Sabhyata Pathshala

Sabhyata Pathshala

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sabhyata Pathshala, School, Ghorahi.

सभ्यता पाठशाला २०६९ सालमा दाङको घोराही, १५ मा स्थापना भएको विद्यालय हो । "संस्कार, संस्कृति र सभ्यता, हाम्रो प्रतिवद्धता" भन्ने मूल मन्त्रलाई अंगिकार गरेको यस विद्यालयले हाल यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

Photos from Sabhyata Pathshala's post 24/08/2026

Happy birthday dear John Gharti from grade 2.. wish you all the best wishes and god bless you dear🎂🎂💐💐

24/08/2026

🌈 Happy little learners exploring the human body!😍
Foundation Learners❤️

24/08/2026

अन्तर्राष्ट्रिय रंगमञ्चमा गुन्जियो सभ्यता पाठशाला 🇳🇵

सभ्यता पाठशालाले आफ्नो अन्तर्राष्ट्रिय सहभागिताको निरन्तरतास्वरूप भारतको लखनऊमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको मौलिक कला, संस्कृति र पहिचान झल्काउने आकर्षक नृत्य प्रस्तुत गरेको छ।

अन्तर्राष्ट्रिय रंगमञ्चमा सभ्यता पाठशालाका विद्यार्थीहरूले प्रस्तुत गरेको नेपाली नृत्यले नेपालको संस्कृति र सभ्यता विश्वसामु चिनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति, अनुशासन र उत्कृष्ट कलाले कार्यक्रममा उपस्थित दर्शकको ध्यान आकर्षित गरेको छ।

नेपालको झण्डासँगै सभ्यता पाठशालाको पहिचान बोकेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत भएको यो गौरवपूर्ण क्षणले विद्यालयको शैक्षिक गतिविधिलाई मात्र होइन, नेपाली कला, संस्कृति र प्रतिभालाई समेत अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा सभ्यता पाठशाला—नेपालको कला, संस्कृति र प्रतिभाको सशक्त प्रतिनिधित्व। 🇳🇵❤️
Sabhyata Pathshala

24/08/2026
Photos from Sabhyata Pathshala's post 24/08/2026

Roaming around and enjoying historical and famous places of Lucknow🥰

Photos from Sabhyata Pathshala's post 23/08/2026

हार्दिक शुभकामना !
पोखरामा आयोजित भव्य तथा गरिमामय अन्तर्राष्ट्रिय कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आफ्नो उत्कृष्ट क्षमता, प्रतिभा र आत्मविश्वास प्रस्तुत गरी सशक्त उपस्थिति दर्ज गर्न सफल सभ्यता पाठशालाका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना!

अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा नेपालको झन्डासँगै सभ्यता पाठशालाको पहिचान र गौरवलाई उँचो बनाउँदै प्रस्तुत हुनुभएकोमा हामी सम्पूर्ण विद्यार्थीप्रति गर्व गर्दछौँ।

यस महत्वपूर्ण यात्राको नेतृत्व गर्दै विद्यार्थीहरूलाई मार्गदर्शन गर्नुहुने विद्यालय कोर्डिनेटर पुष्पा तामाङ तथा मण्टेस्वरी कोर्डिनेटर निगम बुढाथोकी लगायत कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।

तपाईंहरूको सहभागिता एउटा कार्यक्रममा उपस्थिति मात्र होइन, सभ्यता पाठशालाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने एउटा महत्वपूर्ण पाइला हो।

आगामी दिनमा पनि यस्तै उत्कृष्ट सहभागिता, उपलब्धि र गौरवपूर्ण यात्राका लागि हार्दिक शुभकामना।

केशरमान बुढाथोकी
प्राचार्य
सभ्यता पाठशाला

23/08/2026

हार्दिक बधाई तथा शुभकामना!

FMUN 3.0 मा आर्थिक तथा वित्तीय समिति (ECOFIN) अन्तर्गत जापानको प्रतिनिधिका रूपमा सहभागी भई आफ्नो उत्कृष्ट व्यवहार, प्रस्तुति तथा प्रभावशाली भाषण/बहसमार्फत उत्कृष्ट प्रदर्शन गर्दै २५ जना सहभागी विद्यार्थीहरूमध्ये ECOFIN विषयमा “Special Mention” उपाधि प्राप्त गर्न सफल भएकोमा चाओसाङ रोकालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ उत्कृष्ट प्रस्तुति दिँदै हासिल गरेको यो उपलब्धि चाओसाङ रोका, उहाँका अभिभावक तथा विद्यालय परिवारकै लागि गौरवको विषय हो।

तपाईंको मेहनत, लगनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताले आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्ने प्रेरणा मिलोस्।

हार्दिक बधाई चाओसाङ रोका!
उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना। 🇳🇵

केशरमान बुढाथोकी
प्रिन्सिपल
सभ्यता पाठशाला

23/08/2026

हार्दिक बधाई तथा शुभकामना !

पोखरामा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रम FMUN 3.0 मा इन्डोनेसियाको प्रतिनिधिका रूपमा ECOFIN समितिमा उत्कृष्ट भाषण तथा बहस प्रस्तुत गर्दै सहभागी २५ विद्यार्थीमध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भएकोमा सभ्यता पाठशालाका विद्यार्थी दीपमान भण्डारीलाई हार्दिक बधाई तथा शुभकामना।

तपाईंको उत्कृष्ट प्रस्तुति, आत्मविश्वास र प्रतिभाले सभ्यता पाठशालासँगै सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित बनाएको छ। आगामी दिनमा अझै उत्कृष्ट सफलता हासिल गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सभ्यता पाठशाला र आफ्नो नाम उज्ज्वल बनाउँदै अघि बढ्नुहोस्।

हार्दिक बधाई दीपमान! उज्ज्वल भविष्यको शुभकामना।

केशरमान बुढाथोकी
प्रधानाध्यापक
सभ्यता पाठशाला

22/08/2026

Proud moment for the entire Sabhyata Pathshala Family ! 🇳🇵
We are delighted to represent Nepal on the international stage at Celesta 2026. Wishing our students the very best as they proudly showcase the spirit and talent of Nepal! ❤️🇳🇵Mahendra Budhathoki Lokendra Budhathoki Chetan Magar

Photos from Sabhyata Pathshala's post 22/08/2026

Attending 1st international event CELESTA.☺️🥰

Want your school to be the top-listed School/college in Ghorahi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Ghorahi
22400