Shree Bakreswor Secondary School

Shree Bakreswor Secondary School

Share

bakreswor ma.vi.

Photos from Shree Bakreswor Secondary School's post 11/09/2020
29/11/2018

Miss World - Nepal Namaste, I am MISS WORLD NEPAL 2022, Priyanka Rani Joshi. I welcome all of you to be a part of my journey to MISS WORLD.

Photos 24/03/2017

चर मरहट्टा दाजुभाइहरुले यस श्री बक्रेश्वर मा बि को अक्ष्ायकोष निर्माणकालागि नगद रु . २,८१,००० प्रदान गर्दै

03/07/2015

सर्बप्रथम यो विधालयको परिचयको थालनी गर्नु भन्दा पहिला यो विधालय अबस्थित ठाउँ भोगटेनीको नामाकरणको सम्बन्धमा चर्चा गरौ। यहाँका बुढापाकाहरु सँग राय लिदा शुरुमा यो ठाउँमा भोगटे घारी थियो रे , स्थानीय ब्येक्तिहरुले त्येस भोगटे घारी फडानी गरि यस ठाउँमा बस्ती बसेको हुनाले "भोगटे" बाट यो ठाउँ को नाम भोगटेनी नाम रहेको पाहिन्छ।
बि.स. २००७ साल पछिको सरकारी शिक्षा नीतिमा देशको बिभीन्न क्षेत्रमा विधालयको स्थापनामा जोड दिई शिक्षामा विकासको अभियान प्रारम्भ गरेपनि यस ठाउँमा शिक्षा नितिमा कुनै तेस्तो प्रभाव परेको थिएन। पुर्बिय शिक्षाको प्रभावले यहाँका ब्रामण समुदायले संस्कृतमा उच्च शिक्षा प्राप्त गरि जागिर खाएको अवस्था थियो भने अन्य जातिका मानिसहरु निरक्षर थिय। समय सापेक्ष २००८ साल तिर मनकामनामा भाषा पाठशाला खुलेपछि तेसैको प्रभावले यस गाउँमा पनि शिक्षा प्रतिको आकर्षण बढ्दै गई २०१२ सालतिर मनकामना गा.बि.स. वडा नं. ६ क सस्कृत शिक्षाका गुरु श्रीप्रसाद अर्याललाई यस गाउँमा झिकाई क, ख, ग,........., ब्राहखरी, अंकज्ञान तथा जोड/घटाऊ सिकाउन थालियो। यो काम गुरुकुल शिक्षा पद्दति अनुसार भोगटेनी गाउँको पिपलको चौतारी र ठाँटिमा गाउँका मानिसहरु भेला गरि पढाईन्थियो। यस प्रकारको शिक्षाले गाउँका मानिसले घरायसी सामान्य तमसुक, भर्पाई तथा हरहिसाब गर्न सक्ने भएका थिए।
औपचारिक शिक्षाको प्रारम्भ सँगै तत्कालिन नेपाल सरकारको शिक्षा नीति विभागबाट डाइरेक्टर गोपीनाथ शर्मा ज्यू मार्फत माग भएको ठाउँमा शिक्षक दरबन्दी को ब्यबस्था गरि विद्यालयको स्वीकृति पत्र प्रदान गर्दै आउने क्रममा बि.स.२०१३ साल तिर मनकामनामा रहेको मनकामना आयुर्वेदिक औसधालयका भण्डारे यसै गाउँका स्व.पदमविलाश पोखरेलले विद्यालयको मागको लागि निवेदन दिनुभएको र शिक्षा विभागबाट यस ठाउँमा विद्यालयको स्थापनालाई सान्दर्भिक ठानी ललितपुरको पाटन मंगलबजार निवासी श्री रामलाल श्रेष्ठलाई शिक्षक नियुक्ति भई यस विद्यालयमा आउनु भयो (नीज शिक्षक मनकामना हुदै भोगटेनी गाउँमा आई शिक्षक कार्य शुरु गर्नुभएको थियो)
यस भेगमा विद्यालयहरु नभएको कारण स्थानीयवासीहरुको उत्साहजनक उपस्थितमा स्व.पूर्णचन्द्र अर्याल र स्व.पुस्पराज अर्यालको सक्रियतामा बि.स.२०१४ साल जेष्ठ ९ गते श्री चन्द्र भास्कर प्राइमरी स्कुल को नाम बाट यस स्कुलको औपचारिक रुपमा पढाई शुरु भएको पाइन्छ।शुरुमा विद्यालयको भौतिक पक्ष पूर्ण नहुदाँ गाउँको स्थानीय पिपलको चौतारो र ठाँटिमा बिद्द्यार्थीहरु जम्मा गरि विद्यालय सु-संचालन भएको थियो पछि स्व.पूर्णचन्द्र अर्याल, स्व.मोदनाथ अर्याल, स्व. शेसकान्त अर्याल, खेमराज अर्याल र लोकनाथ अर्याल ज्यू बाट जज्गादान दिई स्थानीय रुपमा भवन निर्माण गरि विद्यालय संचालन समिति गठन गरि समितिमा पूर्णचन्द्र अर्याल सभापति, पुस्पराज अर्याल, इश्वरी अर्याल, ठाकुर प्रसाद अर्याल, मोहकान्त सेडाई, र भक्त नारायण श्रेष्ठ जस्ता शिक्षा प्रेमी अग्रजहरु रहनु भएको संचालक समिति गठन गरि यसकै अग्रसरतामा नयाँ शिक्षक नियुक्ति, भवन निर्माण, सामाग्री र फर्निचर जस्ता सामाग्रीहरु जुटाएर कक्षा ५ सम्म संचालन भएको थियो।
शैक्षिक सात्र २०२३/२४ सालमा तत्कालीन विद्यालयका प्र.अ. श्री श्यामजी अतिथि र धन बहादुर अर्याल, श्री ठाकुर प्रसाद अर्याल सहितको अग्रसरतामा गोरखा जिल्लाको दक्षिण भेगमा नि.मा.बि. नभएको कारणले यस विद्यालयलाई बक्रेश्वर महादेवको नाम बाट विद्यालयको नाम परिवर्तन गरि श्री बक्रेश्वर मिडिल स्कुल नामले नि.मा.बि. सम्मको कक्षा संचालन भएको पाइन्छ यो विद्यालयले नि.मा.बि. को अनुमति नपाउदा सम्म श्री लक्ष्मी मा.बि., गाईखुर को शाखाको रुपमा कक्षा ६ सम्म को पढाई शुरुवात गरेको थियो वि.स.२०२५ सालमा जि.शि.का. गोरखाबाट यस विद्यालयलाई नि.मा.वि. संचालन को अनुमतिपत्र प्राप्त भएपछि कक्षा ८ सम्मको अध्यापन संचालन गरि यसै विद्यालयबाट सबै परिक्षा लिने र नतिजा प्रकाशित गर्ने थालनि भएको पाहिन्छ
वि.स.२०३० सालमा रास्ट्रिय शिक्षा पद्दति योजनाको तहगत बिभाजन अनुसार कक्षा ६ र ७ लाई नि.मा.वि. तोकेको हुँदा कक्षा ८ कटौती भइ कक्षा ७ सम्म मात्र संचालन पनि भएको पाहिन्छ। वि.स.२०३७/३८ साल देखि संस्कृत मा.वि. संचालन गर्ने महान उदेस्य साथ प्रा.शिवहरि मरहठ्ठा (तत्कालीन उपकुलपति महेन्द्र संस्कृत बिश्वविद्यालय) को अग्रसरतामा यस विद्यालयलाई मा.वि. बनाउने क्रममा निजी स्रोत मा शिक्षक नियुक्ति गरि पठनपाठन संचालन भएपनि त्येसले दीर्घकालीन पूर्णता पाउन सकेन पुनः वि.स. २०५४/९/४ गतेका दिन बक्राङ ग.वि.स.को वडा न.१,२,३ र मनकामना ग.वि.स. को ४,५ र ६ वडा का अभिभावकको उपस्थिति मा यस विद्यालयलाई मा.वि. संचालन गर्ने र निजी श्रोतमा शिक्षक तथा बैंक धरौटीको लागि अभिभावकहरुको औकात हेरी, शिक्षक तथा कर्मचारीहरुले १ महिनाको तलब, पेन्सनवालाहरुको १ महिनाको पेन्सन, कृषक तथा मजदुरहरुको ५ दिन बराबरको पारिश्रमिक चन्दा संकलन गरि मिति २०५५ साल असार ३१ गतेदेखि मा.वि. सम्मको कक्षा संचालन गर्ने पूर्ण आधिकारिक अनुमतिपत्र गरेको र मिति २०५६ सालदेखि नियमित प्रवेशिका परीक्षामा यो विद्यालय सामेल हुदै आएको छ।

Photos 05/12/2013

Shree Bakreswor Secondary School

11/01/2011

hamro purano school

Want your school to be the top-listed School/college in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bakrang, Bhogteni
Gorkha