श्री नेमधारी वासुदेव मा.वि. मुडवलवा, रौतहट

  • Home
  • Nepal
  • Gaur
  • श्री नेमधारी वासुदेव मा.वि. मुडवलवा, रौतहट

श्री नेमधारी वासुदेव मा.वि. मुडवलवा, रौतहट 9840052240

29/09/2025
  31 मिति २०८२ भाद्र ५ गतेदेखि १४ गतेसम्म यस विद्यालयमा सञ्चालित  प्रथम त्रैमासिक परीक्षा, २०८२ को कक्षा ४ देखि १० सम्मक...
16/09/2025

31 मिति २०८२ भाद्र ५ गतेदेखि १४ गतेसम्म यस विद्यालयमा सञ्चालित प्रथम त्रैमासिक परीक्षा, २०८२ को कक्षा ४ देखि १० सम्मको परीक्षाफल प्रकाशन गरिएको छ !
नतिजा सम्पूर्ण छात्रछात्राहरू मार्फत आज पठाइएको छ।

10/09/2025
  15 नेपाल  #शिक्षक  #महासंघ रौतहटका अध्यक्ष श्री रामकृपाल प्रसाद यादवज्यूको अध्यक्षतामा शिक्षा विकास समन्वय इकाई  रौतहट...
31/08/2025

15 नेपाल #शिक्षक #महासंघ रौतहटका अध्यक्ष श्री रामकृपाल प्रसाद यादवज्यूको अध्यक्षतामा शिक्षा विकास समन्वय इकाई रौतहट गौरमा धर्ना कार्यक्रम, २०८२ सम्पन्न गरि शि. वि. तथा स. इ. रौतहट गौरका #प्रमुख श्री उपेन्द्र सिंहज्यूलाई ध्यानकर्षण #पत्र बुझाइयो।

विषयः– ध्यानाकर्षण पत्र ।
नेपाल शिक्षक महासङ्घले २०७५ साल, २०७८ साल र २०८० सालमा ठूलाठूला आन्दोलन गरी तिनै आन्दोलनका बलमा नेपाल सरकारसँग क्रमशः ३० बुँदा, ५१ बुँदा र ६ बुँदामा सहमती गरेको थियो । विगतमा भएका ती सबै सहमती समावेश गरी विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री ऐन जारी गरिनुपर्छ भन्ने मागमा २०८१–०८२ को आन्दोलन भएको हो । लगभग तिन महिना ( ८९ दिन) सम्म चलेको त्यस आन्दोलनको उत्कर्षमा २०८१ चैत्र २० गतेबाट २९ दिनसम्म काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन सञ्चालन भयो । त्यही गर्विलो आन्दोलनको बलमा २०८२ बैशाख १७ गते नेपाल सरकार र महासङ्घ बीच सहमती भयो । त्यो सहमती अन्तर्गत २०८२ वैशाख १७ गते नेपाल सरकार मन्त्रीपरिषले ९ बुँदे निर्णय गरेको थियो भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति एवम् सत्तारुढ प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा एमालेका संसदीय दलका माननीय प्रमुख सचेतकहरुले संयुक्तरुपमा विगतका समहतीलाई मध्ययनजर गरी २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गराउने लिखित प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको थियो । त्यही आधारमा सोही दिन ने शि महासङ्घले चालु आन्दोलन स्थगन गरेको थियो ।
यसरी सहमती भए पनि एकातर्फ त्यसबेला भएको मन्त्रीपरिषदको ९ बुँदे निर्णयहरु अझै कार्यान्वयनमा आइ सकेका छैनन् भने अर्कोतर्फ तोकिएको मितिमा प्रतिनिधि सभाबाट विद्यालय शिक्षा विधेयक पारित हुन पनि सकेन । हस्ताक्षरित समय तालिका गुजारेर भरखरै समितिले आफ्नो प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेको छ । समितिको प्रतिवेदन आम शिक्षक-कर्मचारीको भावना र हिजो भएका मुख्य सहमतीप्रति ध्यान नराखी तयार गरिएको प्रतीत हुन्छ । त्यति मात्र होइन, विद्यालय शिक्षा विधेयक माथि समितिमा छलफल चलिरहँदा विगतका गौरव योग्य शिक्षक-कर्मचारी आन्दोलन र त्यही बलमा भएका सहमतीप्रति पटक पटक अपमान र अवहेलनाका अभिव्यक्ति समेत प्रकट हुन गए । भोलिको उन्नत र गुणस्तरीय विद्यालय शिक्षाका आवश्यकता र चुनौती एवम् आम शिक्षक-कर्मचारीको अपेक्षाप्रति समितिमा गाम्भीर्य प्रदर्शन हुन सकेन । प्रतिवेदन शिक्षक-कर्मचारीको संविधान प्रदत्त ट्रेड युनियन अधिकारप्रति समेत असहिष्णु देखियो ।
प्रतिनिधि सभामा संशोधन सहित दर्ता भएको विधेयकमा सहमतीका कुनै कुरा आएनन् भन्ने हाम्रो भनाइ होइन । सहमतीमा रहेका केही विषयहरु सम्बोधन भएकाछन् तर शिक्षक-कर्मचारीका मुख्य सरोकारका केही मुद्दा र विगतका सहमतीमा रहेका थुप्रै पक्षहरु अझै सम्बोधन हुन सकेका छैनन् ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायीत्वका लागि तोकिएको आन्तरिक परीक्षाको प्रतिशत सहमती ( ७५% आन्तरिक) अनुसार नहुनु, गोल्डेन हेन्डसेक अन्तर्गत दिइने रकम कति भनी किटान नहुनु, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध नहुनु, निवृत्तीभरण प्रयोजनका लागि सम्पूर्ण अस्थायी अवधिको गणना नहुनु, म्याद सकिएका अध्यापन अनुमती पत्रको म्याद थप्ने कुरा नसमेटिनु, शिक्षकको विभागीय कार्वाहीको व्यवस्था सहमती अनुसार नगरिनु, विद्यालय कर्मचारीको पद र बेतन सुनिश्चित नहुनु, बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नहुनु, संस्थागत विद्यालयका शिक्षकको सेवा, सुविधा र पेसागत सुरक्षाको उचित प्रबन्ध नगरिनु, सहमती विपरित अन्यायपूर्ण र अव्यवहारिक सरुवाको व्यवस्था ल्याइनु, शिक्षक दरबन्दी मिलान र व्यवस्थापनमा सहमती वमोजिम प्रबन्ध नगरिनु, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी / करार शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धाको व्यवस्था नगरिनु, सिकाइ अनुदान शिक्षकको कोटा स्वीकृत दरबन्दीमा रुपान्तरण नहुनु, प्रधानाध्यापकको ट्रेड युनियन अधिकारमा हमला गरिनु, नेपाल शिक्षक महासङ्घको सहज सञ्चालनलाई बाधित गरिनु, सोझै प्राथमिक द्वितीय र निम्नमाध्यमिक द्वितीय नियुक्त भएका शिक्षकको पद क्रमशः निम्न माध्यमिक र माध्यमिक तहमा समायोजनको व्यवस्था नहुनु, पुनर्बहाली भएका द्वन्द पीडित शिक्षकले सेवाबाट बाहिरिन चाहेमा बिचको अवधि गणना गरी उपदान वा निवृत्तीभरण दिनसक्ने व्यवस्था नहुनु, शिक्षण सेवामा प्रवेश गर्ने पाउने उमेर सहमती अनुसार ( ४० वर्ष ) प्रस्तावित नहुनु, शिक्षण काउन्सिलको व्यवस्था नहुनु, राष्ट्रिय परीक्षा बोर्डमा महासङ्घको प्रतिनिधित्व नहुनु लगायत अन्य थुप्रै महत्वपूर्ण विषयहरु सम्बोधन नभएका देखिन्छन् । यसबाट आम शिक्षक-कर्मचारी अत्यन्त आकोशित भएका छन् । त्यसैले सम्बोधन हुन छुटेका सबै विषयहरु सहमती अनुसार सम्बोधन गर्न हामी जोडदार माग गर्दछौं ।
अन्त्यमा, अझै पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट संशोधन गरी यस विधेयकलाई सहमती अनुसार विद्यालय, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री बनाउन सकिने अवस्था छ । यसका लागि हामी सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं ।
स्मरण रहोस्- आन्दोलनका कार्यक्रम सार्वजनिक भइसकेका छन् । अहिले हामी प्रारम्भिक चरणको प्रचारात्मक आन्दोलनमा छौं । अब सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट यी समस्या समाधान गर्न आवश्यक पहल गर्नुपर्छ । अन्यथा नेपाल शिक्षक महासङ्घ दोस्रो चरण अन्तर्गत अत्यन्त कड़ा कार्यक्रम लिएर आन्दोलनमा होमिने कुरा प्रष्ट पार्न चाहन्छौं । यो आन्दोलनको आँधीबेहरीबाट सिर्जना हुनसक्ने परिस्थितिप्रति सरकार नै जिम्मेवार हुने कुरा समेत जानकारी गराउँछौं ।
श्री रामकृपाल प्रसाद यादव
अध्यक्ष
नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति रौतहट

शिक्षक आन्दोलन, २०८२
30/08/2025

शिक्षक आन्दोलन, २०८२

  05 प्रथम त्रैमासिक परीक्षा, २०८२दोस्रो बैठक कक्षा ४ देखि ८ समय २:०० देखि ४:००
21/08/2025

05 प्रथम त्रैमासिक परीक्षा, २०८२
दोस्रो बैठक कक्षा ४ देखि ८
समय २:०० देखि ४:००

Address

Gaur

Telephone

+9779840052240

Website

Alerts

Be the first to know and let us send you an email when श्री नेमधारी वासुदेव मा.वि. मुडवलवा, रौतहट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्री नेमधारी वासुदेव मा.वि. मुडवलवा, रौतहट:

Shortcuts

Share

Category