Shree balbalika lower secondary school

Shree balbalika lower secondary school this page is of primary school of chiuridanda

09/08/2026

दाइ स्वर्गकाे बासहाेस।

यस बिद्यालयका पुर्व बिब्यास सदस्य कालाे टाेपी लाउने भुमिराज राई काे निधनकाे खबरले स्तब्ध बनायाे दाइकाे स्वर्गकाे बासहाेस...
08/08/2026

यस बिद्यालयका पुर्व बिब्यास सदस्य कालाे टाेपी लाउने भुमिराज राई काे निधनकाे खबरले स्तब्ध बनायाे दाइकाे स्वर्गकाे बासहाेस हार्दिक श्रद्धाञ्जली ।

विद्यालय मा रहदा विद्यालय को नाम वाट बनाएको कापी सम्झना का लागी ।
23/07/2026

विद्यालय मा रहदा विद्यालय को नाम वाट बनाएको कापी सम्झना का लागी ।

06/02/2026

यसबिद्यालयमा अध्ययनरत छात्रा आचल राई लाई जन्मदिनकाे शुभकामना ज्ञानी हुनु असल छाेरि बन्नु Happy Birthday.

श्री बालबालिका आधारभूत विद्यालय, दोर्पा–कर्कले खाेटाङमा लामो समयसम्म प्रधानाध्यापक  र शिक्षकपेशामा समर्पित  काेमल ढकाल(२...
15/10/2025

श्री बालबालिका आधारभूत विद्यालय, दोर्पा–कर्कले खाेटाङमा लामो समयसम्म प्रधानाध्यापक र शिक्षकपेशामा समर्पित काेमल ढकाल(२०८१/०७/२७ देखि स्वेच्छिक अवकाश)
र श्री शिवप्रसाद आचार्य (२०८२/०६/०४ देखि अनिवार्य अवकाश)
हामी काठमाडौँमा पुनः भेटघाट गर्ने अवसर प्राप्त हुँदा हामी अत्यन्त हर्षित छौँ।
काेमल ढकालज्यूले ३१ वर्ष र शिवप्रसाद आचार्यज्यूले २४ वर्ष कर्कलेमा र ७ बर्ष डाँडागाउमा अध्यापनगरेरअसंख्यविद्यार्थीहरूको जीवनमा उज्यालो पार्ने प्रयत्न गरेका थियाै करिव हामिले तीन पुस्ता अध्यापन गर्न भ्याएका थियाै
शिक्षक पेशा समर्पण, परिश्रम र अनुकरणीय शिक्षणले विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा प्रगति र सफलताको उचाइमा पुगेका छन् भन्ने सुन्नु र देख्नु हाम्रो लागि गर्वको विषय हो बिद्यालयकाे प्रगति हाेस ।

11/06/2025

३१ बर्ष मैले काम गरेकाे कर्मभूमी।

05/02/2025

श्री बालबालिका आधारभूत विद्यालय कर्कले मा कक्षा ४ मा अध्ययनरत छात्रा आँचल राई को आज जन्मदिन परेकोले जन्मदिनको शुभकामना धेरै पढ्नु ज्ञानी हुनु असल छोरी बन्नु happy birthday .

03/02/2025

आज माघ २१ गते सरस्वती पूजा विशेष गरी वसन्त पञ्चमी (माघ शुक्ल पञ्चमी) का दिन मनाइन्छ। यो दिन ज्ञान, विद्या, संगीत र कला की देवी सरस्वतीको पूजा गरिन्छ ।
सरस्वती पूजा परम्परा वैदिक युगदेखि नै मनाउँदै आई रहेको मानिन्छ। देवी सरस्वतीलाई ऋग्वेदमा "वाक्" (वाणी) र "ज्ञानकी देवी" भनेर उल्लेख गरिएको छ। हिन्दू धर्ममा त्रिदेवीहरूमध्ये लक्ष्मी (धन), पार्वती (शक्ति) र सरस्वती (विद्या) प्रमुख देवता हुन्।
विद्यार्थी, शिक्षक, कलाकारहरू र विद्या तथा ज्ञानसँग सम्बन्धित व्यक्तिहरूले यो पर्व मनाउने गर्छन् आज मसिना कलिला वाल बच्चालाई अक्षर चिनाउन सुरु गरिन्छ श्री बालवालिका आ वि मा अध्ययन गर्ने सबै छात्रा छात्र र गुरु वर्गहरुमा सरस्वती पूजाको शुभकामना ।
कोमल ढकाल

२०४९ साल देखि श्री सरस्वती मावि दिक्तेल बजार र २०५० साउन १५ बाट स्थायी भई श्री अन्नपूर्ण मावि चिउरी डाँडा, ८ बुवालुङ र २...
24/12/2024

२०४९ साल देखि श्री सरस्वती मावि दिक्तेल बजार र २०५० साउन १५ बाट स्थायी भई श्री अन्नपूर्ण मावि चिउरी डाँडा, ८ बुवालुङ र २०५२ साल श्रावण २४ गतेबाट श्री बालबालिका आधारभूत विद्यालयमा प्रधानाध्यापक भई २८ वर्ष प्रधानाध्यापक रबाँकी शिक्षण पेशामा रही २०८१ साल कार्तिक २७ गतेबाट औपचारिक रुपमा स्वइच्छाले शिक्षण पेशाबाट विश्राम लिएको छु। मैले विद्यालयमा सेवा गर्दा मलाई सहयोग गर्नुहुने जिल्ला शिक्षा अधिकारी विद्यालय निरीक्षक स्रोत व्यक्ति विद्यालय व्यवस्थापन समिति शिक्षाप्रेमी बुद्धिजीवी पत्रकारज्यूहरू राजनीतिक दल सबैलाई धन्यवाद दिन चाहन्छु। मलाई बिदाई गर्न अग्रणी भूमिका खेल्ने प्रधानाध्यापक मधुकला राई लाई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहकर्मी साथी माग दल राईलाई धन्यवाद दिन चाहन्छु। म मरेर गए पनि विद्यालय नमरोस्। यही कामना।

07/10/2024

प्रिय सर मिसहरू
दशैँ बिदामा बालबालिकालाई के गृहकार्य दिने भनी सोचिरहनु भएको होला हगि ? नदिए प्रसासनको गाली खाने डर पनि उत्तिकै होला, बुझ्दछु ।

तर मेरो अनुरोध छ, कृपया पाठशालाको कैदबाट मुक्त भएका बालबालिकाहरूलाई कुनै गृहकार्य नदिनुस् । उनीहरूले यो बिदा स्वतन्त्र भएर बिताउन् । तपाईँहरूले पढ्नु भएकै होला, दार्शनिक एवम् प्रकृतिवादी शिक्षाविद रुसो भन्छन्, 'किताबहरू जलाईदेऊ, पर्खालहरू भत्काऊ र बच्चालाई लगेर प्रकृतिको काखमा फ्याँकिदेऊ । उनी औपचारिक शिक्षा र किताबी ज्ञानका बिरोधी थिए । किताबहरू जलाईदेऊ त नभनिहाल्नुस्, तर किताबको आतङ्कबाट केही दिन मुक्त हुन बच्चाहरूलाई सघाइदिनुस् ।

प्रिय अविभावकहरू
तपाईँहरूले पनि आफ्ना बालबच्चालाई गृहकार्यको भुतले नतर्साउनुस् । सक्नुहुन्छ भने ट्रेकिङ लग्नुस् वा गाउँघर र समाज घुमाउनुस् । दुध डेरीबाट आउँछ, चामल पसलमा फल्छ भन्ने बालबालिकालाई स्रोतहरूको जानकारी दिन खेत घुमाउनुस्, खेतबारीमा जताततै छापिएका हुन्छन् किसानका कथाहरू । ती कथाहरू पढ्न सिकाउनुस् । नानीहरूलाई श्रमप्रति प्रेम गर्न सिकाउनुस् । यो जीवनको महान् गुण हो । खेलजस्तो हुने गरि उनीहरूलाई आफ्नो जुठो भाँडा आफै माझ्न सिकाउनुस् । अलिअलि बारी खन्न, तरकारी लगाउन, पानी हाल्न पनि प्रेरित गर्नुस् । टुसा उम्रेको देखेर उनीहरूले जति खुशी प्राप्त गर्छन्, त्यो चानचुने खुशी होइन । उनीहरूलाई स्थानिय धान, अन्न, चरा, माछा, रुख आदि चिनाउनुस् । प्रकृति र माटोको महिमा जान्न प्रेरित गर्नुस् । यसबाट उनीहरूको संघर्षपूर्ण भविष्यका धेरै दुखहरू घट्ने छन् । महत्वपूर्ण कुरा, उनीहरूको लत बनिसकेको स्क्रिन टाइम पनि घट्नेछ । विशेष गरि सहरी बालबच्चाका खुट्टाहरू साँघुरा पर्खालभित्र कुँजिएका हुन्छन् । बिदामा खुट्टा तन्काउन खेलमा प्रेरित गर्नुस् । यसले जीवनका लागि अत्यावश्यक Motor Ability बढाउँछ । घरमा त उनीहरूले कति नुवाए नुवाए । मिलेसम्म खोलामा लगेर पौडिको आनन्द लिन प्रेरित गर्नुस् । खेलप्रतिको बच्चाहरूको रुचीलाई दुरुत्साहन नगर्नुस् । खेल जीवनको तैयारी होइन, स्वयम् जीवन हो । जीवनका लागि जरुरी कैयन आधारभूत सीपहरू सिक्न खेलले निकै मद्धत गर्छ । दशैँको मासु पनि पच्छ, स्वस्थ आदत पनि बन्छ ।

तपाईँले चाहनु भयो भने यी कुनै पनि कुरा असम्भव छैनन् । .
🙏

Address

Diktel

Telephone

+9779852849080

Website

Alerts

Be the first to know and let us send you an email when Shree balbalika lower secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree balbalika lower secondary school:

Shortcuts

Share

Category