Radio sailung community fm 104 mhz

Radio sailung community fm 104 mhz Radio Sailung Community FM 92.7Mhz is established by active community organizations, intellectuals, development activists and the general people of Dolakha

Our Target Group are common people, local organizations, Forest user groups, NGOs, educational institutions, cooperatives, radio listeners' clubs, religious groups, political parties, businessman, journalists, VDCs, DDCs, advertising agencies, donor agencies including all social stakeholders are the target group of radio .

24/09/2014

ग्रामीण समुदायमा सञ्चारको पहुँचका लागि रेडियो शैलुङ, तपाईको हरपलको साथी सुन्नुहोस् है । (www.radiosailug.org)

23/09/2014

" तपाईलाई १ दिनमा भेट भएका कति जनाले घर कहिले जाने भनेर सोध्नुभएको छ ??"-

23/09/2014

“घर जानेहरु, परदेश छाड्नेहरुको संख्या दिन दिनै बढ्दै, नेपालीहरुको महान चाड विजय दशमी नजिकिदै ।”

22/09/2014

असोज ६
दोलखाको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अजय केसीले दोलखामा शान्ति सुरक्षाको व्यवस्थालाई मजबुत बनाउन लागि परेर काम गर्ने बताउनुभएको छ ।
चाडबाडको समय नजिकिदै गईरहेको बेला यो समयमा हुन सक्ने अपराधिक गतिविधिको कडा निगरानी गर्ने केसीको भनाई छ । जिल्ला प्रहरी कार्यलय दोलखाले आयोजना गरेको पत्रकारहरु सगँको अन्तरक्र्रिया कार्यक्रममा बोल्नुहुदै भर्खरै सरुवा भएर आउनुभएको केसीले आफुलाई सहयोग गर्न दोलखाका पत्रकाहरु संग आग्रह समेत गर्नु भयो । कार्यक्रममा सहभागी पत्रकारहरुले प्रहरी र पत्रकारको सम्वन्धलाई सधै भरी सुमधुर बनाउन प्रयासरत रहने र प्रहरीले गरेको राम्रो कामलाई सधै सहयोग गर्ने वताएका छन् । पत्रकारहरुले पछिल्लो समय दोलखामा भईरहेका चोरीका घटनाहरुलाई न्युनीकरण गर्न तर्फ ध्यान दिन समेत प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका थिए ।

22/09/2014

असोज ६
दोलखाको खोपाचागु गाविस वडा नं ५ मा १ दिने यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धी अभिमुखीकरण तालिम आज सम्पन्न भएको छ ।
महिला ससक्तिकरण कृषक समुह अध्यक्ष पदम कुमार थामीको अध्यक्षतामा भएको तालिममा खोपाचागु गाविस वडा नम्वर ५ का रिफ्लेक्टका ३४ को सहभागिता रहेको थियो । कार्यक्रममा ईलाका स्वास्थ्यचौकी खोपाचागुका अनमी सविना बस्नेतले प्रजनन अङ्गको सुरक्षा ,सरसफाई ,एडस वाट बच्ने उपाय ,लगाएतको विषयमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा ओसेलीप परियोजनाका सह व्यवस्थापक रामचन्द्र सिंह श्रेष्ठ लगाएतले मन्तव्य राख्नु भएको थियो ।

22/09/2014

असोज ६
अर्थिक वर्ष २०७१÷२०७२ को सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत रामेछापको गुम्देल गाविसमा पहिलो चौमासिक रकम लक्षित समुहभित्रका नागरिकहरुलाई वितरण गरिएको छ ।
लक्षित समुहभित्र रहेका १ सय १२ जना जेष्ठ नागरिक मध्ये ३७ जनालाई ७४ हजार रकम वितरण गरिएको छ । त्यसैगरि ६० बर्ष भन्दा माथीका ५५ जना एकल महिला मध्ये १२ जनालाई २४ हजार, ६० बर्ष भन्दा मुनीका एकल महिला मध्ये २५ जनालाई ५० हजार र दलित बालसंरक्षण तर्फ १६ जना बालबालिकालाई १२ हजार ८ सय वितरण गरिएको छ भने पुर्ण अपाङ्ग भएका व्यक्तिहरु र बाँकी लक्षित समुह भित्र रहेका व्यक्तिहरुलई दशै अगाडीनै रकम बाडी सक्ने गाविस सचिब गणेश थापाले जानकारी दिनुभएको छ । अर्थिक वर्ष २०७१÷२०७२ को सामाजिक सुरक्ष कार्यक्रम अन्तरगत पहिलो चौमासिकको रकम पाँच लाख पाँच हजार दुई सय रहेको र सबै रकम सहि ढङगले वितरण गर्ने पनि थापाले जानकारी दिनुभएको छ ।

22/09/2014

असोज ६
कृषि विकास परियोजना जनकपुर नक्टाझिजले कृषकहरुलाई सिँचाइ सुविधाको लागि डिप ट्युवेलमा जडान गरेको विद्युतिय ट्रान्सफर्मर चोरी हुन थालेको छ ।
१७ वटा जिल्ला कार्यक्षेत्र रहेको परियोजनाको ४ महिना भित्रमा ७ वटा ट्रान्सफर्मर चोरी भएको परियोजनाका अधिकृत सत्येन्द्र झाले जनाकारी दिनुभयो । धनुषाको भूचक्रपुर, नक्टाझिजक, धनुषाधामको एक–एक, धनुषाकै प्रकोमहुवाको दुई तथा सिरहाको बडहारामाल र महोत्तरी रामनगरको एक–एक गरी ७ वटा डिप ट्युवेलमा पानी तान्न जडान गरिएको ५० केभीको ट्रान्सफर्मर चोरी भएको अधिकृत झाले बताउनुभयो । चोरहरुले ट्रान्सफर्मर खोलेर त्यस भित्र रहेको क्वाइलसहितका महत्वपूर्ण बस्तुहरु झिकेर लाने र बाहिरको भाग फालिदिने गरेको परियोजनाले जनाएको छ ।

22/09/2014

असोज ६
दोलखाको कालिञ्चोक गाविस वडा नम्वर ५ मा ताजा तरकारी व्यवस्थापन सम्वन्धी २ दिने तालीम आज सम्पन्न भएको छ ।
टुकि शिविन स्रोत केन्द्र खोपाचागु र ओसेलीप परियोजनाको सयुक्त आयोजनामा भएको तालिममा गोदावारी कृषक समुहका २९जना कृषक को सहभागीता रहेको बाबरेवाट सोमछिरि शेर्पाले जनाकारी दिनु भयो । गोदावारी कृषक समुहका अध्यक्ष सिता पख्रिनको अध्यक्षतामा भएको सम्पन्न तालिममा टुकि शिविन स्रोत केन्द्र खोपाचागुका कृषि प्राविधिक कृष्णकुमारी जिरेलले प्रशिक्षण दिनु भएको थियो । तालिममा गोठेमल व्यस्थापन, जैव्कि विषादी वनाउने तरीका, तरकारी वालीका लागी चाहिने खाद्य तत्व , रोग किरा व्यवस्थापन , माटो ,हावा, पानी व्यवस्थापन वारेमा प्रशिक्षण दिईएको शेर्पाले वताउनु भयो ।

21/09/2014

"लौ न दशै त नजिकिदै पो छ त"

Address

Dolakha

Alerts

Be the first to know and let us send you an email when Radio sailung community fm 104 mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Radio sailung community fm 104 mhz:

Shortcuts

Share