Shree Public High school,Dharan 12, Science and Electrical

Shree Public High school,Dharan 12, Science and Electrical

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Public High school,Dharan 12, Science and Electrical, School, Dharan/12, Dharan.

Photos from Shree Public High school,Dharan 12, Science and Electrical  's post 08/08/2026

श्री पब्लिक हाइ स्कुल धरान-१२ को ८१औं सथापना दिवसका उपलक्ष्यमा विद्यालयको उन्नति र प्रगतिको कामना ।

Photos from Shree Public High school,Dharan 12, Science and Electrical  's post 07/08/2026

Photos from Shree Public High school,Dharan 12, Science and Electrical  's post 27/07/2026
Photos from Shree Public High school,Dharan 12, Science and Electrical  's post 25/07/2026

HM lab

Photos from Shree Public High school,Dharan 12, Science and Electrical  's post 25/07/2026

Science lab.

Photos from Shree Public High school,Dharan 12, Science and Electrical  's post 25/07/2026

सरस्वती बाल आश्रमको ३४औँ वार्षिकोत्सवमा कक्षा १२ उत्तीर्ण विद्यार्थी सम्मानित

धरान, साउन ९ — सरस्वती बाल आश्रम, धरानको ३४औँ वार्षिकोत्सवका अवसरमा आश्रममा आश्रित कक्षा १२ उत्तीर्ण चार जना विद्यार्थी तथा एसईई उत्तीर्ण एक जना विद्यार्थीलाई सम्मान गरिएको छ। शनिबार आश्रमको सभाहलमा आयोजित कार्यक्रममा उनीहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको हो।

सम्मानित हुनेमा श्री पब्लिक हाई स्कुल, धरान–१२ बाट कक्षा १२ उत्तीर्ण गरेका रोजक विक, रोहन विक, अनिशा फुयाल र निशा फुयाल रहेका छन्। त्यसैगरी, श्री शिक्षा सदन माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका आयुष भुजेललाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा श्री पब्लिक हाई स्कुल, धरान–१२ का प्रधानाध्यापक डा. इन्द्र मोहन झाले आश्रमका विद्यार्थीहरूले उत्कृष्ट नतिजासहित कक्षा १२ उत्तीर्ण गरेकोमा बधाई दिँदै उनीहरूलाई सम्मान गर्न पाएकोमा आफूलाई गर्व लागेको बताए। उनले सरस्वती बाल आश्रमले बालबालिकाको शिक्षा, संरक्षण र उज्ज्वल भविष्य निर्माणमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै अध्यक्ष रुकमणि मास्केलगायत सम्पूर्ण कार्यसमितिलाई धन्यवाद ज्ञापन गरे।

वार्षिकोत्सवको अवसरमा दीप प्रज्वलन तथा केक काटेर आश्रमको उज्ज्वल भविष्यको कामना गरिएको थियो। कार्यक्रममा प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ तथा धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सृजना नेपालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

शुभकामना मन्तव्यका क्रममा आश्रमका सल्लाहकारसमेत रहेका प्रा. डा. श्रेष्ठले आश्रममा प्रत्येक पटक आउँदा नयाँ–नयाँ सकारात्मक सुधार देखिएको उल्लेख गर्दै मञ्चमा राखिने परम्परागत ब्यानरको सट्टा स्मार्ट बोर्ड जडान गर्न प्रस्ताव गरे। उनले उक्त कार्यका लागि आफूले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै इच्छुक दाताहरूबाट समेत सहयोग संकलन गर्न आश्रमलाई सुझाव दिए।

आश्रमकी अध्यक्ष रुकमणी मास्केले धन्यवाद ज्ञापन गर्दै संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, विभिन्न समयका पदाधिकारी, दाताहरू, कर्मचारी तथा आश्रममा आश्रित बालबालिकाप्रति आभार व्यक्त गरिन्। उनले आश्रमको निरन्तर प्रगति र बालबालिकाको भविष्य निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन्।

कार्यक्रममा आश्रमकी दोस्रो उपाध्यक्ष शान्ता अधिकारीले स्वागत मन्तव्य र कार्यकारी सदस्य एवम् कार्यक्रम संयोजक ममता पौडेलले धन्यवाद मन्तव्य र उत्तिर्ण विधार्थीको तर्फबाट रोजक विकले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन आश्रमका सचिव राजेन्द्र कुमार भण्डारीले गरेका थिए।

वार्षिकोत्सव समारोहमा आश्रमका पदाधिकारी, शुभेच्छुक, दाताहरू, शिक्षाविद्, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहले आश्रमको सामाजिक योगदानसँगै आश्रित बालबालिकाको शैक्षिक उपलब्धिलाई सम्मान गर्दै उनीहरूलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरिएको थियो।

Photos from Shree Public High school,Dharan 12, Science and Electrical  's post 19/07/2026

साप्ताहिक प्रयोगात्मक कक्षा ११ विज्ञान संकायका physics, chemistry ,Biology का कक्षाहरू पब्लिक हाइस्कुलका प्रधानाध्यापक डा. इन्द्रमोहन झा साथै सहायक प्रधानाध्यापक सन्तोष कुमार रेग्मीद्वारा अवलोकन का दृश्यहरू

Photos from Shree Public High school,Dharan 12, Science and Electrical  's post 16/07/2026

यस श्री पब्लिक हाइ स्कुल, धरान १२ का शिक्षक मित्र इन्जिनियर नवल किशोर साह र इन्जिनियर सुनिल कुमार महत्तो नेपाल विद्युत प्रधिकरणका नाम निकाल्न सफल भइ स्थायी कर्मचारीको रुपमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै विद्यालयको साइन्स तथा इलेक्ट्रिकल डिपार्टमेन्टबाट विदाई गर्दै फेरी भेटैला कार्यक्रमको आयोजना गरियो ।

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dharan/12
Dharan