Finance Clinic Nepal

Finance Clinic Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Finance Clinic Nepal, Ghorahi.

Banking Share Market | Economy Insurance |

Investment

हाम्रो उडेश्य वितीय साक्षरता फैलाउने, सही जानकारी दिने र तपाईको आर्थिक भविष्यलाई सुरक्षित बनाउन सहयोग गर्नु हो।

30/05/2026

सहुलियतपुर्ण कर्जा भनेको के हो ?

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्घन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिलामा उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण एवम् प्रवर्द्घन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि तथा भुकम्प पीडितहरुको निजी आवास निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जानै सहुलियतपुर्ण कर्जा हो ।

30/05/2026

बजेट २०८३/०८४ मा बीमा, धितोपत्र तथा सहकारी क्षेत्रको विशेषता

30/05/2026

बजेट २०८३/८४ का बैंकिङ क्षेत्रका प्रमुख विशेषताहरू

30/05/2026

बैंकिङ क्षेत्र बजेट

(क) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसूर तथा सजाय ऐनमा समयानुकूल संशोधन गरिनेछ।
(ख) विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरिएको छ।
(ग) बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दाबी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानुनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यक्रममा परिचालन गरिनेछ।
(घ) वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेपाल पेमेन्ट स्विचलाई प्रभावकारी बनाइनेछ। पेमेन्ट एग्रिगेटरको नियमनका लागि कानुनी र संस्थागत व्यवस्था गरिनेछ।
(ङ) सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्याङ्कन गराइनेछ। जेठी आन्दोलनमा शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा समावेश गराइनेछ।
(च) विद्युत् खपत बढाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोगका लागि वासिङ मेसिन, रेफ्रिजरेटर, भ्याकुम क्लिनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेजमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाइनेछ।

22/05/2026

विधुतीय माध्यमबाट स्वास्थ्य बीमा नवीकरण गर्ने प्रक्रिया !!!

22/05/2026

सूचना

Want your school to be the top-listed School/college in Ghorahi?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Ghorahi