Shree Mandali Secondary School, Siranchowk, Gorkha

Shree Mandali Secondary School, Siranchowk, Gorkha

Share

A Government School in Gorkha District Nepal

28/02/2026

Shout out to my newest followers! Excited to have you onboard! Kusal Vai, Sarita Shrestha

26/02/2026

शिक्षकले के गर्ने?
१ . विद्यार्थीहरुलाई आफ्नै सन्तानलाई झै माया ममता सहयोग र सहकार्य गर्ने
२. नियमित विद्यालयमा उपस्थित हुने र ठीक समयमा कक्षामा जाने निस्किने ।
३. सबै विद्यार्थीलाई समान ब्यवहार गर्ने, भेदभाव नगर्ने ।
३. विद्यार्थीहरुका समस्या सुन्ने र उचित समाधानमा सहयोग गर्ने ।
४. विद्यार्थीहरूलाई गलि गलौज वा शारीरिक वा मानसिक यातना नदिने ।
५. विद्यार्थीहरुको शारीरिक मानसिक र भावनात्मक विकासमा जोडदिने ।
६. विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रष्फुटन वा विकासमा सहयोग गर्ने, प्रोत्साहन गर्ने ।
७. विद्यार्थीहरुको समस्या गोप्य राखि सम्बन्धित विद्यार्थी वा उसको परिवारलाई जानकारी गराउने र रचनात्मक सहयोग गर्ने ।
९. सकेसम्म विद्यार्थीहरुलाई AI को प्रयोग गरि गृहकार्य गर्ने कार्यमा निरुत्साहित गर्ने र रचनात्मक उतर लेख्न प्रोत्साहित गर्ने ।
१०. विद्यार्थिसंग रमाउने, उसका कुरा सुन्ने, सकरात्मक उर्जा प्रदान गर्ने, सहकार्य गर्ने, मित्रवत ब्यवहार गर्ने र विद्यार्थमा शिक्षक मेरा लागि हो भन्ने भावनाको विकास गराउने।
११. अभिभावकसंग नियमित सम्पर्कमा रहने, विद्यार्थीको प्रगति विवरण दिने, कमजोरि भए सुधारका सकरात्मक उपाय बताउने
१२. विद्यार्थीहरुका विवादलाई शौहार्दपूर्ण रूपमा समाधान गर्ने ताकि कसैले अन्यायमा परेको महशुस नगरोस ।
१३. प्रधानाध्यापकको निर्देशन तथा वि ब्य स को निर्णयलाई पालना गर्ने
१४. विद्यार्थी कक्षामा ढिलो प्रवेश गरेमा उसको समस्या बुझि समाधान गर्न सहयोग गर्ने ।
१५ . प्रभावकारी र उपलब्धि मूलक शिक्षणका लागि पूर्व तयारी गर्ने । शैक्षिक सामाग्री प्रयोग गर्ने , सम्भव भएसम्म प्रयोगात्मक शिक्षण गर्ने ।
१६. कक्षाकोठा रमाइलो बनाउन र विद्यार्थीलाई आफूतिर आकर्षण गर्न समय समयमा हल्का ब्यङ्ग गर्ने वा चुट्किला वा मुक्तक सुनाउने ।

Photos from Shree Mandali Secondary School, Siranchowk, Gorkha's post 19/02/2026

प्रजातन्त्र दिवसको सबैमा शुभकामना
SEE तयारी परीक्षा
गणित विषय

Photos from Shree Mandali Secondary School, Siranchowk, Gorkha's post 15/02/2026

शिवरात्री पर्वको सबैमा शुभकामना
एसईई तयारी परीक्षा २०८२
अंग्रेजी विषय
७:००-१०:०० बजेसम्म

Photos from Shree Mandali Secondary School, Siranchowk, Gorkha's post 09/02/2026

मिति २०४६/०८/०३ देखि २०८२/१०/०९ गतेसम्म जम्मा ३६ बर्ष २ महिना ३ दिन यस विद्यालयमा सेवा गर्नुभएका प्राथमिक तह प्रथम श्रेणीका शिक्षक आदरणिय सिताराम पोखरेलको आज एक विशेष कार्यक्रमका साथ विद्यालयबाट सम्मान सहित फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । लामो समयसम्म विद्यालयमा सेवारत रहि हजारौँ विद्यार्थीहरुको भविष्य निर्माणमा महत्वपूर्ण योगदान गर्नुभएका शिक्षकप्रति हार्दिक आभार सहित धन्यवाद । आगामि दिनमा विद्यालयको अभिभावकिय भूमिकामा रहि रचनात्मक रुपमा सहयोगको अपेक्षाा विद्यालय परिवारे गरेको छ । सुखमय सेवा निवृत्त जिवनको शुभकामना ।

23/12/2025

शिक्षक आवश्यकता...

Photos from Shree Mandali Secondary School, Siranchowk, Gorkha's post 13/11/2025

सिरानचोक गा पा स्तरीय छैटौ राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा भाग लिने २९ जना विद्यार्थी खेलाडीहरु ३ शिक्षक ( थप २ अफिसियल शिक्षक समेत) लाई आज उच्च मनोवलका साथ खेलमा भाग लिइ यस पटक शिल्ड हाम्रो विद्यालयले नै प्राप्त गर्नेगरी आफ्नो क्षमता प्रदर्शन गर्न विद्यार्थीहरुलाई शुभकामना सहित खेल हुने स्थान परोपकार आर्दश मा वि जौवारी गोरखा पठाइएको छ । खेलाडी विद्यार्थी भाइ बहिनीहरुलाई विजय प्राप्त गर्न धेरै धेरै शुभकामना ।

02/10/2025

बडा दशैं २०८२ को पावन अवसरमा विद्यालयका शिक्षक विद्यार्थी अभिभावक विव्यस पदाधिकारी शिअस पदाधिकारी समाजसेवी बुद्दीजिवी शिक्षाप्रेमी समाजसेवी विद्यालयसंग प्रतक्ष्य अप्रतक्ष्यरुपमा जोडिने हुने, सरोकार राख्नुहुने महानुभाव लगाएत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तथा नेपाललाई माया गर्ने सम्पूर्ण जनहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित देश दुखिरहेको वेला हामी सबै एक भएर देश उठाउने प्रण गरौं
बडादशै २०८२को हार्दिक मंगलमय शुभकामना...

14/09/2025

वि सं २०२१ भदौ ४ गते रत्न राज्यलक्ष्मी देवी शाहको जन्मदिन पारेर काठमाडौंको रत्नपार्क क्षेत्रमा बाल मन्दिरको स्थापना भएसंगै नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो। वि सं २०६३ ( जनआन्दोलन २०६२/६३) देखि मिति परिवर्तन गरि भदौ २९ गते लाइ राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो। मिति सार्नुको कारण दुइवटा थिए-
१. बालअधिकार महासन्धि अनुमोदन गरेको दिन (सन् १९९०
सेप्टेम्बर १४) भएका कारण
२. रत्न राज्यलक्ष्मी देवी शाह शाह वंशीय रानी ( राजा
महेन्द्रकी पत्नी )भएको र राजतन्त्र बहिस्कार भैसकेको
कारण।

आज ६१ औँ राष्ट्रिय बाल दिवस (२०८२ भदौ २९ गते) को नारा👇🏻

"बालबालिकामा लगानीः
सुनिश्चित भविष्यको थालनी"

11/06/2025

बधाई छ सजिता
प्रदेश स्तरीय भाला हान्ने प्रतियोगितामा प्रथम भई राष्ट्रिय प्रतिस्पर्धामा छनोट हुन सफल भएकोमा

Want your school to be the top-listed School/college in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Siranchowk
Gorkha