19/06/2026
७५औ स्काउट दिवस विविध कार्यक्रमका साथ सरस्वती स्काउट ट्रुपबाट भव्यरुपमा मनाइएको छ।
माईजोगमाई गा पा को पुरानो माध्यामिक विद्यालय
19/06/2026
७५औ स्काउट दिवस विविध कार्यक्रमका साथ सरस्वती स्काउट ट्रुपबाट भव्यरुपमा मनाइएको छ।
07/06/2026
धेरै धेरै बधाई र सफलताको शुभकामना विद्यार्थी नानीहरु ।
आज भएकाे थुम्के साहित्यिक समूह माईजाेगमाईकाे अन्तर मा वि कविता प्रतियोगितामा श्री सरस्वती मा वि माईजोगमाई ५ साेयाङका छात्राहरु कृतिका राउत दाेस्राे तथा बबिता मगर चाेैथाे स्थान हासिल गरि पालिकाकाै उदयमान कविका रुपमा परिचय बनाउन सफल भएकाेमा विद्यालय परिवार अत्यन्तै खुशी र गाैरवान्दित भएकाे छ । नानीहरुकाे अझ धेरै सफलताको शुभकामना ।
फाेटाे दिनेश सर ।
श्री सरस्वती मा वि माईजोगमाई ५ साेयाङकी कक्षा ९ कि छात्रा दिपिका सुवेदीले आज गरेकाे कविता बाचन । झ्याउरे छन्दमा मिठाे स्वर ।
भिडियो दिनेस सर ।
थुम्के साहित्य प्रतिष्ठानकाे कविता बाचन प्रतियोगितामा श्री सरस्वती मा वि माईजोगमाई ५ कि बबिता मगर "साथी " कवितामा ।
भिडियो दिनेश सर ।
पूरा भिडियाे ....
अमरकल्याण मावि काे सभाहलमा आज जेठ २४ गते आईतवार माईजाेगमाई गा पा स्थित माद्यामिक विद्यालय स्तरीय कविता लेखन तथा बाचन प्रतियोगितामा आफ्नो बेजाेड प्रस्तुति दिदै श्री सरस्वती मा वि साेयाङकी कक्षा ९ कि छात्रा कृतिका राउत ।
31/05/2026
आज मिति २०८३ साल जेठ १७ गते आइतबारको दिन श्री सरस्वती माध्यमिक विद्यालय माइजोगमाइ गाउपालिका ५ इलामका सम्पूर्ण अभिभावक ज्यूहरु विद्यालयमा आइ विद्यालय परिसरमा घेराबार तथा गेट निर्माण साथै छाना मर्मत लगायत आवश्यकिय कार्यहरु सुसम्पन्न गर्दै विद्यालयलाई निरन्तर सेवा प्रदान गरिरहनु भएको छ। अभिभावक ज्यूहरुको यस किसिमको सक्रियता, लग्नशीलता र सहयोग प्रति विद्यालय सधै आभारी रहनेछ। र आगामी दिनमा यहाँहरुको साथ र सहयोगले निरन्तरता पाइरहनेछ भन्ने पूर्ण अपेक्षा राख्दै पुनः सक्रिय साथ र सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दछौ।
30/05/2026
आज मिति२०८३/०२/१६ गते शनिबार सम्पन्न भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनोट प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरि भोलि बाट सञ्चालन हुने प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगितामा सहभागीताको लागि इटहरी प्रस्थान गर्नको लागि हाम्रो विद्यालयको छात्र उज्वल राउत लगायत माईजोगमाई गाउँपालिका तथा इलाम जिल्लाका सम्पुर्ण खेलाडी विद्यार्थी भाइबहिनी हरुलाई विद्यालय परिवार हार्दिक बधाई तथा विजयको लागि अग्रीम शुभकामना ब्यक्त गर्दछ ।शुभयात्रा🌺🌺💕💕🌺🌺
26/05/2026
टिफिनमा एकछिन ,एक क्लिक।
22/05/2026
प्रथम अभिभावक भेला