27/03/2026
सपत ग्रहण।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bakrang - बक्राङ, Gorkha.
साविकका ६ वटा गा.वि.स.हरु मिलेर बनेको शहिद लखन गाउँपालिकाको ९ वटा वडा मधयेको एक वडा नं १ जुन साविक वक्राङ गा.वि.स. तथा भोगटेनी गा.वि.स.को क्षेत्र समेटिएको वडा हो ।
क्षेत्रफलः- २६.१ वर्ग कि.मि
जनसंख्याः- ३०१९ (२०७८ को जनगणना अनुसार) शहिद लखन गाउँपालिकाको यो वडा साबिकको बक्राङ्ग गाबिसका सम्पूर्ण वडाहरुलाई समेटेर बनेको छ। यसको कुल क्षेत्रफल २६.१ वर्ग किलोमिटर रहेको छ, जुन उल्लेखनीय आकारको छ। यो क्षेत
27/03/2026
सपत ग्रहण।
27/03/2026
बालेन्द्र शाह नेपालको ४३ औं प्रधानमन्त्री बनेका छन्।
हार्दिक शुभकामना।🙏🙏
27/03/2026
गोरखा क्षेत्र नं. १ का विजेता मा. सुधन गुरुङ गृहमन्त्री बन्ने कुरा छ ।😯
यस विषयमा के छ तपाईहरूको राय ?
आज को को मन्त्रि बन्ला त ?
हावाहुरी चल्न थालेको छ, आफ्नो ख्याल गर्नुहोला।
19/03/2026
गरिब घरपरिवार पहिचान गर्न परिवारको तथ्याङ्क सङ्कलन गर्नको लगि गणकहरुको आवश्यकता सम्बन्धी सूचना।
19/03/2026
भोलि र पर्सि ख्याल गर्नुहोला। 🙏
भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ।
तसर्थ, काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गर्दछौं। हेलो गृह मन्त्रालय
14/03/2026
😭😭
मनकामना दर्शनबाट फर्किंदै गर्दा गोरखामा माइक्रो बस दुर्घटना, ७ भारतीय तीर्थयात्रीको मृत्यु | Kantipur Samachar
14/03/2026
माइक्रो दुर्घटना, ७ जनाको मृ´त्यु😭😭
मनकामना दर्शन गरी फर्कँदै गरेको वागमती प्रदेश–००६ ख ८४३० नम्बरको EV माइक्रो बस गोरखा–मनकामना–रामशाहाघाट सडकखण्ड अन्तर्गत शहीद लखन गाउँपालिका–३, कन्टारमा आज बेलुका करिब ८:१५ बजे दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ।
माइक्रोमा सवार १४ जनामध्ये ७ जना घाइते भएका छन् भने ७ जना भारतीय नागरिकको घटनास्थलमै दुःखद निधन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घाइतेहरूको उद्धार तथा उपचारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, वडा अध्यक्ष दीपक पाण्डे, जनप्रतिनिधिहरू तथा स्थानीयवासीहरू सक्रिय रूपमा खटिनु भएको छ। घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ।
घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। साथै दुर्घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।
🗓️ २०८२/११/३०
12/03/2026
.....र अन्तमा निर्वाचन आयोगले समानुपातिक
तर्फको ११० सिटको टुङ्गो लगाएको छ !😊
✔️राष्ट्रिय स्वतन्त्र पार्टी ५७ सिट
✔️नेपाली कांग्रेस पार्टी २० सिट
✔️नेकपा एमाले १६ सिट
✔️नेकपा ९ सिट
✔️श्रम संस्कृति पार्टी ४ सिट
✔️राष्ट्रिय प्रजातन्त्र पार्टी ४ सिट
06/04/2025
गोरखा नगरपालिका द्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय उपप्रमुख महिला भलिबल कप २०८१ को सेमिफाइनल खेलमा शहीद लखन गाउपालिका को टोलि बारपाक सुलिकोट गाउँपालिका सङ्ग ३-० को सोझो सेटमा पराजित भएको छ।
खेल मैदानमा पुगेर खेलाडीको हौसला बढाउनु भएकोमा गाउपालिका अध्यक्ष रमेश बाबू थापा मगर र उपाध्यक्ष इन्दिरा तिवारी ज्यु लाई धेरै धेरै धन्यवाद।
खेला अबधिभर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद।
साथै भोलि ८ बजे 3rd Place को लागि खेल रहेकोले सबै खेलप्रेमिहरमा उपस्थित भई खेलाडिकहरूको भनोवल बढाइदिनुहुन अनुरोध छ।