वित्तिय साक्षरता-Financial Literacy

वित्तिय साक्षरता-Financial Literacy

Share

Thanks.

I would like to introduce to you that I am a citizen who is able to impart financial literacy education to all those who want to receive financial literacy training.

09/05/2026




27/04/2026

आजभन्दा ९९ वर्ष अगाडि गोरखापत्रमा छापिएको त्यो तस्विर

बि.सं. १९८४ बैशाख १३ गते फोटो पत्रकारहरुको लागी महत्वपूर्ण दिन । यस दिन पहिलो पटक त्यतिबेलाको एकमात्र पत्रिका गोर्षापत्र (गोरखापत्र) मा एउटा तस्विर छापिएको थियो ।

भारतको सावरमतीमा गान्धीको शिष्यको रुपमा रहेका तुल्सीमेहर श्रेष्ठ नेपाल फर्केर आए पछि राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई बिश्वासमा लिइ बि.सं. १९८३ मा एउटा गुठी स्थापना गराएका थिए । नाम थियो "श्री चन्द्र कामधेनु चर्खा प्रचारक महागुठी" १९८४ मा यसैको शाखा वीरगञ्जमा पनि खोलेका थिए । कपासको खेती गर्ने सो बाट धागो काट्ने र धागोबाट कपडा बुन्ने काम सिकाइन्थ्यो । खासगरि गरिव बिधवा र दलित महिलाहरुलाई नै यसमा रोजगारी दिइएको थियो । कति महिलाहरुलाई खाडीको कपडा बुन्न सिकाउन गान्धी आश्रम अहमदाबाद पनि लगेका थिए ।

यसै समाचारलाई प्राथमिकता दिन र चन्द्रशम्शेरलाई कामको अबस्था देखाउन गोर्षापत्रमा तुल्सीमेहरले नियमित लेख लेख्ने गर्दथे । यस्तै क्रममा भाग २७ संख्या २ को विविध विषयको तेश्रो पृष्ठमा कपासको प्रशंसा शिर्षकमा छापिएको लेखको साथ यो तस्विर छापिएको थियो । फोटोको तल क्याप्सनमा लेखिएको थियो, "श्री चन्द्र कामधेनु चर्खाद्वारा धागो कातिरहेकी वर्ष १२ की वीरगञ्ज बस्ने सूर्यमती श्रेष्ठनी" । पछि यहि तस्विर छापिएको दिनलाई फोटो पत्रकारिता दिवसको रुपमा मनाउन थालियो ।

✍️ Sunil Kumar Ulak

27/04/2026

Mahabir Pun ज्यू

10/04/2026

व्यक्तिगत श्रम स्वीकृतिमा म्यानपावरलाई 'नो इन्ट्री': विभागको कडा चेतावनी

वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा कुनै पनि बिचौलिया संलग्न भएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ। अबदेखि व्यक्तिगत श्रम स्वीकृतिका लागि सेवाग्राही स्वयंले नै अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। प्रक्रियालाई थप पारदर्शी र मर्यादित बनाउन विभागले यस्तो कदम चालेको हो, जहाँ म्यानपावरको अनावश्यक हस्तक्षेप र आर्थिक शोषणलाई पूर्णतः निषेध गरिएको छ।

प्रमुख जानकारीहरू:
स्वयं आवेदन: व्यक्तिगत श्रम स्वीकृतिका लागि व्यक्ति आफैंले अनलाइन फारम भर्नुपर्ने।

बिचौलिया निषेध: प्रक्रियामा म्यानपावर वा एजेन्टको संलग्नता भेटिएमा कानुनी कारबाही हुने।

विभागको उद्देश्य: वैदेशिक रोजगारीमा जाने कामदारलाई ठगीबाट बचाउनु र प्रक्रियालाई सहज बनाउनु।

03/04/2026

Love is love, Where does it end one-sidedly....!!

02/04/2026

अश्लील र यौनजन्य गालीका बारेमा

पार्टीकै कार्यकर्ताहरूले मनपरी लेखेको स्क्रिनसट पठाउँदा नदेखेजस्तो गर्ने एक जना चर्चित र जिम्मेवार कमरेडले, मैले अलि कडा प्रश्न गरेपछि, फोन गर्नुभयो। उहाँले भन्नुभयो— मैले पार्टी रूपान्तरण र हस्तान्तरणको कुरा उठाउने समय मिलेन।

राज्यको राम्रो तलब खाने गरी नियुक्त एक जना कुख्यात व्यक्तिले मनपरी लेख्यो। त्यसको स्क्रिनसट मैले सत्ताको चम्किलो कुर्सीमा बस्नु भएका एक जना काकालाई पठाएँ, तर उहाँले कुनै मतलब गर्नुभएन। मलाई आशा लागेको थियो— उहाँले “अब यस्तो नलेख, लेखे कारबाही हुन्छ” भन्नुहोला।

मैले उल्लेख गरेका दुवै जना कमरेडहरूसँग मेरो केही विश्वास थियो— कम्तीमा न्यूनतम जिम्मेवारी पूरा गर्नुहुन्छ भन्ने। तर, त्यसो भएन।

राजनीति गर्ने भएपछि सार्वजनिक विषयमा बोल्नै पर्छ। तर बोल्दा धेरै मानिसमा “यो केटी (महिला) भएर पनि ठूला कुरा गर्ने” भन्ने मानसिकता गहिरो रूपमा बसेको देखिन्छ। त्यसैले यौनजन्य र अश्लील गालीलाई सामान्य रूपमा लिने प्रवृत्ति बढेको छ।

जब म आफू र सहकर्मी पुरुष कमरेडहरूको तुलना गर्छु, प्रायः पुरुषहरूले यस्तो यौनजन्य र अश्लील गाली सहनु पर्दैन। तर मलाई भने कुनै विषय लेख्नुअघि सधैँ डर लाग्छ,”कसैले अश्लील गाली गर्‍यो भने?” यही कारणले धेरै पटक आफ्ना कुरा लेख्नबाट रोकिने गरेको छु।

आम मानिसहरूलाई मेरो अनुरोध:
कसै माथि टिप्पणी गर्नु पहिले आफ्ना नजिकका आफन्तहरूलाई सम्झनुहोस्। तपाईं पक्कै पनि महिलाकै कोखबाट जन्मिनुभएको हो, आफ्नी आमा सम्झनुहोस्। आफ्ना दिदी-बहिनी सम्झनुहोस्। श्रीमती वा प्रेमिका सम्झनुहोस्, जसले तपाईंलाई माया गर्छन्। अनि स-साना छोरी, भतिजी, भान्जीहरू सम्झनुहोस्।
के तपाईंले सामाजिक सञ्जालमा अरू महिलामाथि लेखेको जस्तो कुरा, अरू कसैले तपाईंका आफ्नै महिला आफन्तहरूमाथि लेखे भने सहन सक्नुहुन्छ? के यो जायज हो? के यो न्याय हो?

राज्य/प्रहरीलाई अनुरोध:
यति धेरै साइबर बुलिङ रोक्नै नसकिने हो? केही प्रोफाइलहरूको अनुसन्धान गरियोस् र मनपरी अश्लील लेख्नेहरूलाई कारबाही गरियोस्। उनीहरूले लेख्ने बेला सोचून् , राज्य छ, कानुन छ, प्रहरीले कारबाही गर्न सक्छ।

पार्टीहरूलाई अनुरोध:
आफ्ना कार्यकर्ताहरूलाई जिम्मेवार बनाउनुहोस्। महिला माथि अश्लील र यौनजन्य गाली गर्नेहरूमाथि कडाभन्दा कडा कारबाही गरियोस्।

सबैखाले यौनजन्य गाली र बेइज्जतीप्रति खेद व्यक्त गर्दछु।
✍️ उषाकिरण तिम्सिना

02/04/2026

म कुनै नेता विशेषको कुरा गर्दिन, जो जो छानबिनमा तानिन्छन् सही छ । ओली, प्रचण्ड, देउवा, अनि अहिले मलाई स्रोतले दिएको लिस्ट १४८ जनाको छ । यसमा, रास्वपाका केही निर्वाचित सांसदहरू पनि छन् ।

उनीहरूको थप नेक्सस कोकोसँग छ त्यो पनि, तानिनुपर्छ, त्यसो गर्दा १ हजार आसपास तानिन सक्ने सम्बन्धित निकायको अनुमान छ ।

जसमा केही मिडियाकर्मीको पनि नाम छ । केही व्यापारी छन्, र प्राय नेता र सरकारी कर्मचारी, अनि राजनीतिक नियुक्ति पाएका छन् । केही 'कथित' मिडियाकर्मी छन्, मसँग नजिक पनि छन्, कारोवारमा होइन, साथीका हिसाबले ।

आजै, कुनै एकजना ठूलै व्यवसायीलाई immigration ले कालोसूचीमा राखेको समाचार पनि आएको थियो । बाँकी नामहरू यहाँ लेख्न सक्दिन, किनभने त्यो कसैको पनि गोपनीयताको हकविरुद्ध हुन्छ ।

मलाई बालेन र उनको टीमले गरेको यो सफाई अभियान अति मन परेको छ । यो, इतिहासकै पहिलो र ठूलो सफाई अभियान हुनेछ । तर, यसका चुनौतीहरू छन् ।

जसरी, २०६४ को निर्वाचनमा ठूलो पार्टी बनेको तत्कालीन माओवादीले तत्कालीन आर्मी चिफ रुक्मागत कटुवाल र पशुपतिको पुजारी छुने कोशिस गर्यो, अनि सत्ताच्युत हुनुपर्यो, त्यो परिवेश अहिले उत्पन्न नहोस भन्ने म चाहन्छु ।

कुनै एउटा click point त छ, जहाँ क्लिक गर्नेबित्तिकै सरकारको दुर्द'शा सुरू हुनेवाला छ । त्यो मलाई नि थाहा छैन । त्यसैले बारेन यसमा निकै सजग हुनुपर्ने देखिन्छ ।

बालेनले पछिल्लो तीन महिनामा देशको राज्य संयन्त्रबारे गरेजति अध्ययन अहिलेसम्म Stephen William Hawking ले पनि गरेको छैन होला । तर, पनि नेपालको राजनीतिमा जति गरे पनि पुग्दैन, कहीं न कहींबाट हावा लीक हुन्छ नै ।

यो मेरो सुझाव होइन, मैले दिएको जानकारी मात्र ।🙏

✍️ ईश्वर अर्याल

27/03/2026

टिम बालेनले गाउँका सोझासाझा नागरिक ठग्न छरपस्ट छाडिएका लघुवित्त र सहकारीका अनुचित कार्यमाथि लगाम लगाउँदै विचलित आर्थिक अवस्थामा सुधार गर्ने र सामान्य भन्दा सामान्य नागरिकको जीवनयापनमा पनि सहजता ल्याउने आशाका साथ कार्यकाल सफलताको शुभकामना ।।

25/03/2026

सुशासनका तत्वहरू ..
📸 सञ्जाल

17/03/2026

मुकुललाई राजा मान्न तयार हुने कि ?

17/03/2026

रास्वपाका अभिमुखीकरणका २ दिन ।।

Want your school to be the top-listed School/college in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Address


Mai Municipality/4
Ilam
57304