ShailaPutri AlumniAssociation Spaa

ShailaPutri AlumniAssociation Spaa SPAA - Shaila Putri Alumni Association
"Association of All Shaila Putri Higher Secondary School Members"

तत्कालीन शैलपुत्री प्रा बि का  एक बिधार्थी एबम  हाम्रा जेष्ठ अभिभावकले एक दिन गुनासो पोख्नुभयो "मलाई थाहा छैन मेरो विद्य...
18/09/2024

तत्कालीन शैलपुत्री प्रा बि का एक बिधार्थी एबम हाम्रा जेष्ठ अभिभावकले एक दिन गुनासो पोख्नुभयो "मलाई थाहा छैन मेरो विद्यालयका साथीहरू कहाँ छन्। उनीहरू के गर्दैछन्? अहिले कहाँ बस्छन्? मलाई यो पनि थाहा छैन कि उनीहरूको घर कता हो ? मलाई भित्रि मन देखि चै फेरी भेट होला झैँ लाग्दैन । फेरी भेटे त बाल्यकालका ती दिनहरूको अनुभवहरु साटासाट गर्न मन त थियो नि, के गर्नु र चाहेर मात्रै नहुनी रैछ !"

सायद उहा जस्तै हामी सबैलाइ ती बाल्यकालका, विद्यालयकालका , साथीसंगीहरुसंगका घटनाहरु मानसपटलमा छरपस्ट होलान। यो बिज्ञानले सारा संसार लाइ एक बनाईसकेको अवस्थामा पनि हामी तिनै पुराना साथीभाइ संग टाढा किन छौ त ?

यसै अभिप्रायले पुराना सहपाठीहरुलाइ एकैठाउँ एकीकृत, सहकार्य एबम सहयोग गर्ने उदेश्यका साथ यो संस्था "शैलपुत्री भूतपुर्व विद्यार्थी समाज स्पा" Shailaputri Alumni Association (SPAA) संगठित भएको छ। वि सं २०१७ मा शैलपुत्री माध्यमिक विद्यालय(तत्कालिन समयमा प्राथमिक विद्यालय) को रुपमा विद्यालय स्थापना भएपश्चात् हालको अवस्थासम्म आइपुग्दा धेरै व्यक्तिहरुले उक्त विद्यालयबाट आफ्नो पूर्ण वा आंशिक अध्ययन सम्पन्न गरेका छन् ।तिनै पूर्व विद्यार्थीहरुलाई एउटै छातामा जोडि समस्त पूर्व विद्यार्थी, विद्यालय तथा समग्र पक्षको हितमा राखि यो संस्थाको परिकल्पना गरिएको हो।

हामी २०१७ देखिका सबै पूर्व विद्यार्थीहरूलाई एकत्रित गर्न चाहन्छौं, एउटा छाता संगठन स्पाको रूपमा।शैलपुत्री मावि मा जुनकुनै समयमा अध्ययन गरि विद्यालय छाडेका सबैले यस संस्थाको सदस्यता प्राप्त गर्न सक्ने विधानत व्यवस्था छ ।

यहाँहरु सबैले स्पा वेबसाइट https://spaa.org.np/member-registration मा आ-आफ्नो निःशुल्क प्रोफाइल बनाउनुहुने छ सामाजिक संजालहरुमा पोस्ट गरि सम्पूर्ण पूर्व बिधार्थीहरुसम्म यो सूचना प्रबाह गरि धेरै भन्दा धेरै पूर्व विद्यार्थीहरुलाई यस संगठनमा समाहित गर्न मद्दत गर्नुहुने छ भन्नेमा पनि आशाबादी छौ।

यी जेष्ठ अभिभावक लगायत तमाम युवा बिधार्थी साथीहरुको लागि आफ्नो सहपाठीहरुसंग सम्पर्क, सहयोग एबम सहकार्यको लागि स्पा एक सामुहिक थलो बनोस् भन्ने हाम्रो चाहना छ।

यस सस्थामा आबद्ध हुन तलको लिंकमा click गरि form भर्नु होला। सके सम्म बिद्यालयमा भर्ना भएको लगायत विवरण सहि भर्नु होला।

पुनस्च: तपाईहरु को गोपनितयाको लागि फोन न लगायत विवरण सार्बजनिक गर्ने वा नगर्ने विकल्प पनि दिइएको छ।
धन्यवाद !

https://spaa.org.np/member-registration

SPAA Members

आदरणीय शुभेच्छुक हरू, स्पा आजिवन सदस्यता शुल्क लगायतका अन्य सहयोग शुल्क बुझाउन हाल उपलब्ध गराईएको हिमालयन बैकको खातामा म...
10/07/2023

आदरणीय शुभेच्छुक हरू, स्पा आजिवन सदस्यता शुल्क लगायतका अन्य सहयोग शुल्क बुझाउन हाल उपलब्ध गराईएको हिमालयन बैकको खातामा मोबाइल बैकिङ समस्या भएकोले हामीले प्राइम बैंक मा खाता संचालन गरेका छौ।

अब उप्रान्त नया खातामा मात्र कारोबार गर्ने जानकारी गराउँदै, यहाँको सक्रियताका लागि आभारी छौँ ।

Notice on New Bank Account operation

अनलाइन माध्यम बाट लोकसेवा तयारी कक्षा सुरु गर्न लागिरहेका छौं , । निजामती क्षेत्रमा पछि परेको हाम्रो क्षेत्र लाई माथि उक...
25/12/2022

अनलाइन माध्यम बाट लोकसेवा तयारी कक्षा सुरु गर्न लागिरहेका छौं , । निजामती क्षेत्रमा पछि परेको हाम्रो क्षेत्र लाई माथि उकास्ने दुषप्रयास नै भने पनि सहि, तर एउटा विशेष प्याकेज भने हो ।
अनि प्रश्न उठ्ला , शुल्क किन ? बिना योगदान बस्दा त्यो कक्षा प्रभावकारी हुन सक्दैन , सानोतिनो भए पनि योगदान पढ्नेकोतर्फबाट पनि हुनुपर्छ ।
आउनुस , अवसरको लाभ लिअौँ,
नोट, अपेक्षित विद्यार्थी संख्या भएमा मात्रै कक्षा संचालन हुनेछ, आशा गरौं , उत्साहजनक सहभागीता रहनेछ ।

३ मिनेट स्पाको लागि । समस्त पुर्व विद्यार्थी साथीहरू तथा शुभेच्छुक महानुभावहरू। यहाँको सद्भावको प्रतीक स्पा स्थापनाको आज...
17/12/2022

३ मिनेट स्पाको लागि ।

समस्त पुर्व विद्यार्थी साथीहरू तथा शुभेच्छुक महानुभावहरू।
यहाँको सद्भावको प्रतीक स्पा स्थापनाको आज ८ वर्ष भएको छ, चौथो कार्यसमितिका हैसियतले हामीले आफ्नो भावि कार्ययोजना यहाँ हरू समक्ष पेश गरेका छौ, । यहाँ हरूकै सल्लाह सुझाव समेटि यी कार्ययोजना बनेका हुन्, यसको सघन अध्ययन गरि पृष्ठपोषण दिनुहुन अनुरोध छ,

अनि विशेष अनुरोध चाहिँ यसको कार्यान्वयनमा सहकार्यकालागि छ।

05/11/2022

आज कार्तिक 19 गते सम्पन्न शैलपुत्री भुतपुर्व बिद्यार्थी समाज (स्पा) को तेस्रो साधारण सभामा उपस्थित हुनुभएका र कारण बस उपस्थिति जनाउन असक्षम सम्पुर्ण स्पा प्रेमी माहानुभब हरुलाइ धेरै धेरै धन्यवाद।
आज को यस सभा ले निबर्तमान समिती को कार्यकाल को समिक्षा आय ब्याय को बिबरण प्रस्तुत गरि #बिधान सम्सोधन प्रस्ताव सहित को नौ(९) सदस्यीय नया कार्यसमिती चयन गरेको छ। बर्तमान कार्यसमितिका सम्पुर्ण पदाधिकारी लाई बधाइ सथै नया कार्यकाल सफल, बिद्यालय मुखी र शैलपुत्री हकहित को लागि सम्झनलाएक बनोस् #सुभकामना🙏❤️
कर्यसमितिहरु:
अध्यक्ष : राजु अधिकारी
उपाध्यक्ष : बिजय अम्गाइ
सचिब : दिपक बस्ताकोटी
कोशाध्यक्ष : भेनस गुरुङ्ग
र सदस्य हरु : राधिका गुरुङ्ग
: सञ्जिप अम्गाइ
: डि.बि भट्ट
: दिर्घमान गुरुङ्ग
: सन्तोष धिताल
सम्पुर्ण मा बधाइ र सुभकामना❤️🙏

प्रकश भट्ट
(भुतपुर्व सह-सचीव )
र स्पा परिवार

संबन्धीत सबैको जानकारिको लागी
01/11/2022

संबन्धीत सबैको जानकारिको लागी

सम्पुर्ण सैलपुत्री परिवार मा उपस्थिती को लागि हार्दिक अनुरोध्❤️

सम्पुर्ण सैलपुत्री परिवार मा उपस्थिती को लागि हार्दिक अनुरोध्❤️
31/10/2022

सम्पुर्ण सैलपुत्री परिवार मा उपस्थिती को लागि हार्दिक अनुरोध्❤️

14/04/2021

नवबर्ष २०७८ को पाबन अबसर मा तपाईं सम्पुर्ण लाई सुख सान्ती समृद्धि को सुभकामना🙏
खराब पुरानो छोडियोस
राम्रो पुरानो नया लागिरहोस्🤗
िवार

हामी सबैलाई बधाई । शैलपुत्री भूतपूर्व विद्यार्थी समाज स्पा गत २०७१ सालमा स्थापित तथा दर्ता भइ एक अा.व. भन्दा बाहेक संस्थ...
08/01/2021

हामी सबैलाई बधाई ।
शैलपुत्री भूतपूर्व विद्यार्थी समाज स्पा गत २०७१ सालमा स्थापित तथा दर्ता भइ एक अा.व. भन्दा बाहेक संस्था नविकरण समेत हुन नसकेको यो गतिरोध लाई निकास दिई हामीले हिजो गत ५ वर्षको एकमुष्ट राजस्व दाखिला गरि संस्था नविकरण गर्न सफल भएको छौं । यो हामी सबै पुर्व विद्यार्थी तथा शुभचिन्तक हरूका लागि खुशिको कुरा हो, । कार्यसमिति को तर्फबाट सबैमा बधाई तथा अाभार व्यक्त गर्न चाहन्छौं । संस्था नविकरण को यश कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग र सद्भाव राख्नुहुने चन्दादाता लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दंछौ । संस्था नविकरण एउटा उपलब्धि हो , तर यहि नै अन्तिम हैन, । भावि दिनमा स्पा को प्रभावकारीताका लागि पुनः हातेमालो तथा सहकार्यका लागि सबैमा अनुरोध समेत गर्दछौं ।

Address

Panchkhuwa Deurali
Gorkha

Alerts

Be the first to know and let us send you an email when ShailaPutri AlumniAssociation Spaa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ShailaPutri AlumniAssociation Spaa:

Shortcuts

Share

Category