने सम्पुर्ण नानी बाबूहरुलाई स्वागत गर्दै अभिभावक ज्युहरुमा आभार ब्याक्त गर्दछौ ।
२०८१/०२/०३
22/03/2024
विभिन्न क्रियाकलाप सहित यो शैक्षिकसत्र समापन भएको छ ।सबैजना नानी बाबुहरुको उज्ज्वल भविस्यको कामना गर्दै २०८० चैत्र २९ गते बिहिवार परिक्षाफल वितरण गर्ने कार्यक्रम रहेको हुदा उक्त दिन अभिभावक सहित आफ्ना नानी बाबुहरुलाइ विद्यालयमा उपस्थित गराइ दिनहुन सादर अनुरोध गर्दछौ ।
साथै, यस शैक्षिकसत्रमा बिद्यालय लाइ सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी महानुभावहरुमा आभार ब्यक्त गर्दछौ ।