06/10/2025
Rapti Topa International Education Centre
Language study and consultations for study and work in Japan
06/10/2025
11/09/2024
हाम्रा विद्यार्थी भाइबहिनी हरुको जापान गइसकेपछि को जीवन सहज बनाउने हाम्रो सानो प्रयास ।।
—————————————————
नयाँ देशमा आफ्नो नया जीबन सुरू गर्नु एक कठिन प्रक्रिया हो । अझ जापान जस्तो देश जहा English Language तेती प्रयोगमा नहुने कारणले गर्दा जापान ओर्ली सकेपछी अलमलमा पर्नु स्वाभाबिक हो।
तेसैले हामीले जापानमा तपाईंको नयाँ जीवन सुरूगर्न गर्नुपर्ने महत्वपूर्ण कामहरूको बरेमा उल्लेख गरेका छॅौ।
1. आफ्नो 在留カード (zairyucaado, Residence Card ) प्राप्त गर्नुहोस्।
रेसिडेन्स कार्ड जापानमा तपाईंको आधारभूत परिचय पत्र हो, यसले तपाईंलाई जापानको आधिकारिक बासिन्दाको रूपमा पहिचान गर्छ र यो तपाईंसँग सधैं हुनुपर्छ। यसमा तपाईको आधारभूत जानकारी हरु समावेश गर्दछ जस्तै तपाईंको नाम, जन्ममिति, VISAको अबस्था/म्याद, र अन्य।
यदि तपाईं जापानका प्रमुख एयरपोर्टहरू (हानेदा, नारिता, चुबु र कान्साइ) मा आइपुग्नु भयो भने, इमिग्रेसनबाट तपाईंको जाईर्यू कार्ड तुरुन्तै पाउनूहून्छ। यदि तपाईं यी बाहेकका एयरपोर्टमा जादैहुनुहुन्छ भने, तपाईंले आफ्नो ठेगानामा तपाईं आईपुगेकों लगभग 10 दिन पछि कार्ड प्राप्त गर्नुहुनेछ।
2. हाङ्को (आफ्नो नामको स्ट्यांप ) बनाउनु होस
जापानमा आफ्नो साइन (Signature ) काे सट्टा नामको स्ट्यांप को प्रयोग हुन्छ, बैंक खाता खोल्न या अन्य कुनै आधिकारिक काम काे लागि नजिकै काे हांको शप (はんこ屋) मा गई आफ्नो काताकाना नाम काे स्ट्यांप बनाउनुहोस।
3. आफ्नो ठेगाना, नगर वा वडा कार्यालयमा दर्ता गर्नुहोस्।
जापान पुगेपछि, आफ्नो ठेगाना दर्ता 14 भित्र गरीसक्नु पर्छ। आफु बस्ने ठाउँ अनुसार तेहाको निर्भर गर्दै, नगर वा वार्ड अफिसमा दर्ता गर्नु पर्छ। आफ्नो जाईर्यू कार्ड र पासपोर्ट को साथमा आवश्यक फारमहरू भर्नुपर्छ। जापानीज भासा आऊदैन भने, धेरै जसो अफ़िसहरूमा नमूना फारमहरू अंग्रेजी र अन्य भाषाहरूमा उपलब्ध हुन्छ, र कर्मचारीहरू सामान्यतया तपाईंलाई आबस्यक मद्दत गर्छन।
4. सार्वजनिक स्वास्थ्य बीमामा नामांकन गर्नुहोस्।
जापानको कानुनमा जापानमा बस्ने सबै सार्वजनिक स्वास्थ्य बीमाको दायरामा हुनुपर्छ भनिएको छ।आफ्नो ठेगाना संगै स्वास्थ बीमा पनी 国民健康保険 (Kokumin Kenkōhoken, वा National Health Insurance) मा दर्ता गर्नुपर्छ। जसले गर्दा धेरै जसो अवस्थामा, तपाईको स्वास्थ्य लागतको 70% स्वास्थ्य बीमा द्वारा कभर गरिनेछ। बीमा गरिएका बिरामीहरूले उपचारको कुल लागतको ३०% मात्र तिर्नुपर्छ। धेरैजसो जापानी क्लिनिक र अस्पतालहरूमा सार्वजनिक बीमाको सुबिधा उपलब्ध हुन्छ। जसको बापत स्वास्थ्य बीमा शुल्कहरू तपाईंको ठेगानामा बिल आऊछ र नजिकको कनभिनियंस स्टोरमा सजिलै पेमेंट गर्न सकिन्छ।
5. बैंक खाता खोल्नुहोस्।
जापानमा बैंक खाता खोल्न कुनै गाह्रो छैन, यदि तपाईंसँग जापानी भाषाको बलियो कमान्ड छैन भने पनी विदेशी-मैत्री विकल्पहरू जापान पोष्ट बैंक र शिनसेई बैंक हुन्। एकातिर, JP बैंकले खाता खोल्नको लागि तपाईंलाई टेलिफोन नम्बर सोध्दैन, तर अर्कोतर्फ, Shinsei Bank ले अंग्रेजीमा सपोर्ट गर्दछ।
6. फ़ोननंबर लिनुहोस ।
जापानमा काम खोज्नका लागी अथवा अन्य धेरै कुराहरुको लागी फोन नम्बर को आवश्यकता पर्छ, त्यसैले आफ्नो फोन नम्बर लिनकालागि नजिकै को मोबाइल क्यारियर स्टोर मा गई आबस्यक प्रक्रिया पुरागरी नम्बर लिन सकिन्छ।
AU, Softbank, Docomo, Rakuten, UQ, Ymobile मुख्य क्यारियर हरु हुन। जसमध्ये Rakuten सबै भन्दा सस्तो सेवा प्रदायक हो।
सिम लिनकालागि Zairyu Card, passport, bank cash card, Hanko आबस्यक पर्छ।
कतिपय अवस्थामा नेपाल बाट ल्याइएको ह्यान्डसेट ले जापानको सिम सपोर्ट नगर्ने हुन्छ। आवश्यकता अनुसार मासिक किस्ताबन्दी मा आफूलाई मनपर्ने फोन लिन सकिन्छ।
———————————————————————————
आगामी दिन हरुमा जापानमा काम कसरी आफैले खोज्न सकिन्छ लगायत का जापानी जीवनशैली सँग सम्बन्धित अन्य कुरा हरुको बारेमा यस पेज मा जानकारी हरु अपडेट गर्दै जानेछौ।
धन्यवाद !!
11/09/2024
Have a safe journey to our respective staff Sarita . Many many best wishes for your success and journey ❤️God bless you
15/12/2023
https://youtu.be/E3SP_V1wXKw?si=2HfqgC6WwAolFBjn
One day trip near Tokyo |Jogashima Island |Mirua Peninsula 城ヶ島公園 One day trip near Tokyo ||Jogashima Island ||Mirua Peninsula 城ヶ島公園One day travel near tokyo JapanJogashima Island 城ヶ島公園. This beautiful island is loacated in...
10/09/2023
How a modern city of Japan look like
This video is about a city of Japan( Train station, shopping mall, restaurants) near to Tokyo.
Watch and enjoy
Exploring Saitama Shintoshin ー さいたま新都心 #explorential #japan #travel #explore #saitama Saitama Shintoshin is a major urban development area located in Saitama City, Saitama Prefecture, Japan. N. Here are some key points:1. **Transportation Hub*...
10/09/2023
Best wishes to our dear students for their success in JLCT exam.
Limited seats are available in new classes. Hurry Up!
13/03/2023
Congratulations to our staff Shajana Miss💗Best wishes for your new journey of life. Happy married life ❤️
18/02/2023
Admission Open for renowned School in Tokyo For October intake.
School's speciality
* Located at heart of Tokyo
* Very affordable school fee
* School hostel available
* Above 90% VISA success rate
* Part time job find support by school
* 100% admission success rate in Japanese University or Vocational
school after Language school
* Full support from school to find University or Vocational school
(School recommendation system available)
Limited seats available Hurry Up
Morning classes are running
25/01/2023
July and October intake classes are going on. Hurry up grab your seats.
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Deepshika Road
Ghorahi
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |