Shree Brighter English Boarding School

Shree Brighter English Boarding School To make a peaceful and prosperous society through the quality education.

31/01/2025
Notice to Guardian , students and well wishers of Brighter English Boarding School.
15/06/2021

Notice to Guardian , students and well wishers of Brighter English Boarding School.

26/06/2019

काठमाडौ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको परिक्षा निय.....

13/10/2017

अङ्ग्रेजी, मेरो भाषा होइन तर आजको समयमा भाषाको पर्यायवाची जस्तै बनेको शब्द हो, अङ्ग्रेजी। संचार र संवादको विकासले नयाँ स्वरूप लिदै गर्दा वा भनौँ अङ्ग्रेजीमा म मेरो जिब्रो चलाइरहदा मनले नेपाली संस्कार र संस्कृति भुल्नु हुदैन है भन्ने आत्मज्ञान पनि म भित्र प्रशस्त छ। निकै सफलतापूर्वक विस्तार भएको अङ्ग्रेजी भाषा मेरा लागि पनि अतिआवश्यक भईसकेको छ। स्वतह मेरो समाज र देशका लागि पनि। सरकारी स्कुलहरूमा पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु हुनु यसको सशक्त प्रमाण हो। बोर्डिङ स्कुलमा त यो भाषा आधारशीला नै भइहाल्यो। तर यति भन्दै गर्दा मलाई महसुस हुन्छ कि अङ्ग्रेजीलाई आधारशीला मान्ने सिमिचौरको बोर्डिङले के विश्वबजारको अङ्ग्रेजीसँग प्रतिस्पर्धा गर्न सक्छ??? म धेरै टाढा पनि गइन् काठमाडौँको सँग नि??? अङ्ग्रेजी किताब पढ्नु र अङ्ग्रेजीमा लेख्नु मात्रै अङ्ग्रेजी जान्नु होइन अङ्ग्रेजीमा सशक्त भएर बोल्नु पनि उत्तिकै महत्वपूर्ण विषय हो जुन कुरामा सिमिचौरका अधिकांस स्कुल कोसौँ पछाडी छन्।

ब्राइटरको इतिहास पल्टाउने हो भने अङ्ग्रेजी बोलचालको नियम धेरै पटक लागू भइसकेका हुन् तर दिर्घकालसम्म पालना भने हुन सकेनन्। नियम उल्लङघन गर्ने दुस्साहस मेघ बस्नेत नाम गरेको विधार्थीले पनि गर्यो होला अनि समय सान्दर्भिक भएर विधालयले पनि असरदार कदम उठाउन सकेन होला, कारण आफ्नै ठाउमा छ। तर बोलचालको प्रयास खाing, गing, बस्ing यस्तै बाट सुरू भएको चाहिँ मेरो स्मरणमा आज पनि ताजै छ। तर अब अबेर गर्ने बेला होइन। मेरो यहि लेखबाट ब्राइटरलाई मात्र नभएर सिमिचौरका सम्पूणलाई अनुरोध छ कि अङ्ग्रेजी भाषाको बोलचालको वातावरण स्कुलहरूमा हुनु अत्यन्त जरूरी छ।सम्पूर्ण अभिभावकहरू,विधालय व्यवस्थापन समितिहरू र स्वयम् विधार्थीको पनि ध्यान आकर्षित हुन जरूरी देखिन्छ। छोरा-छोरीलाई अङ्ग्रेजी सिकाउन सिमिचौरको मान्छेले बुटवल,काठमाडौं बसाइसराइ गरेको समाचार कदापी सुन्न नपरोस्।
"हामीले अङ्ग्रेजी भाषा सिक्न जरूरी छ अङ्ग्रेजी संस्कार होइन।"
*Any criticisms and appreciations for the post are warmly welcomed and share if you agree.

लेख- मेघ बस्नेत

Address

Gulmi Tamghas

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857024088

Website

Alerts

Be the first to know and let us send you an email when Shree Brighter English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category