श्री सत्यवती मा वी सत्यवती-५, ,गुल्मी

श्री सत्यवती मा वी सत्यवती-५, ,गुल्मी

Share

Shree Satyawati Secondary School is one of the education related government organization which was e

Photos from श्री सत्यवती मा वी सत्यवती-५, ,गुल्मी's post 24/03/2026

हामी आगामी शै स २०८३ देखि विद्यालय बस सन्चालन गर्ने अन्तिम तयारीमा छौ । त्यसको लागि बस खरिद प्रकृया चलिरहेको र अबको केही दिन भित्रै विद्यालयमा बस उपलब्ध हुनेछ । हामीहरुले सन्चालन गरेको विद्यालय बस सन्चालन तथा ब्यवस्थापन अभियानमा धेरै महानुभावहरु जोडिनुभएको छ । यदी कोहि इच्छुक ब्यक्ती हाम्रो यो अभियानमा जोडिन चाहनुहुन्छ भने हाम्रो यस अभियानको लागि खोलिएको बैङक खाताको निम्न QR Code मार्फत सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।

15/02/2026

हाम्रो विद्यालयमा जलवायु मापन केन्द्र स्थापना भएको छ । यसको उद्देश्य र औचत्यको विषयमा त्रिभुवन विश्व विद्यालयका मौसम तथा जलवायु विज्ञ डा. बिनोद दवाडी ज्यु सङ्ग गरिएको छोटो कुराकानी ।

06/02/2026

हाम्रो विद्यालयको ४४ औ वार्षिकोत्सव समारोह एबम अभिभावक दिवसको सम्पूर्ण तयारी पूरा भएको छ । भोली २४ गते हुने औपचारिक कार्यक्रम, शिक्षक/विद्यार्थी सम्मान, अक्षयकोष बितरण एबम विद्यार्थीहरुका बिबिध प्रस्तुतीहरुको अवलोकन गर्नको लागि सम्पूर्णलाइ पुन हार्दिक निमन्त्रणा गर्दछौ ।

06/02/2026
06/02/2026

४४ औ वार्षिकोत्सब समारोहको आज तेस्रो दिन

06/02/2026

जन्मदिनको अवसरमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी #प्रीन्स_कोइराला लाई लाखौ लाख शुभकामना ब्यक्त गर्दछौ ।

Photos from श्री सत्यवती मा वी सत्यवती-५, ,गुल्मी's post 26/01/2026

यहि माघ ६ देखि ८ गतेसम्म सन्चालन भएको सत्यवती गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भइ विभिन्न बिधाहरुमा पदक प्राप्त गर्न सफल विद्यार्थीहरुलाइ आजको बिहानी प्रार्थनामा विद्यालयको तर्फबाट सम्मान गर्ने काम सम्पन्न भयो ।

25/01/2026

हामी सबैका आदरणिय गुरुको अकल्पनिय निधनले सिङ्गो विद्यालय परिवार मर्माहत बनेको छ । मृतक आत्माप्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार प्रती गहिरो समबेदना प्रकट गर्दछौ ।

19/01/2026

#सुचना !!!
सत्यवती गाउँपालिका गुल्मीको शैक्षिक क्यालेन्डर अन्तरगत यही मिति २०८२ माघ ६-८ गते राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सन्चालन हुने र उक्त समयमा २ दिन सत्यवती गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा स्थानिय बिदा दिने भन्ने निर्णय अनुसार यही मिति २०८२ माघ ६ र ७ गते दुई दिनको लागि विद्यालय बन्द रहने र माघ ८ गते बाट नियमित रुपमा विद्यालय सन्चालन हुने कुराको सम्बन्धित सबैको लागि जानकारी गराइन्छ ।

09/01/2026

#सुचना
यस विद्यालयबाट कक्षा १२ को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरु (रजिष्ट्रेशन नम्बर को सुरुका दुई अक्षर ७९,८०,८१ भएका) ले ग्रेड वृद्धि परीक्षामा सहभागी हुनको लागि यही मिति २०८२ पौष २९ गतेसम्म विद्यालयमा तोकिएको दस्तुर, दुई प्रती फोटो र आफुले परीक्षा दिएको प्रवेश पत्र र ग्रेड सिटसहित सम्पर्क गर्नुहुन पुन अनुरोध छ ।
सुचना पहिले पनि प्रकाशित गरिएकोले यदी तोकिएको समय भित्र सम्पर्कमा न आउने विद्यार्थीहरु स्वयम् जिम्मेवार हुनुपर्ने छ ।

Want your school to be the top-listed School/college in Gulmi Tamghas?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Khaireni Bazaar
Gulmi Tamghas