Dhurkot Paramananda Bhandari Multiple Campus

Dhurkot Paramananda Bhandari Multiple Campus

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhurkot Paramananda Bhandari Multiple Campus, Campus Building, Dhurkot-5, Bastu, Gulmi, Gulmi Tamghas.

Photos from Dhurkot Paramananda Bhandari Multiple Campus's post 06/12/2025

धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस को १५ औ साधारण सभा तथा अधिवेशन भब्य कार्यक्रमका विच सम्पन्न भएको छ । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको प्रमुख आतिथ्यता र उपाध्यक्ष सीता गिरीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पुर्ब क्याम्पस प्रमुख आदरणीय गुरु मोतीलाल शर्मालाई सम्मान गर्नुका साथै १३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरियो । उक्त साधारणसभाबाट प्रेमनारायण भण्डारीको अध्यक्षतामा निम्नानुसारको नयाँ क्याम्पस संचालक समिति गठन गरियो ।
१. अध्यक्ष : श्री प्रेमनारायण भण्डारी
२. उपाध्यक्ष : श्री बोमलाल भण्डारी
३. कोषाध्यक्ष : श्री युवराज भण्डारी
४. सदस्य : श्री रविन्द्र घिमिरे
५. सदस्य : श्री शोभा बेल्वासे पाण्डे
६. सदस्य : श्री माधव भण्डारी
७. सदस्य : श्री इश्वरी भण्डारी
८. सदस्य : श्री ढुण्डिराज पाण्डे
९. सदस्य : श्री राजु वि. क.
१०. सदस्य : श्री अनिता भण्डारी

Photos from Dhurkot Paramananda Bhandari Multiple Campus's post 10/01/2025

लुम्बिनी प्रदेशका माननीय मुख्य मन्त्री चेत नारायण आचार्य, आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री धनेन्द्र कार्की, योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्ली राज अर्याल, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरी, मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल, उपाध्यक्ष उपेन्द्र अर्याल, धुर्कोट गाउँपालिकाका वाडअध्यक्षहरु लगायतलाई धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा स्वागत गरिएको छ ।

Photos from Dhurkot Paramananda Bhandari Multiple Campus's post 26/12/2024

यस धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा अध्यायनरत स्नातक प्रथम बर्षका पुरानो ब्याच पौष 17 देखि परीक्षा हुने विद्यार्थीलाई लक्षित गरि परीक्षा केन्द्रित विशेष कक्षा संचालन भएको छ ।

03/12/2024

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु, काठमाण्डौद्वारा २०८० सालको २०८१ साल जेठ/असार महिनामा सञ्चालित शिक्षाशास्त्र संकाय अन्तर्गत चार वर्षे स्नातक तह चौथो वर्ष (4) Years B.Ed. Fourth Year) को वार्षिक परीक्षामा सम्मिलित यस क्याम्पसका तपसिलमा उल्लिखित परीक्षार्थीहरू उत्तीर्ण भएको व्यहोरा सम्बन्धित सवैलाई सूचित गरिन्छ। साथै उत्तीर्ण हुने सम्पूर्ण परीक्षार्थीहरुलाई उत्तरोत्तर शैक्षिक प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

#शिक्षा_शास्त्र_संकायतर्फ
1). 908220202 वसन्ता के.सी
2) 908220005विष्णु बहादुर बि.क
3) 908220007दिलमाया मुखीया
4) 908220009गिता पन्थी
5) 908220014मनोज कुमार थापा
6) 908220023रोजीना नेपाली
7)908220025संगिता खड्का
8) 908220026सरिता खत्री
9) 908220027सरिता थापा
10) 908220032सिर्जना नेपाली
11) 908220034उषा पन्थी
12) 908220035वसन्ता भुसाल
13) 908220038खुमाकान्त पौडेल
14) 908220039तारा बहादुर वस्नेत

#मानविकी_संकायतर्फ
1) 608220003 विनु घिमिरे
2)608220004 विष्णु प्रसाद घिमिरे
3) 608220005 दिपक अर्याल
4) 608220006 गणेश बहादुर परियार
5)608220009 कल्पना सुनार
6)608220010 कमला वि.क
7) 608220016 समिक्षा भन्डारी
8)608220017संझना पोखेल
9) 608220012 मञ्जु भण्डारी

Photos from Dhurkot Paramananda Bhandari Multiple Campus's post 22/11/2024

🙏 हार्दिक कृतज्ञता 🙏
श्री पशुपती काेटिहाेम ज्ञान महायज्ञका संकल्पकर्ता धर्म संम्राट तथा यज्ञ शिराेमणी वालयाेगेश्वर विजयश्री कृष्णमुर्ति जी महाराजज्युले काेटिहाेम महायज्ञकाे प्रसाद वितरण कार्यक्रमकाे अवसरमा यस धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा उपस्थित भइ क्याम्पसको लागि रु 1 लाख नगद प्रदान गर्नु भै पुन्यकार्य गर्नु भएको छ। उहाँलाई क्याम्पस परिवारको तर्फबाट हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछौ ।

26/10/2024

यस धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस, धुर्कोट-५, बस्तु, गुल्मीको १४औँ साधारण सभा यहि मिति २०८१ साल कार्तिक १५ गते बिहिवारका दिन विविध कार्यक्रमका साथ शु सम्पन्न हुने भएकोले सम्पूर्ण स‌ंस्थापक सदस्यहरु, विशिष्ट सदस्यहरु, आजीवन सदस्यहरु, स‌ंस्थागत सदस्य, जग्गादाता, निर्वाचित जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, विभिन्न स‌ंघ संस्थामा प्रमुख/प्रतिनिधि तथा सम्पूर्ण अभिभावकलाई पत्र पठाइसकिएको छ । पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी उपस्थित हुनुहुन सादर अनुरोध छ।

28/09/2024

सूचना!
मिति २०८१/०६/१० गते देखि संचालनमा रहेको मानविकी, शिक्षाशास्त्र, तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८० आंशिक तर्फको बि.ए., बि.एड, बि.बि.एस. र बि.एस्सीको मिति २०८१/०६/१३ गते हुने परीक्षाहरु देशभर उत्पन्न भएको मौसमको प्रतिकुलताका कारण स्थगित गरिएको छ । उक्त परीक्षाहरु मिति २०८१/०६/२१ गते सोहि समयमा, सोहि परीक्षा केन्द्रहरुमा संचालन हुने गरी तोकिएको हुनाले सम्पूर्ण सम्बन्धित विद्यार्थीहरूको जानकारीको लागि सूचित गरिन्छ ।

14/09/2024

१ बर्ष भित्र लोकसेवा आयोगका १० वटा परिक्षामा नाम निकाल्न सफल शाखा अधिकृत श्री रमेश भण्डारीज्यु बाट यस धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीलाई निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगका अनलाइन कक्षा यहि असोज १ देखि संचालन गरिने भएको तथा असोज ६ गतेदेखि अध्यापन अनुमतिपत्रको भौतिक उपस्थितिमा कक्षा संचालन हुने हुँदा सम्पुर्ण विद्यार्थीलाई मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौं ।

02/08/2024

कक्षा 12 उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।हजुरहरुलाई उच्च शिक्षा अध्ययनको लागि धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा हार्दिक स्वागत छ ।भर्ना खुलिसकेको हुदाँ समयमै सम्पर्क गर्नुहोला ।

Photos from Dhurkot Paramananda Bhandari Multiple Campus's post 15/07/2024

आज मिति २०८१ साल असार ३१ गते यस धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस, धुर्कोट-५, बस्तु, गुल्मीमा बगैचा निर्माण तथा पुष्परोपण कार्यक्रम सु सम्पन्न गरियो । यस क्याम्पसका जग्गादाता, शिक्षाप्रेमी, समाजसेवी ८७ वर्षका श्री ढुण्डिराज शर्मा भण्डारीले धुपिसल्ला लगाउनु भई पुण्य काम गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

30/05/2024

गुल्मी जिल्ला धुर्कोट बस्तु म्याले (लक्ष्मी निवास)हाल तिलोत्तमा न पा नयाँमिल भक्तपुर पथ निबासी भुवनेश्वर प्रसाद भण्डारी ले यस क्याम्पसका विद्यार्थीका लागि अति उपयोगी पाठ्यक्रममा आधारित रु १,२५,०००।- (एक लाख पच्चीस हजार रुपैया) बराबरको पाठ्यपुस्तक क्याम्पसलाई प्रदान गर्नु भएकोमा उहाँ र उहाँको परिवार प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा सहित थप सफलताको कामना गर्दछौं ।

Want your school to be the top-listed School/college in Gulmi Tamghas?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dhurkot-5, Bastu, Gulmi
Gulmi Tamghas