27/09/2026
श्री सम्पूर्ण अभिभावकज्यूहरूमा
सादर नमस्कार।
यही असोज २१ गतेदेखि सञ्चालन हुन गइरहेको दोस्रो त्रैमासिक परीक्षाको समय नजिकिँदै आएको छ।यस महत्त्वपूर्ण घडीमा हाम्रा नानीबाबुहरूको उत्कृष्ट शैक्षिक उपलब्धिका लागि यहाँहरूको साथ,सहयोग र सहकार्यको हामी हार्दिक अपेक्षा गर्दछौँ।
हामीले विगतका दिनहरूमा पनि विद्यार्थीहरूको शैक्षिक प्रगति र उपलब्धिका लागि विद्यालय,अभिभावक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्बन्ध अत्यन्त महत्त्वपूर्ण रहने कुरालाई जोड दिँदै आएका छौँ। यस परीक्षाको समयमा पनि यही सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सकेमा हाम्रा बालबालिकाहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्न र अपेक्षित उपलब्धि हासिल गर्न थप सहज हुनेछ।
तसर्थ,परीक्षाको अवधिभरि यहाँहरूले आफ्नो अनुकूल समय व्यवस्थापन गरी आफ्ना नानीबाबुहरूलाई आवश्यक मार्गदर्शन,साथ,सहयोग,स्नेह र हौसला प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।विद्यार्थीहरूको नियमित अध्ययन, समय व्यवस्थापन तथा मानसिक उत्साहमा अभिभावकहरूको सकारात्मक भूमिका अत्यन्त महत्त्वपूर्ण रहनेछ।
विद्यालय,अभिभावक र विद्यार्थीको एकताबद्ध प्रयास नै सफलताको आधार हो।यहाँहरूले प्रदान गर्नुहुने अमूल्य साथ, सहयोग र सहकार्यको हामी अवश्य नै उच्च मूल्यांकन गर्नेछौँ।यहाँहरूको निरन्तर साथ,सहयोग र सहकार्यका लागि हार्दिक धन्यवाद।
सादर,
विद्यालय परिवार