Motherslover News

Motherslover News information all about world

रास्वपाको झोले मिडिया ललिगुराशले भन्छ, ‘ग्यास भरिभराउ छ तर ग्यास लिने उपभोक्ता छैन्!’
16/08/2026

रास्वपाको झोले मिडिया ललिगुराशले भन्छ, ‘ग्यास भरिभराउ छ तर ग्यास लिने उपभोक्ता छैन्!’

14/08/2026

दुखद😥
जाजरकोटमा बाढीको वितण्डा!
जाजरकोटको नलगाड नगरपालिका–११ स्थित चौका खोलामा अत्यधिक पानीको बहाव बढेपछि पुलसहित आसपासका घरहरू बगाएको खबर आएको छ। खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको बताइएको छ।

13/08/2026

प्रिय छोरा

आज यो पत्र लेख्दै गर्दा मेरो हात काँपिरहेको छ। आँसुले कागज भिजेको छ। तर लेख्नैपर्छ, किनभने अब तिमीसँग बोल्ने हिम्मत छैन। तिमी मेरो कुरा सुन्दैनौ। वा सुन्न चाहँदैनौ

तिमीलाई याद छ, छोरो? तिमी ५ वर्षको थियौ। स्कुलको पहिलो दिन। तिमी रोएका थियौ, मेरो सारी समाएर भनेका थियौ — “आमा, म तिमीविना जान्न।” मैले तिमीलाई अँगालो मारेर भनेकी थिएँ “छोरो, डराउनु हुँदैन। आमा सधैँ साथमा छ।”
आज कुन नसाको दलदलमा यति टाढा पुग्यौ, कि तिमीलाई फकाउन मेरा औँलाहरू नै छोटा भए?

हिजो राति के भयो, थाहा छ? तिमी १२ बजे घर आयौ। लडखडाउँदै। आँखा रातो। मुख सुकेको। मैले ढोका खोलें, तिमीलाई सम्हालें। तिमीले मलाई नचिनेको जस्तो गर्यौ। मैले सोधें — “छोरो, खाना खान्छौ?” तिमीले गाली गर्यौ, मलाई, आफ्नै आमालाई गाली गर्यौ। तिम्रो बुबा दौडेर आउनुभयो, तिमीलाई सम्हाल्न खोज्नुभयो, तिमीले धकेल्यौ। उहाँ भुइँमा लड्नुभयो। ७० वर्षको बुढो शरीर भुइँमा पछारिँदा कति दुख्यो होला। त्यसपछि तिमी आफ्नो कोठामा गएर ढोका ठोक्यौ। म बाहिर बसेर रोइरहेँ, सारा रात बुबा पनि रोइरहनुभयो। पहिलो पटक मैले तिम्रो बुबालाई रोएको देखें।

तर सबैभन्दा दुःखको कुरा थाहा छ? आफ्नै बुबालाई लडाएर पनि तिमीलाई याद छैन। तिमी बिहानै घरबाट निस्कियौ। निस्किँदा बाबु मुटु जचाउन जुटाएको पैसा पनि लिएर निस्कियौ।

म तिम्रो कोठामा पसें, छोरो। त्यहाँ मैले के देखें? तिम्रा किताबहरू धुलैले भरिएका। तिम्रो झोला खाली। तिम्रो बिस्तरामुनि — त्यो प्लास्टिकका थैला, भेप, गाँजा, चुरोट, सिरिन्ज, र मैले नचिनेका चीजहरू। मैले त्यो थैला बोकेर जलाउन लागें। जलाउँदा आगोको गन्ध आयो। तर मेरो मुटु त पहिले नै जलेको थियो।

तिमीलाई थाहा छ, म के गर्छु हरेक दिन? बिहान ५ बजे उठ्छु। तिम्रो कोठाको ढोका कान थाप्छु। सुनिरहन्छु — तिमी सास फेरिरहेका छौ कि छैनौ। किनभने धेरै पटक म डराउँछु “आज मेरो छोरो मर्ला कि?” दिनभर तिमी बाहिर हुन्छौ। म फोन गर्छु, तिमी उठाउँदैनौ। म म्यासेज पठाउँछु, तिमी पढ्दैनौ। म गल्ली गल्ली खोज्छु, तिम्रा साथीहरूलाई सोध्छु तिनीहरू मुख फर्काउँछन्, किनभने तिनीहरू पनि त्यही बाटाका यात्री। साँझ ७ बजे पनि तिमी आएनौ भने म ढोकामा बस्छु। पर्खदै काँप्छु। यो के हो, छोरो? यो जिन्दगी हो कि सजाय?

गाउँमा मान्छे के भन्छन् थाहा छ? “त्यो आमाको छोरो गजडी भएछ।” “राम्ररी हेरचाह नगरेकी होली।” म सुन्छु, र चुप लाग्छु। किनभने म के भनूँ तिम्रो स्कुल जाने सपनाको लागि मैले आफ्नो मङ्गलसूत्र बेचें? कि तिमीलाई जुत्ता लिन मैले आफ्नो खुट्टा नाङ्गै राखें? तर आज ती सबै व्यर्थ भए, किनभने तिमीले नाङ्गै खुट्टा होइन, नाङ्गो जिन्दगी बनायौ।

आज बिहान धेरै भयानक कुरा भयो। तिमी सुतिरहेको बेला म तिम्रो कोठामा पसें। तिमीलाई हेरिरहेँ। तिम्रो अनुहार कति पातलो भएको छ। तिम्रो शरीरमा हड्डी मात्र बाँकी। तिम्रो शरीरमा दागहरू थिए सिरिन्जका। म रोइरहेँ, हेरिरहेँ र मेरो मनमा एउटा डर लाग्दो विचार आयो “यदि यो अहिले म¥यो भने… शान्ति मिल्ने थियो?” छोरो, तिमीलाई थाहा छ यो कति भयानक विचार हो? एउटा आमाले आफ्नो सन्तानको मृत्युको बारेमा सोच्नु?

तिमीलाई मेरो अन्तिम बिन्ती छ, छोरो। यदि तिमीले यो पत्र पढ्यौ भने यदि तिम्रो मनमा अझै केही बाँकी छ भने — बाँचा। म तिमीलाई सफल चाहन्न, बस जीवित चाहन्छु। म तिमीलाई इन्जिनियर चाहन्न, बस इन्सान चाहन्छु। म तिमीलाई धनी चाहन्न, बस स्वस्थ चाहन्छु। छोड त्यो बाटो। छोड त्यो साथी। छोड त्यो नसा। म तिमीलाई माफ गर्छु। सबै माफ गर्छु — तिम्रो गाली, तिम्रो हिंसा, तिम्रो झूट, सबै।

आज म यो पत्र लेखेर तिम्रो तकिया मुनि राख्दैछु। सायद तिमीले पढ्छौ, सायद पढ्दैनौ। तर मैले आफ्नो पालो पूरा गरें। अब तिम्रो पालो छ।

रोज जिन्दगी कि मृत्यु। रोज आमा कि नसा। रोज भविष्य कि दलदल। अब तिम्रो छनोट हो - बाँचे कि मरौँ।



उहीँ तिम्रो अभागी आमा🥹

ACC Men's Premier कपमा टोलीको नेतृत्व गर्दै सन्दीप लामिछाने नेपालको नयाँ ODI कप्तानको रूपमा मैदान उत्रिँदैछन्। 🇳🇵
10/08/2026

ACC Men's Premier कपमा टोलीको नेतृत्व गर्दै सन्दीप लामिछाने नेपालको नयाँ ODI कप्तानको रूपमा मैदान उत्रिँदैछन्। 🇳🇵

लियोनल मेस्सीको बुवाको 68 बर्षको उमेरमा आज निधन भएको छ । उनी केही समय देखि बिरामी परेका थिए । 💔
08/08/2026

लियोनल मेस्सीको बुवाको 68 बर्षको उमेरमा आज निधन भएको छ । उनी केही समय देखि बिरामी परेका थिए । 💔

Sad News: Legendary Mountaineer Nirmal Purja 'Nimsdai' is no more with us! 💔
01/08/2026

Sad News: Legendary Mountaineer Nirmal Purja 'Nimsdai' is no more with us! 💔

Sad News: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । 😢
28/07/2026

Sad News: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । 😢

Tunnel खुले पनि राजमार्गको अवस्था उस्तै: मुग्लिङ नजिकै पहिरो खस्दा मुग्लिङ - नारायणगढ सडकखण्ड Two-Way Close भएको छ।😴
28/07/2026

Tunnel खुले पनि राजमार्गको अवस्था उस्तै: मुग्लिङ नजिकै पहिरो खस्दा मुग्लिङ - नारायणगढ सडकखण्ड Two-Way Close भएको छ।😴

23/07/2026

उद्धार गरिएकी र कहिल्यै आमाको दूध नपाएकी १७ दिनकी शिशुलाई स्तनपान गराउँदै महिला बालबालिका मन्त्री सीता बादी
आमाको माया बुझ्नेले सक्दो शेयर गर्नुहोस् 🙏

सांसद ज्ञानेन्द्र शाहिले मृ'त्युपछि श'वगृहमा श'व राखेबापत ३% कर लाग्ने सरकारको नीतिप्रति वि'रोध जनाउदै एकदिन सबैले म'lर्...
21/07/2026

सांसद ज्ञानेन्द्र शाहिले मृ'त्युपछि श'वगृहमा श'व राखेबापत ३% कर लाग्ने सरकारको नीतिप्रति वि'रोध जनाउदै एकदिन सबैले म'lर्नुपर्ने भएकोले जीवनको अन्तिम घडीसँग जोडिएको विषयमा पाप नगर्न सरकारलाई अनुरोध गरेका छन् ।

Address

Dhurkot
Gulmi Tamghas
44605

Alerts

Be the first to know and let us send you an email when Motherslover News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Motherslover News:

Shortcuts

Share

Category