SNJC Alumni Page

SNJC Alumni Page WE WANT TO CONNECT AS MANY FRIENDS AS WE CAN IN OUR LINK the first global link of Ashrang

03/11/2013

भर्खरै हामीले दशैँ मनायौं। धेरै नेपालीले आआफ्नै हिसाबले दशैँ मनाए। दशैँलगत्तै नेपालीको अर्को महान र रमाइलो पर्व तिहार र छठ घरआँगनमा आइसकेको छ।
यसबाहेक अरु धेरै नेपाली पहिचानको चाडपर्व हामी मनाउछौं। ती सबै पर्वको धार्मिक, सामाजिक र वैज्ञानिक महत्ताले नेपालीलाई एउटै मालामा बाँधिराखेको छ। सांस्कृतिक रुपमा हामी नेपाली साँच्चै धनी छौं, हामीसँग विश्वमै चिनिएका धार्मिक सम्पदा छन्। त्यसैले होला, नेपालमा बर्सेनि लाखौं धार्मिक पर्यटक आउने गरेका छन्।
हिन्दु, बौद्ध, किराँत र बोन्पो संस्कृति र धर्महरु नेपालको मौलिक सम्पदा हुन्। तर अबको केही दशकपछि नेपालको मौलिक सम्पदा लोप हुँदै जाने हो कि भन्ने चिन्ता बढ्न थालेको छ। पछिल्लो समयमा नेपालमा नेपाली पहिचानसँग मेल नखाने धर्मसंस्कृतिको आक्रमण बढ्दै गएकामा हामी धेरै अवगत होलाउँ।
६२/६३ को जनान्दोलन पछि नेपाललाई विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान मेट्दै धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो। धर्मनिरपेक्ष राष्ट्रघोषणा गरिए पनि नेपालको अन्तरिम संविधानमा प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको अवलम्बन, अभ्यास र संरक्षण गर्न हक हुनेछ, कसैले कसैको धर्म परिवर्तन गर्न पाउने छैन र एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न पाउने छैनन्, भनेर स्पष्ट उल्लेख गरेको छ।
त्यसैले पनि हो, त्यो समयमा ८२ प्रतिशत भन्दा धेरै हिन्दु रहेको देशलाई विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान मेटी धर्म निरपेक्ष राष्ट्र घोषणा गरिँदा म लगायत धेरै नेपालीले नेपाललाई धर्म निरपेक्ष राष्ट्र हुनुमा स्वागत गरियो। तर अहिले कानुन विपरीत धर्म परिवर्तन गराउने काम व्यपाक रुपमा बढ्दै गएको छ।
नेपाली मौलिक पहिचानको एक धर्मबाट अर्को धर्ममा परिबर्तन गर्ने वा गराउने गरिएको पाइँदैन। धर्म परिबर्तन गरी हिन्दुबाट किरात वा बौद्ध धर्ममा गए पनि त्यसले नेपाली मौलिक परम्पराको संरक्षणमा कुनै असर गर्ने थिएन। तर नेपाली मौलिक परम्परासँग मेल नखाने इसाई धर्मको नेपालमा व्यापक रुपमा धर्म विस्तार हुँदै छ। हिन्दु, बौद्ध, किरात आदि धर्मबाट क्रिश्चियन धर्ममा धर्म परिबर्तन गराउने काम भइरहको छ।
२०६८ को जनगणनाले बौद्ध, किरातको संख्या घटेको देखिएकोमा विभिन्न जनजाति संगठनहरुले हिन्दु धर्मले गर्दा हाम्रो संख्या घट्दै गएको भनेर बिरोध जानएको याद छ। तर उनीहरुले वास्तविक यथार्थ मूल्यांकन गर्न सकेनन्। बिशेष गरी आज गाउँगाउँतिर आदिवासी जनजातिहरुले व्यापक रुपमा आफ्नो मौलिक संस्कृति छाडी क्रिश्चियन धर्ममा परिबर्तन भइरहेका छन्।
पहिलो संविधानसभा भंग हुनुको भित्री कारण के के हुन्, त्यो थाहा भएन, तर संविधानसभा असफल हुनुको बाहिरी कारण भनेकै संघीयताको नाम रह्यो। अहिले पनि देशमा जातीय पहिचान सहितको संघीयताको कुरा मुख्य विवाद र बहसको विषय बनेको छ। आफ्नो जातिको पहिचान संरक्षण गर्न नै जातीय राज्यको माग गरिएको हो भन्ने कुरा मैले केही नेताको भाषणमा सुनेको छु। तर, यसरी नेपाली मौलिक पहिचानको धर्मसंस्कृतिमाथि आक्रमण बढ्दै गएपछि भोलिका दिनमा हाम्रो पहिचानको के गरी संरक्षण होला?
यो नै धर्म मानिनुपर्छ भनेर कसैलाई हिन्दु वा कुनै धर्ममा लादिनु हुँदैन वा धर्म नमानी बस्ने अधिकार वा कसैलाई कुनै धर्मको ग्रन्थबाट प्रभावित हुन्छ भने उसले आफ्नो इच्छाले धर्म परिवर्तन गर्न पाउने अधिकार रहनुपर्छ, तर कानुनबाहिर गएर धर्म प्रचार गरी नेपाली संस्कृतिमाथिको आक्रमण गर्न चाहिँ पाइँदैन। धर्म परिबर्तन गर्न पाईन्छ तर धर्म परिबर्तन गराउन पाइँदैन। अहिले सरासर धर्म परिवर्तन गराउने काम भइरहेको प्रस्ट देखिन्छ।
आज प्रत्येक गाउँघर सहरमा धर्म परिबर्तन गरेर इसाई भएकै कारणले गर्दा दशैँतिहार जस्ता नेपाली कुनै पनि चाड पर्ब नमान्ने जमात देखिनु, गाउँसहरतिर मन्दिर, गुम्बाभन्दा चर्चको संख्या धेरै हुँदै जानु, सोलुखुम्बुलगायत केही हिमाली जिल्लामा धर्म परिबर्तनले गर्दा त्यहाका गुम्बा सुनसान हुन थालेको समाचार आउनु र यति छोटो समयमा सरकारी तथ्यांकलाई गलत भनी २५ लाख क्रिश्चियन भएको दाबी गरिनुले अबको केहि दशकपछि नेपाल पहिचानको धर्म मान्ने एउटा सानो जमातमा रहने र बिस्तारै नेपाली संस्कृति लोप हुने हो कि भन्ने चिन्ता बढ्न थालेको हो।
उपत्यकाको तीन जिल्लामा सबैभन्दा धेरै क्रिश्चियन रहेक तथ्यांकले देखाउँछ र बढ्ने क्रममा छ, जसले गर्दा निकट भबिस्यमै ललितपुर ,भक्तपुरमा पुर्खौंदेखि चल्दै आएको जात्रा, पर्ब संकटमा पर्ने खतरा देखिँदै छ। यदि नेपालमा क्रिश्चियन धर्मको आक्रमण नरोकिने हो भने एक दिन नेपाली मौलिक सम्पदाजस्तै हिन्दु, बौद्ध, किराँती, बोन्पो आदि इतिहासमा लेखिने छन्।
यसरी अहिले बढेको धर्म परिबर्तनले गर्दा समाजमा विभिन्न सामाजिक समस्या प्रस्ट देखिन थालेका छन्। परिवारको एक सदस्यले धर्म परिबर्तन गरेकै कारण दशैँमा टिका नलगाइदिँदा, आफ्नो घरमा हुने धार्मिक कार्यक्रममा सहभागी नहुँदा, घरमा पाठपूजा गरिएको प्रसाद नखाइदिँदा पारिवारिक मनमुटाव बढेको उदाहरण म सामु छन्। आफ्नो एक्लो दाइले धर्म परिबर्तन गरेकै कारणले गर्दा तिहारमा भाइटिका नलगाइदिँदा बहिनी तिहारको बेला रोएर बसेको देखेको छु। जसले गर्दा निकट भबिष्यमा नेपालका धार्मिक संकट उत्पत हुन सक्नेमा सबै पक्षको ध्यान पुग्नुपर्ने समय भइसकेको छ।
मेरो व्यक्तिगत कुरा गर्नु पर्दा म हिन्दु धर्म मान्ने भए पनि चर्चमा गएर प्रार्थना गरेको छु– क्रिसमसको बेला शुभकामना आदानप्रदान गर्नुको साथै बिभिन्न होटेल र चर्चमा गएर क्रिसमसको उत्सबमा सामेल भएको छु। त्यसैले धर्म परिबर्तन गरेर क्रिश्चियन भए पनि आफ्नो परापूर्वकालदेखि चल्दै आएको परम्परालाई पनि आत्मसात गर्दिए यस्तो सामाजिक समस्या आउने नै थिएन।
दसैँतिहार आदि नेपाली पर्बको धार्मिक महत्ता जतिकै सामाजिक महत्ता पनि उत्तिकै छ। दसैँतिहारले गर्दा लामो समय पछि पारिवारिक जमघट, आफन्त, गाउले साथीभाइसँग भेटघाट हुने अवसर प्रदान गर्यो। तिहारले दाजुभाइ र दिदीबहिनीबीच आत्मीय सम्बन्ध कायम राख्न सहयोग गर्छ। तिहारको बेला बज्ने देउसीभैलोको भाकाले तिहारको वातावरण नै साह्रै रमाइलो बनाउँछ। त्यसैले पनि यस्ता धार्मिक र सामाजिक महत्ताका रमाइला पर्बहरु सधैंभरि बाँचिरहन जरुरी छ। हाम्रो धार्मिक ग्रन्थमा नलेखिएका तर धर्मको नाममा चल्दै आएका केही गलत परम्परालाई छाडी नेपालीको मौलिक परम्पराको निरन्तरता हुनुपर्छ ।
कोही नेता वा जनताले म देशभक्त हुँ– नेपाललाई माया गर्छु भनेर सामाजिक संजालमा लेख्छन् तर आफ्नो देशको सांस्कृतिक पहिचान संकटमा पर्दै गएको कुरालाई ध्यान दिँदैन भने उ देशभक्त हुन् सक्दैन। अब नेपाली धर्मसंस्कृति भबिष्यमा लोप हुने सक्नेमा हामी सबैको ध्यान जान जरुरी भएको छ। नेपाली युवालाई आफ्नो धर्मसंस्कृतिप्रति गौरव गर्नसक्ने वातावरण बन्न सकोस्। सबै नेपालीलाई तिहार र छठ पर्बको शुभकामना।
(थापा नेपाल इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियर पढ्दै छन्।)

31/10/2013

Campus Students' eyes in the class
(-_-) (-_-) (-_-)(-_-) (-_-) (-_-) (-_-) (-_-)
When teachers say tomorrow will be exam(O_O) (O_O) (O_O) (O_O)(O_O) (O_O)
During the exam(→_→) (←_←) (→_→) (←_←) (→_→) (←_←)
When invigilator comes (↓_↓) (↓_↓) (↓_↓) (↓_↓) (↓_↓)

23/10/2013

SNJC would like to inform and invite you all on the occasion of ''51st ANNIVERSARY & PARENTS' DAY'' going to be held on 12, 13, and 14th of Kartik.

08/10/2013

happy dashain to all

23/09/2013

welcome to all Ex students and lover of SNJC

12/06/2013

Arun Bhatta is the only to secure Distinction this year

11/06/2013

SLC Result this year: pass percentage 76+ . Total students 98 failed 23.passed 76. Single distinction. Congratulations to the passed and sympathy to those who failed. . . .

Please mention what do you miss very much about school life
20/04/2013

Please mention what do you miss very much about school life

14/04/2013

What should be done to improve the quality of education of our school?please share your constructive ideas.(hamro schoolko shaikshik gunastar ajhai sudhar garna k garnu parla?)

14/04/2013

Happy New Year to you all. Do share your plans with us

Happy New Year to You all
13/04/2013

Happy New Year to You all

Address

Ashrang
Gorkha

Alerts

Be the first to know and let us send you an email when SNJC Alumni Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to SNJC Alumni Page:

Shortcuts

Share

Category