08/09/2025
आज देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अकालमै ज्यान गुमाउनुपरेको यस दुःखद तथा पीडादायी परिस्थितिमा हाम्रो बागेश्वरी सेकेन्डरी बोर्डिङ स्कुल परिवार निकै नै मर्माहत छ। साथै, दिवङ्गत सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा श्री पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति प्रदान गरून्। सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित मिति २०८२ भदौ २४ र २५ गते (दुई दिन) शोक बिदा दिने निर्णय गरिएको जानकारी गराउँदछौँ।
बागेश्वरी सेकेन्डरी बोर्डिङ स्कुल परिवार