23/08/2026
We’re here for you, juniors! 💙🎓
From guidance and study materials to academic support, NTBNS is always ready to help you make your engineering journey easier. 🤝📚
Together, we grow. Together, we succeed! 🚀✨
17/08/2026
नाग देवताको कृपा सधैं रहोस्। शुभ नाग पञ्चमी! ✨
10/08/2026
🇳🇵 हाम्रो क्याम्पसकी Alumna Ar. Priyanka Karn लाई हार्दिक बधाई! 🌍
जलवायु–प्रतिरोधी आवास (Climate-Resilient Housing) सम्बन्धी आफ्नो अनुसन्धान प्रस्तुत गर्न उहाँ IDEAS 2026 (Queen's University, Canada र IIT Roorkee द्वारा सह-आयोजित अन्तर्राष्ट्रिय सम्मेलन) मा छनोट हुनुभएको छ। यो केवल उहाँको व्यक्तिगत उपलब्धि मात्र नभई नेपाल र हाम्रो क्याम्पसका लागि पनि गर्वको विषय हो। 🇳🇵✨
यस महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न आवश्यक खर्च व्यवस्थापनका लागि उहाँले हाल **crowdfunding campaign सञ्चालन गरिरहनुभएको छ। हालसम्म लक्ष्यको करिब १०% मात्र रकम संकलन भएको छ र समय पनि सीमित भएकाले, हाम्रो सानो सहयोगले उहाँको यात्रामा ठूलो योगदान पुर्याउन सक्छ। ❤️
उहाँको अभियानबारे थप जानकारी लिन तथा सहयोग गर्न इच्छुक हुनुहुन्छ भने तलको लिंकमा जानुहोस्:
🔗 Campaign Link:
https://drive.google.com/drive/folders/1iIPri1tuCoi_jLNNEEtpirplhj6fmNMm?usp=sharing
🙏 कृपया यो सन्देश सकेसम्म धेरै share, circulate र amplify गरिदिनुहोस्।
आफ्नो क्याम्पसकी प्रतिभालाई साथ दिऔँ, अनुसन्धानलाई प्रोत्साहन गरौँ, र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा अझ गौरवका साथ चिनाउन योगदान पुर्याऔँ। 🇳🇵❤️
08/08/2026
NTBNS द्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, शिक्षक, विद्यार्थी तथा नेपाल रेडक्रस सोसाइटी प्रति हार्दिक आभार तथा धन्यवाद।
५२ जना पुरुष रक्तदाता र ३ जना महिला रक्तदातासहित कुल ५५ जना रक्तदाताहरू ,तपाईंहरूको सहयोग, साथ र सहभागिताले यो कार्यक्रमलाई अझ विशेष बनाएको छ।
कार्यक्रमका सम्पूर्ण तस्बिरहरू यहाँ हेर्नुहोस्:
https://drive.google.com/drive/folders/1sz2tqibrCYAxAQ8ASgBintwvx1MmE-SF
#रक्तदान
06/08/2026
आउनुहोस्, नेपाल तराई विद्यार्थी नवजागरण संघ (NTBNS) र नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा सहभागी बनौं।
❤️ तपाईंको एक पिन्ट रगत, कसैको सम्पूर्ण जीवनको आशा।
📅 मिति: २०८३ साल श्रावण २२ गते, शुक्रबार
🕘 समय: बिहान ९:०० बजेदेखि
📍 स्थान: बरपिपल चौतारी, इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पस, धरान
🎁 प्रत्येक रक्तदातालाई प्रमाणपत्र, नेपाल रेडक्रस सोसाइटीको डोनर कार्ड, फलफूल तथा जुस प्रदान गरिनेछ।
रक्तदान गरौं, जीवन बचाऔं। ❤️🩸
02/08/2026
NTBNS, IOE Purwanchal campus proudly presents the Player of the Match award for her outstanding performance in the ERC Girls Football League .🏆⚽ Congratulations on this well-deserved recognition.
🌸
02/08/2026
NTBNS, IOE Purwanchal campus proudly presents the Player of the Match award for her outstanding performance in the ERC Girls Football League.🏆⚽ Congratulations on this well-deserved recognition! 🎉
30/07/2026
🪔 दीपको उज्यालो, मन्त्रको मधुर ध्वनि र भक्तिको भावबीच सम्पन्न भयो श्री सरस्वती सन्ध्या आरती। सम्पूर्ण भक्तजनमा हार्दिक धन्यवाद। जय माता सरस्वती! 🙏✨