15/12/2025
मिति २०८२/०८/२५ गतेका दिन यस विद्यालयबाट श्री कृष्ण मा. वि. माई -५, इलाममा गई फुटबल खेल्नुभएका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरूप विद्यालयको तर्फबाट पुरस्कार वितरण गर्नुहुदै वि. व्य.स. सदस्य श्री मीना प्रधान ज्यु । साथै उक्त दिन विद्यालयमा सञ्चालन गरिएको अतिरिक्त क्रियाकलापमा भाग लिनुभई प्रथम र द्वितीय हुने विद्यार्थी नानीबाबुहरूलाई पनि पुरस्कार वितरण गरियो।
11/12/2025
भौगोलिक कारणले केहि जटिलता रहे पनि यो स्थानमा पुग्नु पनि ठूलो सफलता हो। हारबाट सिक्ने र त्यो सिकाइलाई भावी दिनमा व्यवहारमा उतार्नु सक्नु नै ठूलो उपलब्धि हो।
यो सुनौलो अवसर प्रदान गर्नुहुने आयोजक श्री कृष्ण माध्यमिक विद्यालय लाई हार्दिक कृतज्ञता को साथ स धन्यवाद। 🙏
11/12/2025
माई-५, थाक्ले, इलाम अवस्थित श्री कृष्ण मा.वि. ले आफ्नो ५४ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको आधारभूत तह (१-५) छात्र फुटबल प्रतियोगितामा यस श्री गंगादेवी आ. वि. को प्रतिनिधित्व गर्दै जानुभएका हाम्रा प्यारा बाबुहरुलाई जितको अग्रिम शुभकामना ।
विद्यालय परिवार
09/12/2025
वनभोज कार्यक्रम २०८२/०८/२३
प्यारा विद्यार्थीहरूले सबैभन्दा प्रतीक्षा गरेको दिन, रमाउने दिन, विशेष दिन ; वनभाेजकाे दिन ।
28/11/2025
मिति २०८२/०८/१२ गतेदेखि दोस्रो आन्तरिक मूल्याङ्कन सुरु । शुभकामना सम्पूर्ण विद्यार्थीहरूमा।।।
20/11/2025
यस विद्यालयका प्र.अ. संगीता राईको मिति २०८२/७/२८ गतेका दिन र शिक्षक श्री किशोर राईको मिति २०८२/८/२ गतेका दिन पर्न गएको जन्मोत्सवको अवसरमा विद्यालयको लागि संगीता राईको तर्फबाट एक दर्जन फुलदानी र किशोर राईको तर्फबाट यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको लागि कापी र पेन्सिल वितरण गर्नुभएको छ । उहाँहरूको यस कार्यप्रति विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।