27/09/2026
सूचना
मिति: २०८३ असोज १२ गते, आइतबार
सम्पूर्ण अभिभावकज्यू, शिक्षक–शिक्षिका तथा विद्यार्थी भाइबहिनीहरूमा जानकारी गराइन्छ कि प्रतिकूल मौसमका कारण स्थगित भएको विद्यालयको नियमित पठनपाठन भोलि मिति २०८३ असोज १३ गते, सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।
साथै, बिहानको ट्युसन कक्षा पनि भोलि सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने भएकाले सम्बन्धित विद्यार्थीहरूलाई तोकिएको समयमै उपस्थित हुन अनुरोध गरिन्छ।
सबै विद्यार्थी भाइबहिनीहरूलाई सुरक्षित रूपमा विद्यालय आउन तथा अभिभावकज्यूहरूलाई आवश्यक सावधानी अपनाइदिनुहुन अनुरोध गर्दछौँ।
धन्यवाद।
Motherland English Boarding School
गोरखा नगरपालिका–७, गोरखा