12/09/2025
बिचार :
संविधान, सरकार सन्चालन, पुनर्निर्माण र विकास बुझेका विशेषज्ञहरुले ठोस सुझाव दिने - दलिय स्वार्थ भन्दा माथी रहेर ।
कुनै पनि झुठा समाचार, प्रचार प्रसार गाली ग्लौज नगर्ने । शान्ती भड्काउने किसिमका पोस्ट, बिचार ब्यक्त नगर्ने ।
आज सम्म राजनैतिक दलका नेता या संवेदनशील पदमा रहेर आफ्नो कार्य संतोषजनक ढंगले गर्न नसक्ने जो सुकै हुन्, चुनाव लड्न नपाउँने, पद र जिम्मेवारी नपाउने कुराको व्यबस्था गर्ने - राजनैतिक दल नराम्रो कि दललाई नेतृत्व गर्ने ब्यक्ती यसको बारेमा राम्ररी बुझ्ने र सोचबिचारपूर्ण निर्णय लिने ( यसका लागि पनि जानकार, निष्पक्ष र सम्बन्धित क्षेत्रका विज्ञको सल्लाह लिने र सल्लाह दिनेले पनि देशको सर्वोपरी हितमा रहेर सल्लाह दिने)
संविधान सम्बन्धि विषय अत्यन्तै संवेदनशील भएकाले यसमा टेकेर अगाडी बढ्दा र अन्य निर्णय लिएर हुने फाइदा वेफाइदाका वारेमा पनि विशेषज्ञता हाँसिल गरेका व्यक्तिहरुसँग सल्लाह लिनु उपयुक्त हुने देखिन्छ ( यहाँ विशेषज्ञ भनेर दोहोर्याएको कारण छ, अध्ययन गरेका मान्छेहरु भावनामा कम बग्छन् र सहि सुझाव दिन सक्छन् ।)
अर्को महत्वपूर्ण कुरा अहिले प्रतिनिधित्व कसले गर्ने भन्ने कुरा बहसमा छ, कसैले नमान्दा चित्त दुखाउने, कसैले मलाई दिएनन भनेर चित्त दुखाउने अझ त्यति मात्र हैन, अझै पुराना दलका नेताहरुले त अप्रत्यक्ष रुपमा तिमिहरुले नेतृत्व गर्न सक्दैनौ भन्ने आशयमा विज्ञप्ति सम्म निकाल्न थालेको पाइएको छ,
यो मुख मिठ्याएको कारण निर्णय लिन अफ्ट्यारो भएर हो।
यो विषम परिस्थितिमा जेनजी जस्तो आँटिलो र बहादुरीपूर्ण तरिकाले काम गर्न सक्ने पुस्तालाई देशै हाक्ने नेतृत्व गर्न या नेतृत्व छान्न भनेजस्तो सजिलो छैन । यिनिहरुले चाहेको परिवर्तन ल्याउन कसरी सघाउन सकिन्छ सोचेर अगाडी बढौं ।
अनि दु:खलाग्दो कुरा असली जेनजी को हुन् भनेर अन्य एक्स वाई र सबैलाई छुट्टाउन त्यति सजिलो छैन, आ-आफैं अनुत्पादक बहसमा अझ जङ्गी अड्डा अगाडी भएजस्तो हात हालाहालको स्थिती आउनु एकदमै दुर्भाग्यपूर्ण हो ।
केहि तत्वहरु फुटाउ र राज गर भन्ने मनस्थितिमा लागेका छन् भन्ने पक्का हो र उनिहरु केही प्रतिशतमात्र पनि सफल हुनु, जेनजीको आन्दोलन, बलिदानी र प्राप्त हुन लागेको उपलब्धिको उपेक्षा हो ।
यहि समयमा मिडियामा यहाँहरुले नै प्रस्ताव गर्नुभएका नाम मध्ये उत्कृष्ट लागेको नेतृत्वलाई अगाडी बढाई काम अघि बढाउनुहोस् । हरेक पल खबरदारी गर्नुस् । एजेण्डामा कत्ती पनि सम्झौता नगर्नुस् ।
यो अन्तरिम सरकार हो, यत्ती होस् कि यो सरकारले चुनाव उदाहरणीय रुपमा निष्पक्ष, धाँधलीरहित गरोस् र वास्तविक रुपमा आधा दशक देश राम्ररी चलाउन सक्ने र जनताले दिएको म्याण्डेट राम्रोसँग पूरा गर्न सक्ने क्षमता भएका ब्यक्तिले चुनाव जितुन् ।
यो इतिहास फेरि फर्किने छैन,
१९ बढी आमाको काख रित्तिएको छ ।
प्यारा जेनजीको बलिदानी बाट प्राप्त हुने लागेको उपलब्धि को रक्षा गर्नु छ ।
पुरानाहरुको दम्भको अघि काम गरेर देखाउनु छ
कैयौं सार्वजनिक सम्पत्तिको क्षती भएको छ
देश फेरि उठाउनु छ ।
विश्वास छ मेरो देश बन्ने छ ।
हामी बनाउँछौं ।