बृहत् विद्यालय सरसफाइ कार्यक्रम २०८३/४/१५
पहिलो चरण ,वि.व्य.स.शिक्षक,विद्यार्थी ,जनप्रतिनिधि ,अभिभावक ज्यूहरुको सहभागीता ।
Mahendra Secondary School, Chakraghatti, Sunsari
Official Page of Shree Mahendra Secondary School, Barahakshetra-6, Chakraghatti, Sunsari
30/07/2026
छात्रवृत्ति वितरण २०८३/०४/१३
30/07/2026
सामाजिक कार्यमा सहभागी बनौं!
26/07/2026
यस विद्यालयका शिक्षक अभिभावक संघ सदस्य श्री सरस्वती बस्तेत, बराहक्षेत्र-६ बाट विद्यालयमा निर्माणाधीन डा. भद्र पोख्रेल स्मृति सभा हलका लागि १० थान कुर्सीहरू तथा सदस्य श्री गीता थापा, बराहक्षेत्र-६ बाट ६ थान कुर्सीहरू यहाँहरू मार्फत् विद्यालयमा केही हप्ता अगावै प्राप्त भइसकेका छन्। विद्यालयको उन्नयनका लागि यहाँहरूले गर्नुभएको यो सहयोग हाम्रा लागि उल्लेखनीय छ। हार्दिक धन्यवाद! 🎉
यस श्री महेन्द्र माध्यमिक विद्यालय बराहक्षेत्र -६,मा बनिरहेको डा. भद्र पोखरेल स्मृति सभाहलका लागि SLC समूह २०५६ श्री महेन्द्र मा.वि.चक्रघट्टी बाट समूह अध्यक्ष दिपु राजधामी सचिव रामजी चौधरी तथा समूह सदस्य साथीहरुको उपस्थितिमा आवश्यक कुर्सीहरू प्रदान गर्नुभएको छ। उहाँहरुमा हार्दिक धन्यवाद। सहयोगहरू निरन्तर आइरहेका छन् । विद्यालयको ठूलो आवश्यकता पूरा हुने क्रममा छ। 💜यो पुण्यको अभियानमा सहभागी हुन सबैमा अनुरोध छ ।
18/07/2026
कक्षा १२ को माैका परीक्षामा सहभागी हुने सम्पुर्ण विद्यार्थीहरुमा सफलताको शुभकामना । परीक्षा हुने विषय र समय तलको तालिकामा हेरेर प्रष्ट हुन अनुरोध छ ।
16/07/2026
ऐतिहासिक स्थलको ऐतिहासिक पदयात्रा, कक्षा १२ सँग धरान धनकुटा साँगुरीगढी 😍
For high quality: https://youtu.be/EE1i7RtOB4s?si=ubhs_wZWLzQHHOCP
13/07/2026
कक्षा १२ का हिड्न इच्छा गर्ने विद्यार्थीहरूको समूहले धरानबाट सिधै माथि भेडेटारसम्मको ठाडो उकालो भएर पार हुने प्राचीन र ऐतिहासिक पदमार्गलाई पदयात्रा मार्फत् (Hiking) पार गरेको छ। यसको मुख्य आकर्षक साँगुरी गढी रह्यो। यहाँ करिब २५० वर्षपूर्व किराँत/लिम्बूवान राजाहरूले राज्य गर्थे। यसलाई पूर्वी पहाडी क्षेत्रको सुरक्षा गर्न र व्यापारको निगरानी राख्न सामरिक सैनिक किल्लाका रूपमा बनाइएको थियो। यात्रा हाम्रा लागि अविस्मरणीय रहयो।
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Address
Dharan