22/09/2025
नेपाल भारत पोलिटेक्निक इन्स्टिच्युटको तर्फबाट सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा शुभेच्छुकहरूलाई विजयादशमी २०८२ को पावन अवसरमा हार्दिक शुभकामना !
यस महान् पर्वले सबैमा आपसी सद्भाव, मेलमिलाप, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं।
साथै, ज्ञान, सीप र प्रगतिका यात्रामा हामी सबैलाई नयाँ उमंग र शक्ति प्रदान गरोस् भन्ने हार्दिक शुभेच्छा।
**शुभ विजयादशमी २०८२**
नेपाल भारत पोलिटेक्निक इन्स्टिच्युट
25/08/2025
परिक्षार्थी भर्ना तथा पुन: अनलाइन आवेदन सम्बंधी सुचना
07/07/2025
``भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!´´
SEE पछिको उत्कृष्ट गन्तव्य, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को आंगिक शिक्षालय यस नेपाल भारत बहुप्राविधिक शिक्षालय हेटाैडा मा शैक्षिक सत्र २०८२/८३ को लागि डिप्लोमा तह मेकानिकल ईन्जिनियरिङ, कार्यक्रममा भर्नाको लागि आवेदन फारम खुलेको हुदाँ समयमै सिट सुरक्षित गर्नहुन अुनुरोध गरिन्छ ।।
आवश्यक कागजातहरु:
1. SEE/SLC को Character/Transfer सर्टिफिकेट
2. SEE/SLC को मार्कसिट/ ग्रेड सिट
3. फोटो 2 कपि
4. नागरिकता वा जन्म दर्ता को फोटोकपि
फारम भर्ने अंतिम मिति : २०८२-श्रावण-२० गते मंगलबार
14/05/2025
हार्दिक श्रद्धाञ्जली
श्री इन्दिरा देवी थरुनी
(जन्म: वि.सं. २००८ | निधन: वि.सं. २०८२ साल बैशाख २७ गते)
सप्तरी जिल्ला, खडक नगरपालिका–१०, भैरोगञ्ज बेल्हा निवासी तथा नेपाल भारत बहुप्राविधिक शिक्षालयकी कर्मचारी अञ्जली कुमारी चौधरीकी आदरणीय आमा इन्दिरा देवी थरुनीको असामयिक निधनले नेपाल भारत बहुप्राविधिक शिक्षालय परिवार मर्माहत भएको छ।
शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं।
नेपाल भारत बहुप्राविधिक शिक्षालय परिवार
13/04/2025
नेपाल भारत पोलिटेक्निक इन्स्टिच्युट परिवारको तर्फबाट नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!
यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
नयाँ वर्ष २०८२ तपाईंहरू सबैको जीवनमा खुशी, उर्जा, प्रेरणा र सफलताको नयाँ किरण लिएर आओस्।
शुभकामना सहित,
नेपाल भारत पोलिटेक्निक इन्स्टिच्युट परिवार।
21/11/2024
प्राविधिक शिक्षा र व्यावसायिक तालिमकाे उत्कृष्ट नमुना नेपाल भारत बहुप्राविधिक शिक्षालयका प्रशिक्षार्थीहरूले तयार गरेकाे Project work शिक्षलय प्रमुखवाट निरीक्षण तथा परीक्षण....
Congratulations to hardworking students of 6th semester (special mentions Bishal Gurung, Salina Balami, Aman Magar and coordinator Er. Amit Thakur).