Kalika Secondary School, Dhulikhel-10, Batase

Kalika Secondary School, Dhulikhel-10, Batase A Public school located at Dhulikhel-10 Batase.

शैक्षिक सत्र २०८३ सालमा अन्य विद्यालयबाट यस विद्यालयमा नयाँ भर्ना हुन आउनुभएका विद्यार्थीहरूलाई निःशुल्क ट्रयाक्सुट वितर...
12/07/2026

शैक्षिक सत्र २०८३ सालमा अन्य विद्यालयबाट यस विद्यालयमा नयाँ भर्ना हुन आउनुभएका विद्यार्थीहरूलाई निःशुल्क ट्रयाक्सुट वितरण गरियो। ट्रयाक्सुट खरिदको लागि आर्थिक सहयोग गर्नुहुने जयन्द्र लाकौल धुलिखेल १० र रविन विष्ट धुलिखेल १० प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछौं ।

06/07/2026

बागमती प्रदेश समितिका वरिष्ठ योग गुरुहरूद्वारा आज विद्यालयमा विद्यार्थीहरूलाई योग कला सिकाइको साथै उत्प्रेरणामूलक सिकाइ सहजीकरण सम्पन्न भयो।

03/07/2026
धुलिखेल नगरपालिकाले जारी गरेको शैक्षिक क्यालेण्डरअनुसार आज विद्यालयमा खाजा समय पश्चात प्रथम त्रैमासिक परीक्षाका लागि विष...
03/07/2026

धुलिखेल नगरपालिकाले जारी गरेको शैक्षिक क्यालेण्डरअनुसार आज विद्यालयमा खाजा समय पश्चात प्रथम त्रैमासिक परीक्षाका लागि विषय समितिमार्फत प्रश्नपत्र मोडरेसनको कार्य सम्पन्न गरियो।

यस विद्यालयमा रिक्त रहेको माध्यमिक तह गणित विषयको संघीय अनुदान कोटामा धुलिखेल नगरपालिकाबाट सिफारिस भई आउनुभएका शिक्षक श्...
30/06/2026

यस विद्यालयमा रिक्त रहेको माध्यमिक तह गणित विषयको संघीय अनुदान कोटामा धुलिखेल नगरपालिकाबाट सिफारिस भई आउनुभएका शिक्षक श्री प्रमोद भट्टराईलाई बिहानी प्रार्थना सभामा कार्यकाल सफलताको शुभकामनासहित स्वागत गरियो।

धुलिखेल नगरपालिका वडा नम्बर १० मा अवस्थित साविक शारदा बतासे गाउँ विकास समितिको इतिहास बोकेको जीवन्त संस्थाले आज ७० औं वर...
25/06/2026

धुलिखेल नगरपालिका वडा नम्बर १० मा अवस्थित साविक शारदा बतासे गाउँ विकास समितिको इतिहास बोकेको जीवन्त संस्थाले आज ७० औं वर्ष पार गरी ७१ औं वर्ष प्रवेश गरेको सन्दर्भमा धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख श्री निराजन जंगमज्यूको प्रमुख आतिथ्यतामा भव्य,सभ्य र व्यवस्थित ढङ्गबाट कार्यक्रम सुसम्पन्न भयो। यस कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने शिक्षा शाखा प्रमुख आदरणीय भोजकुमार ठकुरीज्यू, वडा अध्यक्ष गोविन्दप्रसाद उपाध्यायज्यू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा तामाङज्यू, विद्यालयलाई विभिन्न समयमा अक्षय कोष दान गर्नुहुने मनकारी व्यक्तित्व क्रमशः ज्ञानबहादुर थापा, उद्धवप्रसाद हुमागाई, इन्द्र प्रसाद हुमागाईं, माण्डवी थापा,रुकु बिष्टलगायत छात्रवृत्ति दाता शिक्षक अनिल कुमार थापा, जनक हुमागाई,जनप्रतिनिधिज्यूहरू,छिमेकी विद्यालयबाट पाल्नु हुने प्रधानाध्यापक ज्यूहरु, समाजसेवी, शिक्षासेवी तथा विद्यालयका पूर्व विद्यार्थीहरू,आम अभिभावकज्यू, प्यारा प्यारा विद्यार्थी भाइबहिनीहरू, शिक्षक तथा कर्मचारी साथीहरु,विद्यालयलाई माया गर्ने व्यक्तित्वहरूको उपस्थिति र आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। यहाँहरूको सल्लाह, सुझाव तथा मार्गदर्शनलाई सदैव शिरोपर गर्दै हजुरहरूसँग हातेमालो गरेर विद्यालय निरन्तर उन्नत शैक्षिक गन्तव्य प्राप्तिमा लाग्ने नै छ भन्नेमा हामी विश्वस्त छौं उपस्थितिका निमित्त हजुरहरूप्रति हामी विशेष कृतज्ञ र आभारी छौं ।
कार्यक्रमका मुख्य आकर्षणहरू :
१. एसईई २०८२ मा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा बिदाई
२.अक्षय कोष दाताहरूलाई सम्मान
३. गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण
४.विद्यालयका संस्थापक व्यक्तित्व श्री पद्मधवज थापाज्यूको सम्झनामा उहाँको परिवारका सदस्यबाट विद्यालयको चौरमा यसै वर्षभित्र ब्लक बिच्छ्याइदिने योजनाको घोषणा
५.पूर्व विद्यार्थी जयन्द्र लाकौलज्यूबाट यस वर्ष विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई निःशुल्क ट्रयाकसुट वितरण गर्ने घोषणा
६.पनौती ९ निवासी समाजसेवी व्यक्तित्व श्री जनक हुमागाईज्यूबाट नगद रु. २५,१२५। - प्राप्त
७.धुलिखेल नगरपालिकाबाट यसै शैक्षिक सत्रमा डिजिटल विद्यालय बनाउन आवश्यक सहयोग हुने प्रतिबद्धता
८.काभ्रे माध्यमिक विद्यालय पनौतीका प्रधानाध्यापक श्री बसन्त नेपालज्यूबाट सहयोगस्वरूप विद्यालयका लागि बर्थडे केक प्रदान
९.प्रधानाध्यापक ज्यूबाट विद्यालयको विगत, विद्यमान अवस्था, चुनौती तथा भावी योजना र शैक्षिक रणनीतिका बारेमा प्रष्टीकरण
१०.विद्यार्थी भाइबहिनीहरूबाट विभिन्न बाल प्रतिभाहरूको प्रदर्शन
११.व्यवस्थित पुस्तकालयको औपचारिक शुभारम्भ
१२.अभिभावकहरूको सकारात्मक चिन्तन,साथ र समर्थन
१३. अतिथि महानुभावहरूको सकारात्मक मनसायसहितको सुझाव र शुभकामना मन्तव्य
१४.उपस्थित सम्पूर्ण महानुभावहरूलाई खाजाको व्यवस्थापन
१५.सबैको मुहारमा सकारात्मक शैक्षिक चेतनासहितको उमङ्ग
यहाँहरू सबैको सकारात्मक सुझाव,साथ र समर्थनको अपेक्षासहित धन्यवाद ! जय कालिका! हाम्रो कालिका!! राम्रो कालिका!!! सबैको कालिका!!!!

25/06/2026
24/06/2026
उपस्थितिका निमित्त सविनय अनुरोधसहित जानकारी सेयर गरेका छौं । निश्चय पनि समय दिनु हुनेछ भन्नेमा विश्वस्त छौँ।
23/06/2026

उपस्थितिका निमित्त सविनय अनुरोधसहित जानकारी सेयर गरेका छौं । निश्चय पनि समय दिनु हुनेछ भन्नेमा विश्वस्त छौँ।

Address

Dhulikhel/10 , Sharada Batase, Kavrepalanchok
Dhulikhel

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 17:00

Telephone

+9779851113434

Website

Alerts

Be the first to know and let us send you an email when Kalika Secondary School, Dhulikhel-10, Batase posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kalika Secondary School, Dhulikhel-10, Batase:

Shortcuts

Share

Category