Bishnu Memorial Secondary School,Dharan 9

Bishnu Memorial Secondary School,Dharan 9

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bishnu Memorial Secondary School,Dharan 9, Education, Acharya Line, Dharan/9, Dharan.

VISION STATEMENT:
We envision to become a top-notch school with a reputation for scholastic and co-scholastic excellence in both the region and the country, thereby helping create a better future for our pupils.

26/06/2026

साप्ताहिक ECA सम्बन्धमा
१) मिति २०८३ असार १३ र १४ गते (शनिबार र आइतबार) तालिकामा उल्लेख भए बमोजिमका कार्यक्रमहरू (मेयर कप स्कुल ओलम्पिक लक्षित) संचालन हुने भएकाले सम्बन्धित विद्यार्थी तथा अभिभावकज्यूहरूलाई (तोकिएको समय भन्दा १० मिनेट अघि मात्र) उपस्थित हुन / आफ्ना नानीलाई उपस्थित गराउनुहुन जानकारी गराइएको छ । साथै उल्लेखित ECA मा सहभागी हुने विद्यार्थीका अभिभावकज्यूहरूले तोकिएको समयमा आ-आफ्ना नानीहरूको आउने/जाने व्यवस्था आफैले गर्नुपर्ने छ।
२) Outdoor संचालन हुने क्रियाकलापहरू प्रतिकुल मौसम भएमा स्थगित हुने सक्ने भएकाले उक्त समयमा मौसम प्रतिकुल देखिएमा सम्बन्धित खेल प्रशिक्षकसँग सम्पर्क गरेर मात्र आ-आफ्नो नानीहरू पठाउनु हुन समेत जानकारी गराईन्छ। डेंगु, ज्वरो, आँखा पाक्ने तथा अन्य स्वास्थ्य समस्या भएका विद्यार्थीहरूलाई केही समय यस्ता क्रियाकलापमा सहभागी नहुन जानकारी गराइन्छ ।
माथि उल्लेखित कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई मोबाइल फोन तथा मुल्यवान वस्तु ल्याउन प्रतिवन्ध गरिएको छ। यदि कुनै विद्यार्थीले यस्ता सामग्री ल्याएमा/ दुरुपयोग गरेमा कारवाही हुने समेत जानकारी गराइएको छ।
३) खेल अभ्यासका क्रममा वा खेलदौरान कुनै पनि चोटपटक लागेमा प्राथमिक उपचार बाहेक अन्य जिम्मेवारी सम्बन्धित अभिभावकको नै हुने जानकारी गराइन्छ ।
४) थप जानकारीको लागि तालिकामा उल्लेख भए बमोजिमका सम्बन्धित खेल प्रशिक्षक वा ECA इन्चार्जसॅग सम्पर्क गर्न सकिने छ । धन्यवाद!

Photos from Bishnu Memorial Secondary School,Dharan 9's post 24/06/2026

ट्राफिक सचेतना, लागु औषध दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्बन्धमा

नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान र धनकुटा बहुमुखी क्याम्पसको आयोजना र संयोजनमा
● ट्राफिक सचेतना
● लागु औषध दुर्व्यसन
● साइबर अपराध
सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। यस विद्यालयमा कक्षा ११ व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीहरूको सहभागितामा मिति २०८३ असार ९ गते मंगलबार धरान किचेन होटेलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
विद्यार्थीहरूमा सामाजिक, नैतिक तथा कानुनी चेतनाको विकास गर्ने उद्देश्यले ट्राफिक सचेतना, लागू औषध दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी उक्त ४ घण्टे सचेतनामूलक कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञ तथा सुरक्षा निकायका अधिकृतहरूले ट्राफिक नियमको पालना, सुरक्षित सडक प्रयोग, लागू औषधको दुष्प्रभाव तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी दिएका थिए। यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार, अनुशासित र सचेत नागरिक बन्न प्रेरित गर्ने विश्वास गरिएको छ। विशेषगरी किशोरावस्थामा बढ्दै गएको लागू औषधको जोखिम र डिजिटल माध्यमको दुरुपयोग र सडक दुर्घटनाबारे समयमै जानकारी प्राप्त हुँदा विद्यार्थीहरू गलत गतिविधिबाट टाढा रहन र सुरक्षित रहन सक्षम हुनेछन्। साथै, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत गोपनीयताको संरक्षण तथा साइबर सुरक्षाका आधारभूत उपायबारे समेत उनीहरूलाई सचेत बनाइएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमलाई अत्यन्त उपयोगी र ज्ञानवर्द्धक भएको प्रतिक्रिया दिएका छन्। यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै सुरक्षित, स्वस्थ र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस अवसरक लागि सम्बन्धित सबैलाई हार्दिक धन्यवाद!
Nepal Police

Photos from Bishnu Memorial Secondary School,Dharan 9's post 23/06/2026

गत हप्ताको अतिरिक्त क्रियाकलाप (ECA) झलकहरू...

23/06/2026

𝕺𝖓𝖈𝖊 𝖆𝖌𝖆𝖎𝖓 𝕮𝖔𝖓𝖌𝖗𝖆𝖙𝖚𝖑𝖆𝖙𝖎𝖔𝖓𝖘!!!
Published in today's Blast Times National Daily

Photos from Bishnu Memorial Secondary School,Dharan 9's post 22/06/2026

FIFA Worldcup Celebrations

यस विष्णु मेमोरियल माध्यमिक विद्यालय धरान ९ मा प्ले ग्रुपदेखि कक्षा २ सम्मका इच्छुक विद्यार्थीहरूको सहभागितामा हाल सञ्चालन भइरहेको विश्वकप फुटबल प्रतियोगिताको सेलेब्रेसन कार्यक्रम सम्पन्न भएको छ। उक्त अवसरमा विद्यार्थीहरूले आआफ्नो रोजाइको टिमको जर्सी लगाएर सिलेब्रेसनमा सहभागी भएका थिए।

20/06/2026

Thanks are due to our students, parents & guardians, teaching & non-teaching staffs and well wishes for this incredible achievement.

Photos from Bishnu Memorial Secondary School,Dharan 9's post 20/06/2026

कक्षा ११ को स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्बन्धमा
यस विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको निम्ति मिति २०८३ असार ५ गते शुक्रबार विद्यालयको सभा हलमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा यसै विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्ति (100 % Scholarship) प्राप्त गरी अध्ययन पुरा गरेका तथा हालै सोही प्रतिष्ठानबाट MS Orthopaedics समेत उत्तीर्ण गरेका पूर्व विद्यार्थी डा. अंकित श्रेष्ठ रहनुभएको थियो।
उक्त अवसरमा विद्यालयको तर्फबाट विशेष अतिथिलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। सोही अवसरमा HISSAN सुनसरीद्वारा सञ्चालित कक्षा ११ को वार्षिक परीक्षामा GPA 4.0 प्राप्त गर्ने विद्यार्थी सिसुहाङ राई तथा ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीहरू अन्सुल अग्रवाल, आरसी खत्री, रोनीशा श्रेष्ठ तथा सार्थक निरौलालाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो। साथै कक्षा १० को SEE परीक्षामा GPA 4.0 प्राप्त गरी यस विद्यालयमा कक्षा ११ अध्ययनका निम्ति भर्ना भएका विद्यार्थीहरु सेजल गुप्ता तथा इसान क्षेत्रीलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा 10+2 कार्यक्रम संयोजक नवीन शाक्य, विशेष अतिथि डा. अंकित श्रेष्ठ, कक्षा ११ मा GPA 4.0 प्राप्त गर्ने विद्यार्थी शिशुहाङ राई तथा विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठद्वारा भर्ना भएका विद्यार्थीहरूलाई ११ र १२ का विषय तथा अध्ययन क्षेत्र, अनुशासन तथा यस विद्यालयका अन्य विविध पक्षहरूबारे आवश्यक जानकारीमूलक मन्तव्य व्यक्त गरिएको थियो। कक्षा १२ का विद्यार्थीहरूले उक्त अवसरमा सुन्दर स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

20/06/2026

साप्ताहिक ECA सम्बन्धमा
१) मिति २०८३ असार ६ र ७ गते (शनिबार र आइतबार) तालिकामा उल्लेख भए बमोजिमका कार्यक्रमहरू संचालन हुने भएकाले सम्बन्धित विद्यार्थी तथा अभिभावकज्यूहरूलाई (तोकिएको समय भन्दा १० मिनेट अघि मात्र) उपस्थित हुन / आफ्ना नानीलाई उपस्थित गराउनुहुन जानकारी गराइएको छ । साथै उल्लेखित ECA मा सहभागी हुने विद्यार्थीका अभिभावकज्यूहरूले तोकिएको समयमा आ-आफ्ना नानीहरूको आउने/जाने व्यवस्था आफैले गर्नुपर्ने छ।
२) Outdoor संचालन हुने क्रियाकलापहरू प्रतिकुल मौसम भएमा स्थगित हुने सक्ने भएकाले उक्त समयमा मौसम प्रतिकुल देखिएमा सम्बन्धित खेल प्रशिक्षकसँग सम्पर्क गरेर मात्र आ-आफ्नो नानीहरू पठाउनु हुन समेत जानकारी गराईन्छ। डेंगु, ज्वरो, आँखा पाक्ने तथा अन्य स्वास्थ्य समस्या भएका विद्यार्थीहरूलाई केही समय यस्ता क्रियाकलापमा सहभागी नहुन जानकारी गराइन्छ ।
माथि उल्लेखित कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई मोबाइल फोन तथा मुल्यवान वस्तु ल्याउन प्रतिवन्ध गरिएको छ। यदि कुनै विद्यार्थीले यस्ता सामग्री ल्याएमा/ दुरुपयोग गरेमा कारवाही हुने समेत जानकारी गराइएको छ।
३) खेल अभ्यासका क्रममा वा खेलदौरान कुनै पनि चोटपटक लागेमा प्राथमिक उपचार बाहेक अन्य जिम्मेवारी सम्बन्धित अभिभावकको नै हुने जानकारी गराइन्छ ।
४) थप जानकारीको लागि तालिकामा उल्लेख भए बमोजिमका सम्बन्धित खेल प्रशिक्षक वा ECA इन्चार्जसॅग सम्पर्क गर्न सकिने छ । धन्यवाद!
For FOOTBALL, only selected players for Mayor Cup will attend training session this week.

ᴺ.ᴮ. : ᴰᵘᵉ ᵗᵒ ˢᵒᵐᵉ ᵗᵉᶜʰⁿⁱᶜᵃˡ ᵃⁿᵈ ˡᵒᵍⁱⁿ ⁱˢˢᵘᵉˢ ʷⁱᵗʰ ᵒᵘʳ ᶠᵃᶜᵉᵇᵒᵒᵏ ᵖᵃᵍᵉ, ᵗʰᵉ ⁿᵒᵗⁱᶜᵉ ᵍᵒᵗ ᵘᵖˡᵒᵃᵈᵉᵈ ˡᵃᵗᵉ. ᴵⁿᶜᵒⁿᵛᵉⁿⁱᵉⁿᶜᵉ ᶜᵃᵘˢᵉᵈ ⁱˢ ʳᵉᵍʳᵉᵗᵗᵉᵈ. ᴴᵒʷᵉᵛᵉʳ, ⁱᵗ ʷᵃˢ ᵖᵘᵇˡⁱˢʰᵉᵈ ᵒⁿ ᵗʰᵉ ˢᶜʰᵒᵒˡ ⁿᵒᵗⁱᶜᵉᵇᵒᵃʳᵈ ᵈᵘʳⁱⁿᵍ ˢᶜʰᵒᵒˡ ʰᵒᵘʳˢ ʸᵉˢᵗᵉʳᵈᵃʸ.

19/06/2026

हार्दिक बधाई तथा शुभकामना!
(100% Results in both: SCIENCE & MANAGEMENT)

राष्ट्रिय परीक्षा बोर्डद्वारा आज मिति २०८३ साल असार ५ गते प्रकाशित कक्षा १२ को .एल.सी परीक्षाको नतिजा अनुसार यस विद्यालयबाट उक्त परीक्षाका सम्पूर्ण विषयमा सहभागी भएका जम्मा १२२ जना विद्यार्थीहरू उत्कृष्ट GPA सहित (GPA.३.६१ - ४.० = २९ जना, GPA ३.२१ - ३.६० = ८१ जना, GPA २.८१ - ३.२० = ११ जना र GPA २.४१ - २.८० = १ जना) शत प्रतिशत (100%) उत्तीर्ण भएको सहर्ष जानकारी गराउँदछौं । साथै यस उत्कृष्ट सफलतामा योगदान पुर्‍याउनुहुने हाम्रा अत्यन्त अनुशासित तथा मेधावी विद्यार्थीहरू, लगनशील तथा कर्तव्यनिष्ठ शिक्षक कर्मचारी, सहयोगी अभिभावक तथा शुभेच्छुकवर्गमा हार्दिक बधाई तथा आभार ज्ञापन गर्दछौं।

नतिजा विवरण: ℍ𝕚𝕘𝕙𝕖𝕤𝕥 𝔾ℙ𝔸 𝟛.𝟡𝟚

विज्ञान तर्फ (Science): ८४
३.६१ - ४.० = १९
३.२१ - ३.६० = ५७
२.८१ - ३.२० = ८

व्यवस्थापन तर्फ (Management): ३८
३.६१ - ३.७५ = १०
३.२१ - ३.६० = २४
२.८१ - ३.२० = ३
२.४१ - २.८० = १
Congratulations!!!!

19/06/2026

कक्षा १२ को नियमित कक्षा सञ्चालन सम्बन्धमा

यही २०८३ साल जेष्ठ महिनामा सञ्चालन भएको कक्षा ११ को बार्षिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरूको कक्षा १२ को नियमित पठन-पाठन मिति २०८३ असार ०८ गते सोमबारदेखि सञ्चालन हुने हुँदा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयको नियम अनुसार हुने गरी कपाल, पोशाक, पाठ्यपुस्तक, समय र अन्य आवश्यक व्यवस्थापन गरी कक्षामा उपस्थित हुन जानकारी गराइन्छ।
थप जानकारीको लागि कक्षा ११ र १२ का तहगत संयोजक श्री नबिन शाक्य (9842081272) सँग वा विद्यालयको सम्पर्क नं. मा सम्पर्क गर्न सकिने छ । धन्यवाद !

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Acharya Line, Dharan/9
Dharan
56700

Opening Hours

Monday 06:00 - 16:15
Tuesday 06:00 - 16:15
Wednesday 06:00 - 16:15
Thursday 06:00 - 16:15
Friday 06:00 - 13:30
Sunday 06:00 - 16:15