श्री पूर्णसन्जीवनी लङ्खनामाई माध्यमिक विद्यालय धुलिखेल,काभ्रेपलाञ्चोक

श्री पूर्णसन्जीवनी लङ्खनामाई माध्यमिक विद्यालय धुलिखेल,काभ्रेपलाञ्चोक

Share

This page is for the notice of public school

28/06/2024

परीक्षार्थीहरुले अनुत्तीर्ण २ बिषय सम्म मात्र नभएर सबै बिषयको एस.ई.ई. मौका परीक्षा दिन पाइने राष्ट्र कुन हो ?

27/06/2024

शैक्षिक सत्र २०८० को SEE को परीक्षाफल अनुसार हाम्रो पूर्ण सन्जीवनी लङ्खनामाई माध्यमिक बिध्यालय धुलिखेलबाट उच्च GPA ३.६४ सहित उत्तीर्ण हुनु हुने सम्पूर्ण बिद्यार्थीहरुलाई हार्दिक बधाई तथा आगामी उच्च शिक्षाको अग्रिम सफलताको शुभकामना तथा आशिर्वाद व्यक्त गर्दछौं ।

29/03/2024

के भन्नू र खै ? -क.चे.
कुरो चिल्लो धस्ने अनि
पछाडिबाट छुरो धस्ने
ती मान्छेदेखि साबधान
अप्नाउनु है कमरेड ।
दिउँसो तेल नखाने
राती कोल चाट्ने
ती मान्छेदेखि सावधान
अप्नाउनु है कम्रेड ।
सिद्धान्त घोक्ने अनि
व्यबहार शून्य मान्छेदेखि
साबधान अप्नाउनु है कमरेड !
गफले ठिक्क,कामले दिक्क
बनाउने ती राष्ट्रिय फटाहदेखि
साबधान अप्नाउनु है कमरेड ।
अहंकारी,घमण्डी अनि पतित
ती भरौटे कुमान्छेदेखि
सावधान अप्नाउनु है कमरेड!
पक्षपाती ती दानवस्वभाव भएको
ती भ्रष्ट कुमान्छे देखि
सावधान अप्नाउनु है कमरेड !
बिचार शून्य ती महापटमूर्खदेखि
सावधान अप्नाउनु है कमरेड !
जातभात र जेन्डर बिभेद गर्ने
ती राष्ट्रद्रोह कट्टरपन्थी देखि
सावधान अप्नाउनु है कमरेड !
धर्मको नाउँमा सामन्ती व्यवहार
देखाउने ती दलालदेखि
सावधान अप्नाउनु है कमरेड !
भ्रष्ट र नोकरशाह प्रवृत्ति भएको
ती जनबिरोधी मान्छेहरूदेखि
सावधान अप्नाउनु है कमरेड !
राष्ट्रसेवक कर्मचारीको नाउँमा
विभिन्न बहाना बनाइ
काममा ढिलासुस्ती गर्ने
अनि दु:ख दिन खप्पिस
ती यथास्थितिवादी सोचका
कर्मचारी संयन्त्रदेखि
सावधान अप्नाउनु है कमरेड ।
जनप्रतिनिधिको नाउँमा
राम्रो मान्छे हैन
हाम्रो मान्छे लाई
प्रोत्साहन गर्ने
जनताको नजरमा
ती अराष्ट्रिय तत्व झैं
देखिने ती घोर अवसरवादी
नेता भनाउँदाहरू देखि
सावधान अप्नाउनु है कमरेड !
घरपरिवारमा नपत्याइएका
समाजबाट अस्वीकृत
आफ्नो पक्षमा शून्य मत भएका
जनताबाट नपत्याइएका
गुट उपगुटमा रमाउन पल्किएका
गणेश प्रवृत्ति भएका
आफ्नै सहकर्मीहरु देखि
साबधान अप्नाउनु है कमरेड । अस्तु ।

22/10/2023

यस पूर्ण सन्जीवनी लङ्खनामाई मा.वि.धुलिखेलमा अध्यापनरत शिक्षक, मेरो परम मित्र माधब दाहालको पूज्यनीय पिता श्री दुर्गा प्रसाद दाहालको ७९ बर्षको उमेरमा देहावसान भएको खबरले अत्यन्तै मर्माहत बनायो । मृतक बुवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र परिवारजनप्रति यस दु:खद घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् !
-चेत बहादुर लामा

10/07/2023
03/04/2023
Photos from शिक्षा's post 31/03/2023
Want your school to be the top-listed School/college in Dhulikhel?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Bakhundole
Dhulikhel