Diktel English Secondary Boarding School

Diktel English Secondary Boarding School LIGHT FOR LIFE

वि.सं. २०४८ साल तत्कालिन पूर्वाञ्चल विकास क्षेत्र र सगरमाथा अञ्चलको विकट पहाडी भूगोलमा गुणस्तरीय शिक्षा आर्जन गर्न हुने खानेहरू शहर पस्नु पर्ने र त्यसमा पनि बढ्दो अंग्रेजी भाषामा केही दखल राख्ने खालको शिक्षा लिन अकल्पनीय नै थियो । तत्कालिन अवस्थामा जिल्लामा नाम चलेका केही समुदायिक विद्यालय त थिए नै तर ती विद्यालयहरुमा त्यतिबेलाको शिक्षा नीति अनुसार कक्षा ४ देखि बल्ल ABCD को पढाइ सुरु हुने शैक्षिक

प्रणाली थियो ।

यस्तो शैक्षिक खडेरीको धुपमा तत्कालिन केही अग्रजहरुले नीजि क्षेत्रमा आफैले भाडाको घर खोजेर दार्जिलिङबाट अंग्रेजी शिक्षक र भू. पू. ब्रिटिस सेना निवृत्त स्व. इमानसिं राई, तिलक बजिमय, अटल श्रेष्ठ, चित्र बजिमय, खुस नारायण सैंजू आदि मिलेर आफ्नै छोराछोरीहरूको लागि भए पनि नीजि विद्यालय चलाउने प्रयास २०४८ साल बैशाखदेखि प्रारम्भ गर्नु भयो । त्यहि विद्यालय आज खोटाङ जिल्ला र कोशी प्रदेशकै एक नमुना विद्यालय बन्ने प्रयासमा अघि बढिरहेको छ ।

वि.सं. २०५१ सालमा वर्तमान प्रिन्सिपल धनकर्ण श्रेष्ठ लगायत कृष्ण बहादुर राई, शेरबहादुर तामाङ, चेतबहादुर थापा, छत्र कुमार राई लगायत बौद्धिक व्यक्तित्वहरू स्थानीय दिक्तेल बहुमुखी क्याम्पसमा प्राध्यापन गर्न आउनु भएपछि बिहान क्याम्पसमा र दिउँसो यस बोर्डिङ स्कूलमा पढाउने कामको थालनी भएपछि अब विद्यालयको केही सुधारोन्मुख अवस्था देखि थालेको इतिहास साक्षी छ ।

वि.सं. २०५७ सालमा बृटिस सरकारद्वारा यदी कुनै नीजि विद्यालय गोर्खा भू.पू. सैनिकद्वारा संचालन भएको अवस्थामा पूर्वी नेपालमा १ र पश्चिम नेपालमा १ वटा नमुना विद्यालय भवन बनाइदिने योजना अनुसार यस विद्यालय भू.पू. बृटिस सैनिक इमानसिं राई लगायत भू.पू. लाहुरेहरुको बहुसंख्यक शेयर रहेको प्रमाणित भएपछि ६ कोठे २ तले पक्की भवन बनाउने सम्झौता पछि कार्यारम्भ गरियो र २०५८ जेष्ठ १९ गतेका दिन भवनको उद्घाटन पश्चात विद्यालय प्रति जनविश्वास बढ्न गई विद्यार्थी संख्या, भौतिक सुधार, शैक्षिक उन्नतिले गति लियो ।

हाल २७ औँ व्याच सम्म SLC/SEE परीक्षामा समावेश भइरहँदा १००% विद्यार्थीहरु उत्तीर्ण हुन र न्यूनतम् सेकेण्ड डिभिजन/ बी प्लस भन्दा तल नतिजा नआउनु, जिल्ला, अञ्चल (तत्कालिन) र प्रदेशमा उत्कृष्टताको नतिजा हासिल हुनु राष्ट्रको लागि डाक्टर, इन्जिनियर, पाइलट, नर्स, निजामति कर्मचारी व्यवसायी, उद्योगी, सिनेकर्मी, गायक कलाकार, राजनीति लगायत बृटिस, सिंगापुर सेनातर्फ उच्च ओहदामा जिम्मेवारी बहन गर्न सफल विद्यार्थीहरुले आज यस विद्यालयको गरिमालाई गर्व गर्न लायक बनाइरहेका छन् ।

जिल्लामा नै पहिलो पटक +2 Science कक्षा चलाएको इतिहास यस विद्यालयले तयार पारे पनि शहरतर्फ मानिसको रुचि र विश्वास बढ्न गएको कारण करिब १० ब्याच भन्दा अगाडि Science कक्षा चलाउन नसके पनि व्यवस्थापन संकाय तर्फ हाल संचालित ११ र १२ को नतिजा १७ औँ व्याच सम्म आइपुग्दा १००% विद्यार्थी उत्तीर्ण हुनु अर्को सुखद पक्ष मान्न सकिन्छ ।

हाल यस विद्यालयमा कक्षा प्रि– नर्सरी देखि कक्षा १२ सम्म करिब १४०० विद्यार्थी ७० जना दक्ष शिक्षक, समर्पित र जिम्मेवार कर्मचारी, पर्याप्त प्रविधि मैत्री कक्षा आदिले गर्दा अभिभावकहरुको बढ्दो आकर्षण र विश्वासलाई पुरा गर्न आज अहोरात्र यस विद्यालय गुणस्तरीय संस्कारयुक्त बालमैत्री शिक्षा दिन प्रतिबद्ध रहेको छ ।

19/06/2026

SEE grade 12 Result of Diktel English Secondary Boarding School.

3.6- 4 Gpa = 1
3.6- 3.2 = 6
2.8- 3.2 = 14
NG (1 subject) = 3
Total student = 24

लोकसेवा आयोगको ७६ औँ वार्षिक उत्सवको अवसरमा आयोजित माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल ...
15/06/2026

लोकसेवा आयोगको ७६ औँ वार्षिक उत्सवको अवसरमा आयोजित माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरिएको तस्बिरहरू।

      ❤️🙏
13/06/2026


❤️🙏

The Science and Art Club organized a Water Color Painting Program where students actively participated and demonstrated ...
12/06/2026

The Science and Art Club organized a Water Color Painting Program where students actively participated and demonstrated their artistic skills. The event encouraged creativity, self-expression, and appreciation of art. ❤️🙏

12/06/2026

It's Friday, and the students are enthusiastically singing the school song. 🙏🙏



@

  Eco-Club 🙏
07/06/2026

Eco-Club 🙏

विश्व वातावरण दिवस २०२६ 🌱दिक्तेल इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलद्वारा विश्व वातावरण दिवस २०२६ को अवसरमा वातावरण संरक्ष...
05/06/2026

विश्व वातावरण दिवस २०२६ 🌱
दिक्तेल इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलद्वारा विश्व वातावरण दिवस २०२६ को अवसरमा वातावरण संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो।
“Climate Action, Now for Climate” भन्ने मूल सन्देशका साथ आयोजित कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण तथा हरित भविष्य निर्माणका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान दिनुपर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
“स्वच्छ वातावरण, स्वस्थ जीवन — हरियाली पृथ्वी, हाम्रो अभियान।” 🌿🌎
🌱💚

विश्व वातावरण दिवसको अवसरमा आयोजित वातावरण संरक्षणसम्बन्धी ‘म वातावरणको संरक्षण गर्छु’ हस्ताक्षर अभियानमा दिक्तेल इङ्ग्ल...
04/06/2026

विश्व वातावरण दिवसको अवसरमा आयोजित वातावरण संरक्षणसम्बन्धी ‘म वातावरणको संरक्षण गर्छु’ हस्ताक्षर अभियानमा दिक्तेल इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक तथा ECO Club का इन्चार्ज Pawan Rai र विद्यार्थीहरू वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता जनाउँदै।🙏❤️



🌸

शैक्षिक सत्र २०८३ को लागि कक्षा ११ मा भर्ना हुन आउने  विद्यार्थीहरूलाई हरूलाई काउन्सेलिङ दिनुहुँदै विद्यालयका प्रिन्सिपल...
02/06/2026

शैक्षिक सत्र २०८३ को लागि कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीहरूलाई हरूलाई काउन्सेलिङ दिनुहुँदै विद्यालयका प्रिन्सिपल धनकर्ण श्रेष्ठ | 🙏❤️

Address

Diktel Bazar

Opening Hours

Monday 09:45 - 16:30
Tuesday 09:45 - 16:30
Wednesday 09:45 - 16:30
Thursday 09:45 - 16:30
Friday 09:45 - 13:30
Sunday 09:45 - 16:45

Telephone

+97736420264

Alerts

Be the first to know and let us send you an email when Diktel English Secondary Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Diktel English Secondary Boarding School:

Shortcuts

Share

Category