श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर

श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर, School, Hetauda.

Photos from श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर's post 20/05/2026

यस विद्यालयमा प्रा.शि. दुई जना नयाँ म्याडमहरुलाई हाजिरी गराई स्वागत गरीयो। साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

श्री राष्ट्रिय माध्यमिक विद्यालय
भीमफेदी गाउँपालिका वडा नं १,सानुटार मकवानपुर

Photos from श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर's post 20/05/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना आदरणीय होम बहादुर राना मगर सरलाई।
सहायक प्रधानाध्यापक पदमा नियुक्ति हुनुभएकोमा धेरै धेरै बधाई।
तपाईंको नेतृत्व, मेहनत र समर्पणले विद्यालयलाई अझ प्रगतितर्फ अघि बढाओस् भन्ने शुभकामना।
आगामी दिनहरू सफल, सम्मानित र प्रेरणादायी बनून्। 🌸

Photos from श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर's post 15/05/2026

पिउने पानी परियोजना उद्घाटन कार्यक्रम 2083/02/01 यस विद्यालयमा शुद्ध पिउने पानीको लागि RO उपकरण सहितको खानेपानी संरचना निर्माणमा सहयोग गर्नुहुने सहयोगीदाता रोटरी क्लब अफ हटाैंडाको पहलमा जोडिनु भएको विभिन्न रोटरी क्लबहरुमा विशेष आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगकोलागि अपेक्षा गर्दछु। साथै सहयोग गर्नुहुने सहयोगी संस्थाहरुको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु।

श्री राष्ट्रिय माध्यमिक विद्यालय परिवार
भीमफेदी गाउँपालिका -१ मकवानपुर

Photos from श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर's post 28/04/2026

यस श्री राष्ट्रिय माध्यमिक विद्यालय, भिमफेदी–१, सानुटारमा आज देखि नयाँ शैक्षिक सत्रका लागि अंग्रेजी तथा नेपाली माध्यममा विद्यार्थी भर्ना कार्यक्रम सुरु भएको जानकारी गराइन्छ।👏👍
सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई समयमै भर्ना प्रक्रियामा सहभागी भई आफ्ना बालबालिकाको उज्ज्वल शैक्षिक भविष्य निर्माणमा सहकार्य गर्न हार्दिक अनुरोध गर्दछौं। 🙏🙏

Photos from श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर's post 18/03/2026

यस विद्यालयमा शैक्षिक सत्र २०८२ साल कक्षा - १० मा अध्ययनरत ३८ जना विद्यार्थीहरु विद्यालयमै क्लोज क्याम्पमा रही अध्ययन गरिरहेको विद्यार्थीहरुको लागि SEE परीक्षामा उत्कृष्ट नतिजा सहित सफलताको कामना गर्दै सहयोगी संस्थाहरू श्री नबजागरण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. भीमफेदी गा. पा. -१ र हाम्रो साना किसान कृषि सहकारी संस्था लि. भीमफेदी गा. पा. -२ बाट केही खाद्यान्न सामाग्रीहरू उपलब्ध गराइएको हुँदा सहयोगी संस्थाहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं।
👏👏👏👏👏👏👏👏👏👏👏👏💐
"तपाईंको सहयोगले विद्यार्थीहरुको भविष्य उज्ज्वल रहनेछ, साथै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दछु।"🙏🙏
- बिद्यालय परिवार
श्री राष्ट्रिय माध्यमिक विद्यालय

Photos from श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर's post 31/01/2026

भीमफेदी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा हाम्रो यस श्री राष्ट्रिय माध्यमिक विद्यालयले ५ वटा स्वर्ण पदक सहित द्वितीय स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ । 🙏
यस उल्लेखनीय उपलब्धिका लागि सहभागी सम्पूर्ण विद्यार्थी, प्रशिक्षक, शिक्षक तथा व्यवस्थापन पक्षप्रति धन्यवाद ज्ञापन गर्दछौँ। आगामी दिनहरूमा अझ उत्कृष्ट सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।👍🙌👏
श्री राष्ट्रिय माध्यमिक विद्यालय भीमफेदी १ सानुटार

22/01/2026

सरस्वती माताको कृपाले हाम्रो विद्यालयमा भोलि मिति 2082-10-9 गतेका दिन सरस्वती पूजाको आयोजना गरिने भएको छ।
यस शुभ अवसरमा आदरणीय अभिभावकज्यूहरू, प्रिय विद्यार्थीहरू तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्यू र सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ।

Photos from श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर's post 09/07/2025

आज यस विद्यालयमा अङ्ग्रेजी मध्यम कक्षाका विद्यार्थीहरूको शैक्षिक प्रगति, व्यवहार, अनुशासन तथा परिक्षा र बर्षे बिदामा कक्षा संचालन सम्बन्धि जानकारी गराउन अभिभावकहरूसँग विशेष बैठकको आयोजना गरिएको थियो। बैठकमा कक्षाका शिक्षकहरूले विद्यार्थीहरूको हालको शैक्षिक अवस्था र सुधार गर्नुपर्ने पक्षहरूबारे अभिभावकहरूलाई जानकारी गराएका थिए। साथै, विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अभिभावक, शिक्षक र विद्यालयको भूमिकाबारे बि. ब्य. स. अध्यक्ष ज्यु आफ्नो भनाइहरु राखी छलफल गरिएको थियो। अभिभावकहरूले पनि आफ्ना विचार र सुझावहरू व्यक्त गर्दै बैठकलाई बिधालय प्रधानाध्यापकको अध्यक्षतामा सफल रूपमा समापन गरियो ।

Photos from श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर's post 09/07/2025

विद्यार्थीहरूको स्वास्थ्य र पोषणका लागि अण्डा उपलब्ध गराई दिनुभएकोमा पशुसेवा कार्यलय मकवानपुर र आदरणीय शान्ती खनाल म्यामलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। तपाईँको यो स्नेहपूर्ण योगदानले बालबालिकाको शारीरिक र बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्नेछ।

हामी तपाईँप्रति आभारी छौं र भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौं।

श्री राष्ट्रिय मा. बि. परिवार भिमफेदी -१ सानुटार
धन्यवाद ।

Photos from श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी १ सानुटार मकवानपुर's post 04/07/2025

On the occasion of good friday Our school organized a sepcial colouring activity for nursery to class 3 and Nepali dictation programme for class 4 to class 10 in different groups.The activities are aimed to understand the significance of colours in the pictures and promote correct spelling, listening skills and love for Nepali language.😊 Students are actively participated with great enthusiasm and enjoy learning in a fun and engaging way😎

Want your school to be the top-listed School/college in Hetauda?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Hetauda

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00