Râvî yadav

Râvî yadav Agriculture student

Permanently closed.
🎂🌹 #जन्मदिनकाे_लाखौं_लाख_शुभकामना_🌹🎂🎂रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष, रौतहट जिल्ला अध्यक्ष, मधेश प्रदेश ...
28/08/2021

🎂🌹 #जन्मदिनकाे_लाखौं_लाख_शुभकामना_🌹🎂🎂

रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष, रौतहट जिल्ला अध्यक्ष, मधेश प्रदेश अनलाइनका अध्यक्ष, हिन्दु परिषद नेपाल रौतहट प्रवक्ता, भिजिट मधेश नेपाल रौतहट संयोजक, समाजसेवी, गरिबहरूको लागि सधैं एक कदम अगाडि उभिने तथा प्रदेश नं २ कै युवा चर्चित पत्रकार आत्मिय, अतिनै मीलनसार, लगनशील, ईमानदार र निडर छबि भएका मेरो प्रिय मित्र #अभिमनु #कुमार #पटेल ज्युको अाज परेको जन्मदिनको शुभ उपलक्ष्यमा सु-स्वास्थ, सुख, समृद्धि, दिर्घायुकाे लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हजुरले चल्नु भएको हरेक कदम सफल होस्, सफलताले शिखर चुमोस, जीवनमा सधै भरी सुख, शान्ति र खुशी छाइरहोस् भने प्रिय मित्र तपाईंको लागि मेरो तर्फबाट यहीँ छ शुभकामना ।
🌹भगवान श्री पशुपतिनाथले सधैं हजुरको रक्षा गरुन् 🌹

Happy Birthday To My Fantastic Friend. I hope this is the beginning of the best year ever!Have a great day!🍰🍰🎂🎂❇❇❇
22/08/2021

Happy Birthday To My Fantastic Friend. I hope this is the beginning of the best year ever!Have a great day!🍰🍰🎂🎂❇❇❇

मित्र राष्ट्र भारतकि ७५ औं स्वतन्त्रता दिवसकि हार्दिक शुभकामनाHappy independence day all of you in advance 🎉🎉
15/08/2021

मित्र राष्ट्र भारतकि ७५ औं स्वतन्त्रता दिवसकि हार्दिक शुभकामना
Happy independence day all of you in advance 🎉🎉

व्यावसायिक परवल खेती किन र कसरी गर्ने आउनुहोस जानौ,परवल काँक्रो समूहमा पर्ने बहुवर्षिय लहरे बाली हो । यसको बानस्पितक नाम...
15/08/2021

व्यावसायिक परवल खेती किन र कसरी गर्ने आउनुहोस जानौ,परवल काँक्रो समूहमा पर्ने बहुवर्षिय लहरे बाली हो । यसको बानस्पितक नाम Trichosanthes dioca Roxb हो । यसमा प्रोटीन, भिटामीन ए र सी, क्याल्सीयम, फास्फोरस र फलामको मात्रा अत्यधिक हुन्छ । यसको उत्पत्ति बंगाल र असाममा भएकेा मानिन्छ । परवल मुटु र दिमागका रोगीहरुको लागी धेरै उपयोगी हो । यो सजिलैसंग पच्ने अरु तरकारीको तुलनामा पौष्टीक र स्वादिलो भएकोले तरकारीको राजा पनि भनिन्छ । यो एक पटक लगाएपछि ४/५ वर्ष सम्म फल दिन्छ । यो मुख्यत: वगर तथा बलौटे दोमट माटोमा खेती गरिन्छ । आजकल परबल करेसाबारीमा ८, १० बोट झाँगमा लगाउने चलन बढेको छ यसबाट जुनकुनै बेला आफूलाई चाहेको बेला टिपेर तरकारीमा खाने गरेको पाईन्छ ।

-वानस्पतिक विवरण
यसको भाले र पोथी फूल भएका छुट्टाछुट्टै अलग अलग बोटहरु हुन्छन् । यसको एउटा मुख्य जरा र अन्य जराहरु पनि हुन्छन् । लहरा पेन्सिल आकार भएका हुन्छन् । पातहरु गाढा हरियो र पानको जस्तै आकार भएका हुन्छन् । फूलहरु साना लाम्चो गोला र सेता रंगका हुन्छन् । जम्मा फूलहरुको ४०–७० प्रतिशतमा मात्र फल लाग्ने गर्दछ । परवलको पोथी बोटमा फूल लाग्दा बतिलासंगैका फूल लाग्छन् भने भालेबोटमा फुल्ने फूल सोली जस्तै बतिला विहिन हुन्छन । राम्रो बाली उत्पादनका लागी एक प्लटमा १०–१५% भाले बोट आवश्यक हुन्छ । यसको फूल रातको विहानी पख अथवा उज्यालो हुने समयमा फूल्छ र ६–१२ बजे सम्ममा पराग सेचन सम्पन्न हुन्छ ।

-परवलको महत्व
खादतत्व (ग्रा.) भिटामीन (मि.ग्रा.) खनिज तत्व (मि.ग्रा.)
पानी ९२.२ सी २९ पोटासियम ८३
कार्बोहाडेट २.२ ए २५५ सल्फर १७
प्रोटीन २ बी १ १.०५ म्यागनेसियम ९
चिल्लो पदार्थ ०.३ बी २ ०.०६ सोडियम २.६
रेसा ३.३ बी ६ ०.५ तामा १.१
फसफोरस ४०
फलाम १.७

मानिसको लागि परवल पोषण, औषधीय एवं आर्थिक दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण मानिन्छ । परबलमा प्रोटीन र रेसाका अलावा खनिजतत्व एवं भिटामीन प्रचुर मात्रामा पाईन्छ । एक सय पचास ग्राम खान योग्य परबलमा देहायका मात्रामा खाद्यतत्वहरु पाईन्छ ।

परबल एउटा महत्वपूर्ण स्वास्थ्यबर्द्धक, पितनासक, सुपाच्य र मस्तिष्क एवं हृदयबर्धक तरकारीको रुपमा चिनिन्छ । परबलले कोलेस्टोरेल र रगतमा चिनी (सुगर) घटाउने काम गर्दछ । यो मुटु र मस्तिष्कको बिरामीलाई उपयोगी हुन्छ । परबललाई तरकारी, पकौडा, अचार, सुप बनाएर, परबलमा मसला र मासु समेत भरेर विभिन्न परिकारहरु बनाई खाने गरेको पाईन्छ । यसका अलावा राम्रो आय आर्जन गर्न परबल खेती कृषकहरुका लागि अति महत्वपूर्ण व्यवसाय बन्न पुगेका छन ।

-हावापानी र माटो
यसको खेती गर्मी न्यानो र आद्र हावापानीमा राम्रोसंग गरिन्छ । तुषारो कम पर्ने वर्षा १०० देखि ११० से.मी. हुने क्षेत्र यसको खेतीको लागि उपयूक्त मानिन्छ । अतः नेपालको तराई तथा भित्रि मधेशमा यसको खेती गर्ने गरिन्छ । यसको लागी प्रसस्त वर्षा हुने र गर्मी तथा ओसिलो हावापानी पाइने ठाउँ राम्रो मानिन्छ । यसको बोट शरद र बसन्त ऋतुमा सुसुप्त अवस्थामा रहे पनि तापक्रम बढन थाले पछि पलाउन थाल्छ । चिम्टयाइलो बाहेक पानी नजम्ने तथा निकास भएको सकभर अग्लो ठाउं, बुरबुराउदो बलौटे र दोमट तर प्रसस्त मात्रामा प्रांगरिक पदार्थ भएको परबल खेतीको लागी उपयुक्त मानिन्छ । नदीले कटान गरी छाडेका भूभाग, नदी तटको माथिल्लो भाग तथा बालुवाले पुरेका बगर भागमा तराईमा प्रशस्तै खेती गरेका पाईन्छ ।

परवलको लहरा र फलहरु

-परबलका जातहरु
नेपालमा परवलको अनुसंधान खासै नभइसकेकोले नेपालमा परवलका जातहरु सिफारिस भएका छैन । तर भारतका प्रचलित जातहरुमा फैदावाद परवल १ (गोलो धारीदार), फैजावाद परवल ३(लामो धारीदार), फैजावाद परवल ४ (लामो हरियो), स्वर्ण रेखा (लामो बेल्नाकार सेतो हरियो धारी), काजला, क्रान्ति र फैजावाद परवल ५ रहेका छन् ।

-जमीनको तयारी र खाडल खन्ने
परवल लगाउनु पहिले सकभर चैत्र बैसाखमा जग्गालाई ३, ४ पटक गहिरो खनजोत गरी पाटा लगाएर समतल बनाउनु पर्दछ । माटेामा भएको घाँस झारहरु राम्रोसंग हटाउनु पर्दछ । त्यस पछि तोकिएको दुरीमा पर्ने गरी माटोको चिस्यानको आधारमा १, २ फीट गरिाइ र १ फीट गोलाइ भएका खाडलहरु तयार पार्नु पर्दछ ।

-परबलको प्रसारण तथा बृद्धि
परवलको प्रसारण लहरा (वानस्पतिक तरीका) मार्फत गरिन्छ । लहरा छान्नका लिाग आफूले चाहेको जातको रोग कीराबाट मूक्त भएका ताजा र बढी उत्पादन दिने परबल बालीबाट ३, ४ मीटर लामो लहरा (प्रत्येक लहरामा कम्तीमा ८, १० गाँठो पर्ने गरी ) ल्याई १ फीट देखि २ फीट लम्बाई भएको ४, ५ फन्को घुमेको मुठो बनाउनु पर्दछ । यसरी मुठो पार्दा लहराको बनौट अंग्रेजी अंकको आठ ( 8) वा नेपाली अंकको चार (४) जस्तो बनाउनु पर्दछ । लहराको मुठो बनाउँदा पातहरु हटाएको हुनु पर्दछ ।

-लगाउने दूरी तथा तरीका
पंक्ती देखी पंक्ती २ मी. तथा बोट देखी बोट १ मी. खाल्टो वा कुलेसोमा लहराहरु रोप्नु पर्छ ।

(क) खाल्टो खनेर : परवल लगाउनु पहिले राम्ररी खनजोत गरी माटोको चिस्यानको आधारमा माथि उल्लेखित दूरीमा १, २ फीट गरिाइ र १ फीट गोलाइ भएका खाडलहरु तयार पार्नु पर्दछ । प्रत्येक खाडलमा ५ कि.ग्रा.का दरले पाकेको मल र रसायनिक मल प्रति खाडल ५/५ ग्रा. नाइट्रोजन, फास्फोरस र पोटास राम्ररी लहरा रोपनु भन्दा १०दिन अगाडी मिसाउनु पर्दछ ।

(ख) नाला अथवा कुलेसो खनेर : गोलाकार बनाएका लहराहरुको दुबै टुप्पोहरु माटोको सम्पर्कमा ल्याई दुई तिहाई भाग माटो भित्र पर्ने गरी गाडिन्छ । यसरी रोपिएका लहरामा केही दिन पछि जरा तथा जमिन माथी रहेका भागबाट नयाँ टुसाहरु पलाउन थाल्छन् । उपयुक्त वातावरण मिल्ना साथ बढन थाल्छ । बगरमा परबल खेती गर्दा प्रायः यसै प्रकारले गरिन्छ ।

(ग) टाँड वा मचान बनएरः परवललाई घर नजिक टाँड बनाएर वा मचान बनाएर पनि उत्पादन गरिन्छ । यसले उत्पादन बढी दिनुका साथै झाँग भित्र छहारी रुचाउने बाली लगाएर ठाउँको सदुपयोग गर्न सकिन्छ । यसको लागि १ मी. देखि १.५मी. चौडाई भएको १.५ मी. उचाईको टाँड बनाउनु पर्दछ र १.५ मी.को दुरीमा चौडाइ पटिबाट लहरा खाल्टो विधिबाट रोपी लहरा मचानमाथि हुर्काउनु पर्दछ ।

-लगाउने समय
यसको विउ माघ देखि बैशाख सम्म रोपेर विरुवा उर्मान सकिन्छ । लहरा काटेर कलमि सार्ने हो भने भदौं देखि कार्तिक सम्ममा सारि सक्नु पर्छ । पुरानो राम्रो फल लाग्ने स्वच्छ विरुवाबाट कलमि गरेर यसको खेती गरिन्छ ।

-विउ दर
६०० ग्रा. विउ प्रति कठ्ठा र १५०–२०० लहरा प्रति कठ्ठा चाहिन्छ । कलमि लहराको लम्बाई ५० से.मी. हुनुपर्छ र गोलो आकारमा बनाउनु पर्छ ।

-लहरा लगाउने तरीका
माथि उल्लेखित(परबलको प्रसारण तथा बृद्धि) तरीकाबाट तयार गरिएको मुठाको माथिल्लो १ इन्च जमीन माथि छाडी बाँकी भाग पूर्व तयार खाल्टो वा कुलेसोमा माटो मुनि पर्ने गरी परबलको लहरा रोपनु पर्दछ । यसरी लगाउनाले प्रतिकठा १६५ देखि १७५ मुट्ठाहरुको आवश्यकता पर्दछ । लहरा लामो छ र चिस्यान ठीक मात्रामा भए लहराको बीच भाग मात्र पुरी दुबै तिर टुप्पो देखाएर पनि लहरा रोप्न सकिन्छ ।परबलको लहरा रोपेका १ देखि १.५ हप्तामा नयाँ पालुवा आउन थाल्छ । यो समयमा कुनै फूल फल लागेमा टिपी फाल्नु पर्दछ । चिसोले पुस माघमा आशिंकरुपमा वा पूर्ण रुपमा पातहरु सुक्दछ र फाल्गुनमा तिनीहरु पुनः नयाँ पालुवा आई त्यसबाट फुल र फल लाग्न थाल्दछ ।

-भाले पोथी बोटको अनुपात
परबलको भाले र पोथी फूल छुटाछुटै बोटमा फुल्ने गर्दछ । परबल बालीको उत्पादन प्लटमा भाले र पोथी बोटको अनुपात मिलाउनु पर्दछ । यसको लागि जम्मा बोट मध्ये १० प्रतिशत (सयकडा १०) भाले बोट आवश्यकता पर्दछ । खेतमा प्रत्येक ९ बोट पोथी पछि १ भाले बोट लगाउनु पर्दछ । तर ठुलो खेत भएमा ५ देखि १० प्रतिशत भालेमात्र लगाउँदा हुन्छ ।

-भाले र पोथी बोट छुटयाउने तरीका

भाले बोटः भाले बोटको एक गाँठ देखि अर्को गांठको दुरी लामो हुने पातहरु अलि चिप्लो हुने गर्दछ ।

पोथी बोटः पोथी बोटको एक गाँठ देखि अर्को गांठको दुरी नजिक हुने तथा पातहरु अलि खस्रो हुने गर्दछ ।

-मलखाद
परवलको लहरा एक पटक लगाए पछि ४, ५ वर्षसम्म उत्पादन दिने भएकोले वार्षिकरुपमा निम्न बमोजिम प्रति कठा मलको व्यवस्था गर्नु पर्दछ ।

-मल मलको मात्रा
प्रति कठा (किलो) प्रति खाडल वा बोट
कम्पोष्ट ८०० - १००० ५
यूरीया ५ ३०
डि.ए.पी. ४ २५
पोटास २ १३ – १५
जिंक फोस्फेट १ ६–८
पहिलो वर्ष खेत तयारीसंगै सम्पूर्ण कम्पोष्ट, डी.ए.पी. र पोटास तथा एक चौथाई यूरीया माटोमा प्रयोग गर्नु पर्दछ वा खाडलमा हाल्नु पर्दछ । बाँकी एक चौथाई यूरीया मंसीरको अन्तिम साता र बाँकी आधा भाग यूरीया माघ फाल्गुन तिर दिनु पर्दछ ।

दोश्रो वर्षदेखि पुरै गोबर मल, डी.ए.पी., पोटास तथा आधा यूरीया मंसीरमा र बाँकी आधा भाग ३ महिना पछि माघ फागुनमा दिनु पर्दछ । मल दिन विरुवाको वरिपरि गोलो बनाएर जराबाट ४५ से.मी. टाँढा दिनु पर्दछ ।

-सिंचाइ र गोडमेल
यसलाई एक वर्षमा ३/४ पटक गोडमेल गर्नु पर्छ । सिचाईको व्यवस्था भएमा १०/१५ दिनको फरकमा पानी दिनु पर्छ । गर्मी महिनामा ८, १० दिनमा पानी दिनु पर्दछ । पानी बढी भएको अवस्थामा निकासको उचित व्यवस्था गर्नु पर्छ ।

-काटछाट
यसलाई काटछाट नगरे सानो र कम फल फल्ने हुन्छ । त्यसैले पहिलो वर्ष काटछाटको आवश्यकता पर्दैन तर फलेको पहिलो वर्ष मंसीरको दास्रो हप्ता देखी काटछाट गर्नु पर्छ । भुई देखि ३०/४० से.मी. सम्मको प्रमुख लहरालाई छोडेर बाकी लहरालाई काटनु पर्छ । त्यसैमा फाल्गुण देखी परवल फल्न शुरु गर्छ ।

-टेका र छापो
परबललाई टेका दिनु राम्रो मानिन्छ । टेका अनुसार लहरालाई तालीम दिनु पर्दछ । अनुसंधानले भूइंमा छोडिएको लहरा भन्दा टेका दिई लगाइएको परबलमा बढी उत्पादन हुने प्रमाणित गरेको छ । तर भूइंमा पनि सफलताका साथ उत्पादन गर्न सकिन्छ । टेको व्यवस्था नभए जमीनमा नै खर, पराल, मकै गहुको ढोड, उखुको पात, आदिको छापो दिनु पर्दछ । छापोले चिस्यान बचाउने, फल एवं डाँठ कुहिने समस्याबाट बचाउने र प्रागांरिक पदार्थ पनि थपि दिने काम गर्दछ ।

-बाली संरक्षण
परवलमा उचित व्यवस्थापनको कमिले रोग र कीरा दुबैले क्षति पुर्याउँछ । परबलमा खास गरी फल कुहाउने औंसा , डाँडमा गाँठो पार्ने कीरा र सेतो झिंगाले क्षति पुर्याउने भएकोले साइपरमेथ्रिन वा डेल्टामेथ्रिन वा इन्डोसल्फान २, ३ मि.ली. प्रति लीटर पानीको दरले स्प्रे १०, १५ दिनको फरकमा गर्नु पर्दछ । यसमा लाग्ने मुख्यतः फलकुहिने, डढुवा र धुले रोगको लागि क्रिनोक्सील १ ग्रा.वा ब्लाइटोक्स ५० वा बविस्टीन २ ग्राम प्रति लीटर पानीको दरले तथा खपटे किराको प्रकोप दखिएमा रोगर २ मि.लि.प्रति लीटर पानीको दरले राम्ररी भिज्ने गरी स्प्रे गर्नु पर्छ ।

-फल टिप्ने
परबलको फल साधारणतया फाल्गुण देखी कार्तिक सम्म उत्पादन दिन्छ । फल कलिलो अवस्थामा नै टिपि उपभोग वा विक्री गर्नु पर्दछ । उत्पादन रपलको अवस्था हेरी ४/५ दिनको फरकमा फल टिप्नु पर्ने हुन्छ । दास्रो र तेस्रो वर्षमा उत्पादन बढी उत्पादन हुन्छ ।

-उत्पादन
परवल पहिलो वर्ष ४, ६ क्वीन्टल तथा दोश्रो वर्ष देखि ६, ८ क्वीन्टल प्रति कठा उत्पादन दिन्छ । यसबाट प्रति कठ्ठा ८–१० हजार सम्म आम्दानी हुन्छ । पहिलो वर्ष कम तथा दोश्रो वर्ष देखि चौथो वर्षसम्म राम्रो उत्पादन दिन्छ, त्यसपछि घट्दै जान्छ । त्यसैले पहिलो पटक लगाएको बाली ४ वा बढीमा ५ वर्ष लगाउनु पर्दछ ।

-खुटी तथा अन्तरबाली
परबल एक बर्ष उत्पादन लिए पछि अर्को कार्तिक मंसीर तिर लहरा सुक्न थाल्दछ । त्यसबेला सबै लहराको भूईं देखि १०, १५ से.मी. छोडी अरु भाग हटाई दिनु पर्दछ । आवश्यकता अनुसार मल खाद दिनु पर्दछ । माघ फागुनमा पालुवा आए पछि आवश्यकता अनुसार सिंचाइ मल दिनु पर्दछ । चैत्रको मध्य तिर फल प्राप्त हुन्छ । यसप्रकार १ पटक लगाए पछि ४, ५ वर्ष उत्पादन लिन सकिन्छ ।

लहरे बालिमा उत्पादन वृद्धि गर्न 3G Cutting  बिधीबारे जानौ========अहिले हाम्रो बारीमा लहरे तरकारी लौका, फर्सी, करेला,  चि...
27/07/2021

लहरे बालिमा उत्पादन वृद्धि गर्न 3G Cutting बिधीबारे जानौ
========
अहिले हाम्रो बारीमा लहरे तरकारी लौका, फर्सी, करेला, चिचिन्डो, घिरौला, काक्रो , टमाटर, आदि बाली रहेका छन् । फल नलाग्ने, फल ठुलो नभई झर्ने र कुहिने अहिलेका मुख्य समस्याहरू हुन् । ३ जि कटिङ्गको माध्यमबाट यी समस्याबाट छुटकारा पाएर उत्पादन बढाउन सकिन्छ ।

-३ जि कटिङ के हो त ?
3G को अर्थ तेस्रो पुस्ता (Third generation) भन्ने हुन्छ । 3G Cutting को माध्यमले तेस्रो हाँगालाई बढी बिकास गरीन्छ ।

-हाँगा र पुस्ताः
क. माटाे माथी आउने मुख्य हाँगाः पहिलो पुस्ता (first generation ) हाँगा
ख. पहिलो पुस्ता हाँगाबाट आएको हागाः दोश्रो पुस्ता (Second Generation) हाँगा
ग. त्यो दोश्रो हाँगाबाट आएको अर्को हाँगाः तेस्रो पुस्ता ( Third Generation ) हाँगा

-३ जि कटिङ किन गरीन्छ?
•सामान्यतया पहिलो हाँगा र दोश्रो हाँगामा भाले फुलको संख्या बढी हुन्छ र पोथी फूलको संख्या एकदमै कम हुन्छ । उदाहरणको लागि लौका र करेलामा १४:१ र काक्रोमा ९:१ प्राय:भाले पोथीको अनुपात रहन्छ।
• धेरै फूल त देखिन्छ तर फल थोरै हुन्छ, कहिले काहीँ त फल नै लाग्दैन
• त्यसैगरी तेस्रो पुस्ते हाँगामा भने पोथी फूल बढी आउँछ। जस्ले गर्दा बढी फल लाग्ने हुन्छ।
•यदि राम्रो परगसेचन हुन पायो भने तेस्रो हाँगामा बढी फूल र फल लग्छ।
• भालेको सङ्ख्या कम गरी पोथि फूललाइ बढाउनमा 3 जि कटिङको प्रयोग गरिन्छ ।

- ३ जि कटिङ गर्ने तरिका
• पहिलो हाँगा ७/८ फीट आग्लो भएपछि १२ अाैँ अख्ला माथीको टुप्पोको भाग हटाउने ।
• मुख्य लहराको ४-५ ओटा पात सम्म कुनै पनि हाँगा राख्नु हुँदैन। यी चोर हाँगा आउन नदिदाँ मुख्य लहरालाइ छिटो बढ्न मद्धत गर्छ ।
• माथीको भाग हटाए पछी पोषक तत्वले दोश्रो पुस्ते हाँगाको बिकास गर्छ ।
•दोश्रो पुस्ते हाँगामा पनि धेरै भाले फूल नै लाग्ने गर्छ्न र यसलाइ पनि करिब २-३ फिटको लम्बाईमा वा ८-९ पात आइसके पछि टुप्पो काटिदिने ।
•यसबाट निस्केको तेस्रो पुस्ता हागोमा धेरै पोथी फुल हुन्छ र फल पनि बढी लाग्छ।

यसले उत्पादनमा बृद्धि हुन्छ तर फल ढिलो लाग्न सक्छ तर निरन्तर निरीक्षणको पनि अवस्यकता पर्छ
Ravi Kumar Yadav
Rauthat

धान बालीमा माछा पालन बिधि नेपालमा खासै प्रचलनमा छैन,"धान बालिमा माछा पालन विधि इन्डोनेसियामा निकै प्रचलन छ ।, यो विधि अप...
27/07/2021

धान बालीमा माछा पालन बिधि नेपालमा खासै प्रचलनमा छैन,"धान बालिमा माछा पालन विधि इन्डोनेसियामा निकै प्रचलन छ ।, यो विधि अपनाएर धान खेती वा माछा पालन गर्नाले धान उत्पादन वृद्धि देखि माछाको वृद्धि बिकासमा सहयोग पुर्याउने एक अध्यनले बताएको छ। माछाहरु धानको गाजमा बरेर खेल्ने हुँदा माछालाई चरा वा बाहिर जीव जनावरले खान सक्दैन । माछाले धान बालिमा धान खान आउने किरा लगायत अन्य किराहरु खाने हुँदा माछालाई आहारको लागी सुबिधा पनि पुग्ने देखिन्छ । यसरी धान बालिमा माछा लगाउदा १०% धानमा उत्पादन वृद्धि हुने र माछाको वृद्धि बिकास राम्रो हुने देखिन्छ । नेपाल जस्तो देशमा पानी प्रर्याप्त भएको ठाउँमा धान बाली ढिलो पाक्ने जातको धान वा धान ढिलो पाक्ने ठाउँमा धार र माछाको उत्पादन सङै उत्पादन हुने गरि धानमा माछा पालन गर्न सकिन्छ । धानमा माछा खेल्दा धान परागसेचनमा सजिलो हुने हुँदा उत्पादन वृद्धि साथै एकै ठाउँमा धान र माछा पालन गर्दा जमिनको सदुपयोग हुन जान्छ । नेपालमा पर्याप्त संभावनाको क्षेत्र भएपनी खासै यो विधि अपनाएर माछा पालन गरिएको छैन। तेसैले यस क्षेत्रमा चासो राख्ने किसान लगायत सरोकारवालाले यस बिधिको प्रयोग गरि व्यावसायिक माछा पालन ब्यबसाय गर्ने होकि! तस्बिरमा इन्डोनेसियाको एक गाउँमा माछा र धान एकसाथ उत्पादन गर्न गरिएको प्रबिधीको तस्वीरहरु देखाइएको छ ।

- यस्तै कृषि सम्बन्धि जानकारीको लागी कृषि प्रेसको पेजमा गएर १ लाइक गरिदिनुहोला

25/07/2021

 #आफ्नो_घर_ओरिपरी_भएको_जडिबुीहरू_चिनम_र_यसको_प्रयोग_गर्नाले_हुने_फाइदा_बारेमा_जनी_राखम।घोडताप्रे एपिएसी परिवारमा पर्ने उ...
24/07/2021

#आफ्नो_घर_ओरिपरी_भएको_जडिबुीहरू_चिनम_र_यसको_प्रयोग_गर्नाले_हुने_फाइदा_बारेमा_जनी_राखम।

घोडताप्रे

एपिएसी परिवारमा पर्ने उष्ण प्रादेशिक औषधिय अनि हलका बास्नादार बोट हो। यो लहरे झार वर्गको एक सामान्य वनस्पति हो। यसको वैज्ञानिक नाम सिन्टेला एसियाटिका (centella asiatica) हो। यत्रतत्र भेटिने यस झार प्राचीन कालदेखी औषधिका रुपमा प्रयोग हुँदै आएको पाइन्छ। यस बोटबाट अलिक पृथक खालको बास्ना आउँछ जसलाई जोकोही मन पराउँदैनन्।

वनस्पति विज्ञान: यो हेर्दा कस्तो देखिन्छ?
यो धेरै वर्षसम्म बाँच्न सक्ने वनस्पति हो जसको उचाई सामान्यतया १५ से.मी. र ठूला प्रजाती भए २५से.मी. हुन्छ। यसका पातहरु समूहमा हुन्छन्, पछाडिबाट हेर्दा उभिएको भ्यागुतो जस्तो देखिने भएकाले संस्कृतमा यसलाई ‘मन्दुकपर्नी’ भनिन्छ। यसको काण्ड लहराको रुपमा फैलिएको हुन्छ। यसका फूलहरु सेतो देखि वैजनी गुलाबी रङका हुन्छन्। यसमा लामो, गोलो आकारको फल लाग्दछ जुन करिब २ इन्च लामो हुन्छ। यसको जरा प्रत्येक गाँठहरुबाट निस्केको हुन्छ।

हावापानी र माटो: यो कस्तो वातावरणमा पाइन्छ?
यो उष्ण प्रदेशमा व्यप्त रुपमा देखिने लहरे झार हो। विशेषतः छाया परिराख्ने, चिसो अनि दलदल ठाउँहरु जस्तो कि धानखेत, खोलाका किनारमा हरियो गलैँचाका रुपमा विकसित भएको हुन्छ। यसको जरा चिम्ट्याइलो माटोमा भन्दा बलौटे दोमटमा बढी फस्टाउने गरेको पाइन्छ। गह्रौ धातुहरुले गर्दा बिग्रेको माटोमा यो लगाउँदा यसको जराले माटोमा ती धातुहरुको प्रभाव घटाएर आफूलाई स्थापित गर्छ।

यसका फाइदाहरु:
गाउँघरमा यत्रतत्र उम्रने यस झारका फाइदाहरु आंशिक रुपमा अवगत हुँदाहुँदै पनि बेवास्ता गरेको पाइन्छ। यसको सम्पूर्ण भागहरु औषधिका रुपमा प्रयोग गर्न योग्य हुन्छन्। यसमा एन्टीअक्सिडेन्ट तथा एन्टीमाइक्रोबिएल क्षमता हुन्छ। यो सेवन गरेमा मानव शरिरका नसाहरुको संरक्षण गर्ने न्युरोप्रोटेक्टिभ कार्य सक्रिय हुन जान्छ। त्यसकारण, बौद्धिक क्षमता वृद्धिका लागि वरदान साबित भएको यो झारलाई “दिमागी खाना(Brain Food)”को संज्ञा पनि दिइएको छ। यसमा एन्टीस्ट्रेस फर्मुला(Anti-stress Formula) हुन्छ जसले डिप्रेसन जस्तो मनोवैज्ञानिक रोगबाट पनि मुक्ति दिलाउन सहयोग गर्छ।

घरेलु उपचार:
स्थानीय रुपमा व्याप्त भएका कारण विभिन्न ठाउँमा यसलाई गाउँघरका बुढा बुज्रुक मान्छे जसलाई आयुर्वेदको जानकारी छ, उनीहरूको सल्लाह अनुसार घरेलु उपचारमा प्रयोग गर्ने गरेको पाइन्छ। घरेलु उपचारमा यसलाई प्रयोग गर्ने उपायहरु यसप्रकार छन्:

खोकी लाग्दा यसको पातको सिरप(रस) अदुवा र मरिचसँग मिसाएर पिउने
यसलाई पिसेर बनाएको धुलो सेवन गर्नाले अल्सर, कुष्ठरोग तथा भिरिंगी जस्ता रोग निको पार्न सकिन्छ
यसको ताजा फूल पिसेर बनाएको लेदो पोलेको घाउमा लगाउँदा निको हुन्छ
शरीरमा हुने दुखाई हटाउन प्रतिदिन २ पटक १०मि.लि. यसको जुस बनाएर खान सकिन्छ
छालासम्बन्धी रोग निवारणका लागि पनि यसको लेदो लाभदायक हुन्छ
व्यवसायिक उत्पादनहरु:
यसलाई विभिन्न औषधि बनाउँदा कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ। बजारमा क्याप्सुल, ट्याब्लेट, सिरप, टोनिक आदिका नाममा यसको वितरण गरिन्छ। त्यसै गरि, यो कस्मेटिक सामानहरु बनाउन पनि उत्तिकै प्रयोग हुन्छ। स्किन केयर क्रीम, स्किन टोनिङ्ग आदिका नाममा व्यवसायिक उत्पादन गरिन्छ।

बालीउपरान्तका प्रविधिहरु:
यो झारका पात, फूल, फल तथा जराहरु टिपेको केही दिनभित्रै सड्ने खालका हुन्छन्। तिनीहरुलाई लामो समयसम्म प्रयोगमा ल्याउनका लागि विभिन्न प्रविधि अपनाउनु पर्ने हुन्छ। यसमध्ये सजिलो प्रविधि भनेको डिहाइड्रेसन अर्थात् सुकाएर पानी कम गराउनु हो। यसो गर्दा त्यसमा भएका पौष्टिक तत्वहरु नास पनि हुँदैनन् साथै लामो समयसम्म जोगाउन पनि सकिन्छ।

उत्पादनको संभावना:
हाम्रो देशमा यसको व्यवसायिक रुपमा खासै खेती गरिएको इतिहास छैन। आफ्नो घरखेतमा अनुकुल वातावरणका कारण स्वत उम्रने बोटहरुको संरक्षण गरी तिनैको प्रयोग हुँदै आएको छ। कृषियोग्य नभएका कारण यसै बाँझो छोडिएका खेतहरुमा प्रशस्त भेटिने यो झारलाई कुनै ठूलो लगानी बिना नै थोरै व्यवस्थित ढङ्गले खेती गर्ने हो भने, प्रशस्त आम्दानी हुन सक्छ।

तीन महिनाको छोटो समयमै परिपक्व हुने भएकाले यो खेती गर्दा समयको उचित सदुपयोग पनि हुन्छ। यो बिरुवा पनि अन्य औषधिय वनस्पतिहरु जस्तै मूल्यवान् छ। यिनीहरु विभिन्न रोगका औषधि बनाउँदा कच्चा पदार्थका रुपमा प्रयोग हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसले सजिलै बजार पाउन सक्छ।

यस्तो फाइदाजनक वनस्पतिको महत्व पहिचान गरी उत्पादनतर्फ ध्यान दिने हो भने सामान्य किसानको आम्दानी वृद्धि हुनुका साथै कृषिक्षेत्रमा थप टेवा पुग्ने निश्।निश्चित छ।

Happy Teacher’s Day! It has been an honor to get to learn so many things from you; thank you for inspiring me! We need m...
24/07/2021

Happy Teacher’s Day! It has been an honor to get to learn so many things from you; thank you for inspiring me! We need more instructors like you in our schools and universities.The best teachers teach from the heart, not from the book. Thank you for being a wonderful teacher. Happy Teacher's Day!

 #आफ्नो_घर_ओरिपरी_भएको_जडिबुीहरू_चिनम_र_यसको_प्रयोग_गर्नाले_हुने_फाइदा_बारेमा_जनी_राखम।घोडताप्रे एपिएसी परिवारमा पर्ने उ...
24/07/2021

#आफ्नो_घर_ओरिपरी_भएको_जडिबुीहरू_चिनम_र_यसको_प्रयोग_गर्नाले_हुने_फाइदा_बारेमा_जनी_राखम।

घोडताप्रे

एपिएसी परिवारमा पर्ने उष्ण प्रादेशिक औषधिय अनि हलका बास्नादार बोट हो। यो लहरे झार वर्गको एक सामान्य वनस्पति हो। यसको वैज्ञानिक नाम सिन्टेला एसियाटिका (centella asiatica) हो। यत्रतत्र भेटिने यस झार प्राचीन कालदेखी औषधिका रुपमा प्रयोग हुँदै आएको पाइन्छ। यस बोटबाट अलिक पृथक खालको बास्ना आउँछ जसलाई जोकोही मन पराउँदैनन्।

वनस्पति विज्ञान: यो हेर्दा कस्तो देखिन्छ?
यो धेरै वर्षसम्म बाँच्न सक्ने वनस्पति हो जसको उचाई सामान्यतया १५ से.मी. र ठूला प्रजाती भए २५से.मी. हुन्छ। यसका पातहरु समूहमा हुन्छन्, पछाडिबाट हेर्दा उभिएको भ्यागुतो जस्तो देखिने भएकाले संस्कृतमा यसलाई ‘मन्दुकपर्नी’ भनिन्छ। यसको काण्ड लहराको रुपमा फैलिएको हुन्छ। यसका फूलहरु सेतो देखि वैजनी गुलाबी रङका हुन्छन्। यसमा लामो, गोलो आकारको फल लाग्दछ जुन करिब २ इन्च लामो हुन्छ। यसको जरा प्रत्येक गाँठहरुबाट निस्केको हुन्छ।

हावापानी र माटो: यो कस्तो वातावरणमा पाइन्छ?
यो उष्ण प्रदेशमा व्यप्त रुपमा देखिने लहरे झार हो। विशेषतः छाया परिराख्ने, चिसो अनि दलदल ठाउँहरु जस्तो कि धानखेत, खोलाका किनारमा हरियो गलैँचाका रुपमा विकसित भएको हुन्छ। यसको जरा चिम्ट्याइलो माटोमा भन्दा बलौटे दोमटमा बढी फस्टाउने गरेको पाइन्छ। गह्रौ धातुहरुले गर्दा बिग्रेको माटोमा यो लगाउँदा यसको जराले माटोमा ती धातुहरुको प्रभाव घटाएर आफूलाई स्थापित गर्छ।

यसका फाइदाहरु:
गाउँघरमा यत्रतत्र उम्रने यस झारका फाइदाहरु आंशिक रुपमा अवगत हुँदाहुँदै पनि बेवास्ता गरेको पाइन्छ। यसको सम्पूर्ण भागहरु औषधिका रुपमा प्रयोग गर्न योग्य हुन्छन्। यसमा एन्टीअक्सिडेन्ट तथा एन्टीमाइक्रोबिएल क्षमता हुन्छ। यो सेवन गरेमा मानव शरिरका नसाहरुको संरक्षण गर्ने न्युरोप्रोटेक्टिभ कार्य सक्रिय हुन जान्छ। त्यसकारण, बौद्धिक क्षमता वृद्धिका लागि वरदान साबित भएको यो झारलाई “दिमागी खाना(Brain Food)”को संज्ञा पनि दिइएको छ। यसमा एन्टीस्ट्रेस फर्मुला(Anti-stress Formula) हुन्छ जसले डिप्रेसन जस्तो मनोवैज्ञानिक रोगबाट पनि मुक्ति दिलाउन सहयोग गर्छ।

घरेलु उपचार:
स्थानीय रुपमा व्याप्त भएका कारण विभिन्न ठाउँमा यसलाई गाउँघरका बुढा बुज्रुक मान्छे जसलाई आयुर्वेदको जानकारी छ, उनीहरूको सल्लाह अनुसार घरेलु उपचारमा प्रयोग गर्ने गरेको पाइन्छ। घरेलु उपचारमा यसलाई प्रयोग गर्ने उपायहरु यसप्रकार छन्:

खोकी लाग्दा यसको पातको सिरप(रस) अदुवा र मरिचसँग मिसाएर पिउने
यसलाई पिसेर बनाएको धुलो सेवन गर्नाले अल्सर, कुष्ठरोग तथा भिरिंगी जस्ता रोग निको पार्न सकिन्छ
यसको ताजा फूल पिसेर बनाएको लेदो पोलेको घाउमा लगाउँदा निको हुन्छ
शरीरमा हुने दुखाई हटाउन प्रतिदिन २ पटक १०मि.लि. यसको जुस बनाएर खान सकिन्छ
छालासम्बन्धी रोग निवारणका लागि पनि यसको लेदो लाभदायक हुन्छ
व्यवसायिक उत्पादनहरु:
यसलाई विभिन्न औषधि बनाउँदा कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ। बजारमा क्याप्सुल, ट्याब्लेट, सिरप, टोनिक आदिका नाममा यसको वितरण गरिन्छ। त्यसै गरि, यो कस्मेटिक सामानहरु बनाउन पनि उत्तिकै प्रयोग हुन्छ। स्किन केयर क्रीम, स्किन टोनिङ्ग आदिका नाममा व्यवसायिक उत्पादन गरिन्छ।

बालीउपरान्तका प्रविधिहरु:
यो झारका पात, फूल, फल तथा जराहरु टिपेको केही दिनभित्रै सड्ने खालका हुन्छन्। तिनीहरुलाई लामो समयसम्म प्रयोगमा ल्याउनका लागि विभिन्न प्रविधि अपनाउनु पर्ने हुन्छ। यसमध्ये सजिलो प्रविधि भनेको डिहाइड्रेसन अर्थात् सुकाएर पानी कम गराउनु हो। यसो गर्दा त्यसमा भएका पौष्टिक तत्वहरु नास पनि हुँदैनन् साथै लामो समयसम्म जोगाउन पनि सकिन्छ।

उत्पादनको संभावना:
हाम्रो देशमा यसको व्यवसायिक रुपमा खासै खेती गरिएको इतिहास छैन। आफ्नो घरखेतमा अनुकुल वातावरणका कारण स्वत उम्रने बोटहरुको संरक्षण गरी तिनैको प्रयोग हुँदै आएको छ। कृषियोग्य नभएका कारण यसै बाँझो छोडिएका खेतहरुमा प्रशस्त भेटिने यो झारलाई कुनै ठूलो लगानी बिना नै थोरै व्यवस्थित ढङ्गले खेती गर्ने हो भने, प्रशस्त आम्दानी हुन सक्छ।

तीन महिनाको छोटो समयमै परिपक्व हुने भएकाले यो खेती गर्दा समयको उचित सदुपयोग पनि हुन्छ। यो बिरुवा पनि अन्य औषधिय वनस्पतिहरु जस्तै मूल्यवान् छ। यिनीहरु विभिन्न रोगका औषधि बनाउँदा कच्चा पदार्थका रुपमा प्रयोग हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसले सजिलै बजार पाउन सक्छ।

यस्तो फाइदाजनक वनस्पतिको महत्व पहिचान गरी उत्पादनतर्फ ध्यान दिने हो भने सामान्य किसानको आम्दानी वृद्धि हुनुका साथै कृषिक्षेत्रमा थप टेवा पुग्ने निश्चित छ ।
रवि कुमार यादव
रौतहट

23/07/2021

सफल लोग रास्ते बदलते हैं इरादे नहीं,

21/07/2021

#ईदमुबारक2021 उल अजहा (बक्र ईद) पर्वको शुभकामना💐
मुस्लिम समुदायको महान धार्मिक पबित्र पर्व ईद उल अजहा(बक्र ईद) पर्वको शुभ अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पुर्ण समुदायको नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उतरोतर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना तथा मुबारकबाद व्यक्त गर्दछौं।

Address

Gaur
1234

Telephone

+9779821839620

Website

Alerts

Be the first to know and let us send you an email when Râvî yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share