गुरु ज्ञान, संस्कार र प्रेरणाका अमूल्य स्रोत हुनुहुन्छ। सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान, कृतज्ञता तथा सुस्वास्थ्य, दीर्घायु र सफल जीवनको शुभकामना व्यक्त गर्दछौँ।
श्री बालज्याेति माध्यमिक विद्यालय, हेटौंडा -५, पिप्ले
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री बालज्याेति माध्यमिक विद्यालय, हेटौंडा -५, पिप्ले, College & University, Baljyoti Road, Hetauda.
16/07/2026
प्रतिनिधि सभाका पूर्व सांसद, समाजसेवी श्री दिपक बहादुर सिंहज्यूको तर्फबाट श्री बालज्योति माध्यमिक विद्यालयको बालविकास कक्षाका लागि शैक्षिक सामग्री खरिद सहयोगार्थ रु. १,५०,००० (एक लाख पचास हजार) आर्थिक सहयोग प्रदान गर्नुभएकोमा विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
यस महत्वपूर्ण सहयोगले बालबालिकाको सिकाइ वातावरण अझ प्रभावकारी, सिर्जनशील तथा गुणस्तरीय बनाउन ठूलो योगदान पुर्याउने विश्वास लिएका छौं। शिक्षा क्षेत्रमा पुर्याउनुभएको यस अमूल्य सहयोगप्रति पुनः हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं।
Our Grade 5 students enthusiastically participated in today's Art Class, expressing their imagination, creativity, and unique ideas through beautiful drawings and colorful artwork. Every masterpiece reflects their growing confidence, artistic skills, and joyful learning experience.
At our school, we believe that art inspires creativity, enhances self-expression, and nurtures young minds beyond the classroom.
12/07/2026
यस विद्यालयका शिक्षिका श्री सोफिया श्रेष्ठ मिसलाई सुख, समृद्धि र सु-स्वास्थ्यको कामना सहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
रोटरी क्लब अफ हेटौडाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको बाद्यवादन तथा संगीत प्रशिक्षणमा सहभागी यस विद्यालयका दृष्टि सम्बन्धी फरक क्षमता भएका विद्यार्थीहरूले रोटरी क्लब अफ हेटौडाको ३५औँ पदस्थापन कार्यक्रम को विशेष अवसरमा मनमोहक सांगीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको छ।
उहाँहरूको आत्मविश्वास, लगनशीलता र प्रतिभाले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकलाई भावुक र प्रेरित बनाएको थियो। यस अवसरमा विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अमूल्य अवसर प्रदान गर्नुका साथै निरन्तर सहयोग र साथका लागि रोटरी क्लब अफ हेटौडाप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
हामी विश्वास गर्दछौँ कि उचित अवसर, प्रोत्साहन र सहयोगले प्रत्येक विद्यार्थीको क्षमता उजागर हुन्छ, र यस्ता कार्यक्रमहरूले समावेशी शिक्षा तथा प्रतिभाको सम्मानलाई अझ सुदृढ बनाउनेछन्।
11/07/2026
यस विद्यालयका शिक्षिका श्री अनिमा दुलाल मिसलाई सुख, समृद्धि र सु-स्वास्थ्यको कामना सहित जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
Our Grade 5 students enthusiastically participated in their music class, exploring rhythm, melody, and harmony while enjoying every moment of learning. Their passion and energy made the classroom come alive, proving that music is a wonderful way to inspire young minds.
10/07/2026
नवनिर्वाचित विद्यालय क्याप्टेन तथा हाउस क्याप्टेनहरूलाई निवर्तमान क्याप्टेनहरूबाट जिम्मेवारी हस्तान्तरण गरियो। साथै हाउस क्याप्टेन शिक्षकको जिम्मेवारी पनि औपचारिक रूपमा हस्तान्तरण गरियो।
नवनिर्वाचित सम्पूर्ण नेतृत्व टोलीलाई सफल कार्यकालको शुभकामना! 🌸
07/07/2026
बालज्योति निर्वाचन २०८३ सफलतापूर्वक सम्पन्न👏l
श्री बालज्योति माध्यमिक विद्यालयमा आयोजित बालज्योति निर्वाचन २०८३ सफलतापूर्वक सम्पन्न भएको छ।
यस निर्वाचनमार्फत विद्यार्थीहरूले लोकतान्त्रिक प्रक्रिया, नेतृत्व चयन, जिम्मेवारीबोध तथा सहभागितामूलक अभ्यासलाई व्यवहारमा उतार्ने महत्वपूर्ण अवसर प्राप्त गरेका छन्। निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुने सम्पूर्ण विद्यार्थी, उम्मेदवारहरू, शिक्षक, कर्मचारी तथा यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
निर्वाचित सम्पूर्ण विद्यार्थी नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। साथै, सहभागी सबै उम्मेदवारहरूको उत्साह, अनुशासन र खेलभावनाप्रति विद्यालय उच्च सम्मान व्यक्त गर्दछ।
लोकतान्त्रिक मूल्य र असल नेतृत्वको विकासतर्फ बालज्योतिको अर्को सफल कदम।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
Baljyoti Road
Hetauda