च्याङली सामुदायिक सिकाइ केन्द्र

च्याङली सामुदायिक सिकाइ केन्द्र

Share

Chyangli CLC
Palungtar-7, chyangli
Gorkha.

09/05/2026
Photos from च्याङली सामुदायिक सिकाइ केन्द्र's post 09/05/2026

च्याङ्ली सामुदायिक सिकाई केन्द्र को आयोजनामा पालुङटार नगरपालिका वडा नम्बर ७ भित्रका सामाजिक अगुवाहरूका लागि योग तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
सिकाई केन्द्रका अध्यक्ष डा. रविन्द्र कडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ७ भित्रका विभिन्न सामाजिक अगुवा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा ओशो कैलाश ध्यान केन्द्र का सञ्चालक स्वामी सुभाष थापा ले ध्यान, योग तथा मानसिक स्वास्थ्यका विषयमा सहजीकरण गर्नुभएको थियो। त्यसैगरी कमल पोखरेल ले मनोसामाजिक समस्या, त्यसका कारणहरू तथा समाधानका उपायहरूका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।
तालिमले सामाजिक अगुवाहरूमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सकारात्मक सोच, तनाव व्यवस्थापन र सामुदायिक नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

07/12/2025
07/12/2025

विगत तीन वर्षदेखि दुवै मृगौला फेल भई डायलासिस गराइरहनुभएका पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली बिरुवाटार निवासी मनबहादुर तामाङलाई सहयोग गर्नुभएकोमा बन्दीपुर १ नयाँ पुल निवासी रञ्जन पिया ले रु ३,१०५ तीन हजार एक सय पाँच रुपैयाँ रकम सहयोग गर्नुभएकोमा उहाँलाई धेरै धेरै बधाई एवं जीवनमा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

07/12/2025

विगत तीन वर्षदेखि दुवै मृगौला फेल भई डायलासिस गराइरहनुभएका पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली बिरुवाटार निवासी मनबहादुर तामाङलाई सहयोग गर्नुभएकोमा नवराज परियारले रु ५,००० पाँच हजार रुपैयाँ रकम सहयोग गर्नुभएकोमा उहाँलाई धेरै धेरै बधाई एवं जीवनमा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

07/12/2025

विगत तीन वर्षदेखि दुवै मृगौला फेल भई डायलासिस गराइरहनुभएका पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली बिरुवाटार निवासी मनबहादुर तामाङलाई सहयोग गर्नुभएकोमा बन्दीपुर १ डुम्रेस्थित तनहुँ सुनचाँदी पसल का सञ्चालक अर्जुन गहतराज ले रु.१०,००० दश हजार रुपैयाँ रकम सहयोग गर्नुभएकोमा उहाँलाई धेरै धेरै बधाई एवं जीवनमा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

07/12/2025

विगत तीन वर्षदेखि दुवै मृगौला फेल भई डायलासिस गराइरहनुभएका पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली बिरुवाटार निवासी मनबहादुर तामाङलाई सहयोग गर्नुभएकोमा पालुङटार ७ च्याङ्ली खहरे निवासी सुजन श्रेष्ठले ले रु ३,५४५ तीन हजार पाँच सय पैंतालीस रुपैयाँ रकम सहयोग गर्नुभएकोमा उहाँलाई धेरै धेरै बधाई एवं जीवनमा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

Photos from Gorkha Sansar's post 29/11/2025
03/11/2025

२०८२ सालमा हुने SEE को लागि परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना ।

Photos from च्याङली सामुदायिक सिकाइ केन्द्र's post 03/11/2025

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित च्याङ्ली सामुदायिक सिकाई केन्द्रले विद्यार्थीहरूका लागि करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न गरेको छ ।
वर्डप्रेस पोखरा प्राविधिक संयोजन र इन्फोसिस संस्थासँगको सहकार्यमा जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
सिकाई केन्द्रका अध्यक्ष डा रविन्द्र कडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो। उक्त कार्यक्रममा नेपालकै उत्कृष्ट आइटी तालिम प्रदायक संस्था broadway इनफोसिस का सस्थापक उत्तम अधिकारी,वेब एक्सपर्ट नेपालका संस्थापक यमबहादुर क्षेत्री,code pixel media का संस्थापक उत्सव सिंह राठोर, wp creative का हेड अफ इन्जिनियरिङ एण्ड बिजनेस अपरेसन मिलन खनाल, मेन्डोली टेक का संस्थापक मनोज ज्ञवाली लगायतकाले विद्यार्थीहरूका लागि आइटी क्षेत्रको महत्व र त्यसका क्षेत्रका विषयमा प्रष्टाएका थिए । सोही कार्यक्रममा बोल्दै ब्रडवे संस्थाका संस्थापक उत्तम अधिकारीले मार्फत सञ्चालन भएका विविध गतिविधिहरूका बारेमा जानकारी गराउँदै आगामी दिनहरूमा यस क्षेत्रबाट पनि सम्पर्कमा आएका विद्यार्थीहरूलाई विभिन्न अवसरका साथ योग्य र दक्ष बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। त्यस्तैगरी लुमिनो टेक्नोलोजी प्रालीका सञ्चालक विजय कुमालले आफ्नो जीवनमागरेका सङ्घर्ष तथा आइटी क्षेत्रमा प्रवेश एवं सफलताका प्रेरणादायी अनुभव प्रस्तुत गर्नुभएको थियो । बालकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम कोइरालाले विद्यार्थीहरूका लागि प्रेरणादायक प्रस्तुति समेत प्रदान गर्नुभएको कार्यक्रममा वडा नम्बर ७ भित्र सञ्चालित कक्षा १० , ११ र १२ मा अध्ययनरत १२० जना छात्र छात्राहरूको उपस्थिति रहेको थियो । ग्रामीण क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई आइटी क्षेत्रमा प्रवेश गराई सफलता सम्म पुर्याउन योगदान पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको च्याङ्ली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष डाक्टर रविन्द्र कडेलले जानकारी दिनुभयो ।
डाक्टर कँडेलले कार्यक्रम सम्पन्न गर्नको लागि सहयोग पुर्याउनु हुने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको थियो । त्यस्तैगरी कार्यक्रममा सहयोग पुर्‍याउने व्यक्तित्वहरू लाई सामुदायिक सिकाई केन्द्रको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो।

Want your school to be the top-listed School/college in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Gorkha