आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
नगरपालिकाबाट प्राप्त सूचना तथा हाल भइरहेको प्रतिकूल मौसमका कारण विद्यार्थीहरूको सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै आज र भोलि विद्यालय बन्द रहने जानकारी गराइन्छ।
यस अवधिमा सबै विद्यार्थीहरूलाई घरमै सुरक्षित रहन तथा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरिन्छ। विद्यालय बन्द हुँदा पठनपाठनमा पर्न गएको असुविधाप्रति विद्यालय परिवार हार्दिक क्षमायाचना गर्दछ। मौसम सामान्य भएपछि विद्यालय पुनः नियमित रूपमा सञ्चालन गरिनेछ।
Ilam Morning Glory School
‘Quality Education is our Moto’
01/08/2026
Happy Birthday to our school's most talented teacher, Sudip Ghimire sir Wishing you good health, happiness, and continued success in all that you do. Have a fantastic year ahead.
31/07/2026
Today, our school successfully conducted the First Terminal Examination Result Publication Program. On this special occasion, students from each class who achieved outstanding academic results were honored and presented with awards in recognition of their excellence.
We highly appreciate the students' hard work, discipline, and remarkable achievements. We extend our heartfelt congratulations and best wishes for their continued success and even greater accomplishments in their future academic journey.
26/07/2026
हाम्रो विद्यालयकी प्यारी, मेहनती र सबैको मन जित्ने आदरणीय अर्पणा मिसलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। तपाईंको स्नेह, समर्पण र सकारात्मक सोचले विद्यालय परिवारलाई सधैं प्रेरणा दिँदै आएको छ। तपाईंको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, सफलता र अपार खुसीले भरिपूर्ण रहोस्। तपाईंले जीवनका प्रत्येक लक्ष्य सहजै प्राप्त गर्न सक्नुहोस् भन्ने हाम्रो हार्दिक शुभकामना छ।
15/07/2026
हाम्रो विद्यालयकी प्रतिभाशाली छात्राप्रति हार्दिक बधाई तथा शुभकामना
सेतो धरतीकी बाल कलाकार एडरिन धमला ❤️
जसले नाटकको मञ्चमा सबैलाई रुवाइरहेकी छिन्।
नेपाली रंगमञ्चमा इतिहास रच्न सफल सेतो धरती नाटक, नेपाली साहित्यको कालजयी कृती अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता 'सेतो धरती' उपन्यासमा आधारित छ। बालविवाह र बालविधवाको नेपाली समाजको एक इतिहासको दस्तावेज, महिला उत्पीडन र कुसंस्कारको कथामा आधारित छ भन्ने हामी सबैलाई अवगतै छ। हाल दुई चरणमा काठमाडौंको गैह्रीधारामा अवस्थित कान्तिपुर थिएटरमा मञ्चन भइरहेको यस नाटकमा बाल कलाकारका रूपमा एडरिन धमलाले गरेको अभिनयको तारिफ आज प्रत्येक दर्शक तथा उच्चपदस्थ व्यक्तित्वहरू—पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पत्नी सविना काफ्ले, वरिष्ठ कलाकारहरू हरिहर शर्मा, हरिवंश आचार्य, रेखा थापालगायत सबै तह र तप्काका दर्शकहरूले खुलेर गरेको देख्दा हामीलाई गर्वले छाती फुलेको छ।
त्यस समयको समाज र महिलाहरूको भोगाइलाई बुझेर पुस्तकमा रहेको एक अबोध बालिकाको चरित्रलाई जीवन भर्ने यी एडरिन धमला देउमाई नगरपालिका–५, धुसेनी, इलामकी हुन्। मुना लोहार र धनकुमार धमलाकी सुपुत्री उनी जम्मा ८ वर्षकी छिन् र श्री इलाम मर्निङ ग्लोरी इङ्लिस सेकेन्डरी स्कुल, देउमाई नगरपालिका–४, मंगलबारे, इलाममा कक्षा ४ मा अध्ययनरत छात्रा हुन्।
हामीलाई इलामबाट नाटक गर्न पठाइदिएर सहयोग गर्ने बुवा–आमा र स्कुलका प्रधानाध्यापकलगायत सम्पूर्ण शिक्षकवर्ग तथा अभिभावकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यदि एडरिन नाटकमा नहुन्थिन् र उनको यो स्तरको अभिनय कौशलता तथा अनुशासन नहुन्थ्यो भने सेतो धरती नाटकको यो सफलतासम्मको यात्रा सम्भव थिएन।
हामी सम्पूर्ण कान्तिपुर फिल्म एकेडेमी, कान्तिपुर थिएटर र सेतो धरती नाटक परिवार बालकलाकार एडरिनको अभिनय क्षमता र अनुशासनको उच्च तारीफ गर्दै, उनको उज्ज्वल भविष्यको कामना गर्दछौँ र उनको कलायात्रामा हामी सधैँ अभिभावकत्व ग्रहण गर्ने तथा उनलाई सहयोग गर्ने वाचा गर्दछौँ।
सेतो धरती यही श्रावण ३ गतेसम्म मात्रै मञ्चन हुँदैछ।
12/07/2026
On the joyful occasion of your birthday, our school family extends its heartfelt wishes to Ms. Anjila Shrestha, a dedicated, disciplined, and honest teacher. May your life be filled with happiness, good health, success, and prosperity. Thank you for your sincere dedication and valuable contribution to our school.
08/07/2026
School New Uniforms:
01/07/2026
हाम्रो यस विद्यालयकी एक असल, मिजासिली, इमान्दार मीठो खाजा चिया खुवाउने कर्मचारी पुष्पा चापागाईंलाई जन्मदिनको हार्दिक शुभकामना 🎊🎉🎈🎈🎈
28/06/2026
Happy Birthday Kabita miss! Thank you for your dedication and service. Wishing you a joyful day and a prosperous year ahead. With best wishes from our school family.🎉🎉🎉
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Mangalbare
Ilam
57307
Opening Hours
| Monday | 09:45 - 16:00 |
| Tuesday | 09:45 - 16:00 |
| Wednesday | 09:45 - 13:00 |
| Thursday | 09:45 - 16:00 |
| Friday | 09:45 - 16:00 |
| Sunday | 09:45 - 16:00 |