31/07/2026
प्रथम त्रैमासिक परीक्षा–२०८३ को नतिजा प्रकाशन कार्यक्रममा यहाँहरूको हार्दिक स्वागत गर्दछौं।
विद्यार्थीको शैक्षिक प्रगति, सिकाइको अवस्था तथा सुधार गर्नुपर्ने पक्षबारे जानकारी लिन प्रत्येक अभिभावकज्यूको उपस्थितिले महत्वपूर्ण भूमिका खेल्नेछ। कृपया आफ्ना नानीहरूको नतिजा, शिक्षकहरूको सुझाव तथा विद्यालयको शैक्षिक योजनाबारे जानकारी लिन विद्यालयमा अनिवार्य उपस्थित भई आफ्ना अमूल्य सुझाव तथा सल्लाह प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
तपाईंहरूको सकारात्मक सुझाव, सहयोग र साथले नै हाम्रो विद्यालयलाई अझ गुणस्तरीय, प्रभावकारी र विद्यार्थीमैत्री बनाउन प्रेरणा मिल्नेछ।