01/10/2026
मिति २०८३/०६/१४ गते, बुधबारका दिन नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज (NSAND) ले Holy Garden Academy, धरान मा Leo Club of Dharan, Bijaypur सँगको सहकार्यमा एकदिने पोषण सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यो।
उक्त कार्यक्रममा विद्यार्थीहरूलाई स्वस्थ तथा सन्तुलित आहार, किशोरावस्था, पोषण, महिनावारी स्वास्थ्य लगायतका विषयमा पोषणसम्बन्धी ज्ञान तथा सचेतना प्रदान गरिएको थियो।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने Holy Garden Academy, Leo Club of Dharan, Bijaypur लगायत सम्पूर्ण सहयोगी हातहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।