Neehing Guru

Neehing Guru neehing guru is spiritual lovism philosophy teacher of heavenly path , co ordinate of spiritual assembly Guru circle .

सेमिङ गुरु नेपाल Bikram Rai ज्युको पुज्यनीय पिता रामनाथ याङमा राई ज्युको ६६ वर्षको उमेरमा भएको असमाहिक निधनको खबरले स्तब...
17/12/2023

सेमिङ गुरु नेपाल Bikram Rai ज्युको पुज्यनीय पिता रामनाथ याङमा राई ज्युको ६६ वर्षको उमेरमा भएको असमाहिक निधनको खबरले स्तब्ध भएको छु । बाबाको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै वैकुण्ठमा बास मिलोस भनी माङ परमात्मा संग प्रार्थना गर्दै शोकाकुल परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक समवेदना प्रकट गर्दछु ।

सुरूवाती चरणमा एउटै कार्यको लागि कुद्न सहयाता गर्नुहुने, हेभेन्ली पाथ अर्गनाइजेसन नेपालको परिकल्पना भन्दा पहिलाबाटै गुरू...
30/09/2021

सुरूवाती चरणमा एउटै कार्यको लागि कुद्न सहयाता गर्नुहुने, हेभेन्ली पाथ अर्गनाइजेसन नेपालको परिकल्पना भन्दा पहिलाबाटै गुरूहजुरको चरणमा रहि कार्य गर्नुहुने, हेभेन्ली पाथ नेपालको संस्थापक पहिलो अधिवेशन बाट उपाध्यक्षको भुमिका निभाउदै आउनुभएको हेभेन्ली पाथ को लागि मोरङ जिल्लाको खम्बाको रूपमा रहनुभएको अति आदरणीय बाबा डम्बर सिङ राईज्युको असमाहिक निधनको खबरले स्तब्ध तुल्याएको छ । बाबाको आत्माको चिर शान्तिको कामना सहित वैकुण्ठमा बास मिलोस भन्दै उनै माङ परमात्मा संग प्रार्थना गर्दै शोकाकुल परिवार जन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भनी हार्दिक समवेदना प्रकट गर्दछु ।

जय ! प्रेम

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुले ध्यानदिनुपर्ने कुराहरु : डा. रवीन्द्र पाण्डे १. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला...
03/05/2021

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुले ध्यानदिनुपर्ने कुराहरु : डा. रवीन्द्र पाण्डे

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ ।
(क) पेटमा २ वटा सिरानी,
(ख) टाउकोमा एउटा सिरानी र
(ग) खुट्टाको गोलिगाँठानेर एउटा सिरानी
राखेर पेटको बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप/ट्याब्लेट खान सकिन्छ ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि (एन्टिभाइरल / एन्टिबायोटिक) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला । अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रामक छ ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिंदा आराम हुन्छ ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला । नआत्तिनुहोला ।

१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक संजाल नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला । त्यस्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।
(डा. पाण्डे बरिस्ठ जनस्वास्थ्य बिज्ञ हुन)

सेवाङमी !!!प्रीय यात्रीजन आजको शिक्षा यसरी सुरू गरौ ।काग एकमात्र एउटा यस्तो पन्छि हो, जसले चीललाई आफ्नो अधिनमा राख्न खोज...
08/01/2021

सेवाङमी !!!
प्रीय यात्रीजन आजको शिक्षा यसरी सुरू गरौ ।

काग एकमात्र एउटा यस्तो पन्छि हो, जसले चीललाई आफ्नो अधिनमा राख्न खोज्दछ । चीलको पछाडि बसेर घाँटीमा टोक्के कोसिस गर्दछ । जे भए पनि चीलले कागप्रति कुनै वास्त गर्दैन । कागसँग लडाइँ गरेर चीलले आफ्नो समय र बल खर्च गर्दैन र खेर फाल्दैन । तर आफ्नो पखेटा फिँजाउँदै माथि माथि आकशतर्फ उड्न थाल्दछ ।

चील एकमात्र यस्तो पन्छि हो जो सबैभन्दा धेरै उचाइमा उड्ने गर्दछ । जति चील माथि माथि धेरै उचाइमा पुग्दछ । तब कागलाई श्वासप्रश्वास प्रक्रियामा असहज हुनजान्छ । अखिरमा अक्सिजनको कमिले गर्दा काग तल खस्दछ ।

तपाईंले पनि सबै किसिमको युद्ध र आलोचनाहरु माथि बदला लिनु, त्यसमा वास्था गर्नेुपर्ने र जवाफ दिनुपर्ने आवश्यक छैन ।

त्यसैले आज प्रभुको मार्गमा हिड्नलाई बाधा ल्याउने सबै मानिसहरु काग जस्तै हुन्, जसले हामीलाई अधीनमा राख्नको निम्ति धेरै बाधा ल्याउन खोज्दछ । तपाईं चील जस्तै हुनुहोस् ।

यसैले गर्दा त्यस्ता कागहरु सँग तपाईंको समयलाई बर्बाद गर्न रोक्नुहोस् । केबल तपाईं उनिहरुलाई तपाईंको मार्गको उचाइमा पुर्‍याउनुहोस्, र तिनीहरु ओइलाउनेछन् र हार्नेछन् । शत्रुहरुले चाहे तपाको पछाडि बसेर धेरै समस्याहरु उब्जाउँलान् । तर यादगर्नुहोस्, दौड केवल द्रुतको लागि होइन, न त बल लडाइँको लागि मात्रै, न त रोटी ज्ञनि मानिसहरुको लागि, न त सिप धनी मानिसहरुको लागि, तर समय, मौका र अवसर यि हरेकको जीवनमा सबैलाई आउँदछ ।

त्यसैले पवित्र आत्माको शक्तिले तपाईं आफै धेरै माथि माथि उचाइमा पुग्नुहोस् ।

"जुन वृक्षले लटरम्म फल दिएको हुन्छ, उसैले धेरै चोट सहनु पर्छ ।"

जय ! प्रेम

Happy Dipawali 2020  प्रिय आमाबाबा नानुहरु आज दिपावली भाइटिकाको दिन हजुर सबैको जीवनमा खुशी र उमंगले छावोस् भनि कामना गर्...
16/11/2020

Happy Dipawali 2020
प्रिय आमाबाबा नानुहरु
आज दिपावली भाइटिकाको दिन हजुर सबैको जीवनमा खुशी र उमंगले छावोस् भनि कामना गर्दछु ।

प्रियजन्,
दिपावली भन्नाले दियो अर्थात लाइटको पर्ब हो । अत : यो दिनहरुमा हाम्रो प्राय सबैको घरहरु रँगिविरँगि लाइटहरुले सजिएको हुन्छ । यसर्थ यो पर्बको भाव अर्थ यो हुन्छ कि जसरी हाम्रो घरहरु रँगिविरँगि लाइटहरुले सजिएको हुन्छ त्यसरी नै हाम्रो जीवनलाई ररँगिविरँगि वा खुशी उमंगले सजाउनु पर्छ ।

जस्ले जीवन बुझेको हुँदैन वहाँको लागि केवल तिहारको समयमा मात्रै दिपावली हुन्छ तर जस्ले जीवन बुझेको हुन्छ वहाँको लागि हेरक दिन नै दिपावलीको बाहार हुन्छ ।

अन्तमा,
हजुर हरु सबैको जीवनमा हर दिन दिपावलीको बाहार छावोस् भनि कामनाका साथ फेरीपनि Happy Dipawali !

With love and blessings!

सेवाङमी !!!चिसो र कोभिडबाट बचौ...१. वातावरणमा चिसो बढेको कारण स्वास्थ्य ख्याल गर्न अनुरोध छ ।२. बालबालिका सहित जेष्ठ नाग...
09/11/2020

सेवाङमी !!!
चिसो र कोभिडबाट बचौ...

१. वातावरणमा चिसो बढेको कारण स्वास्थ्य ख्याल गर्न अनुरोध छ ।
२. बालबालिका सहित जेष्ठ नागरिकलाई चिसोबाट बचाउन अनुरोध छ ।
३. हिटर, कोइला वा आगो बाली तातो लिइ रहनुभएको भए घरमा भेन्टिलेटर वा खिर्की अनिवार्य खुला छ छैन चेक जाँच गर्न अनुरोध छ ।
४. हिटर, कोइला बाली ताप लिइरहनु भएको भए घरको ढोकामा चुकुल नलगाई खुल्ला राख्नुहोला ।
५. कोभिड-१९, चिसोमा बढी सक्रिय हुने वैज्ञानिक धाराणा अनुसार चिसोमा हिडडुल नगर्नुहोस् ।
६. शरिरलाई न्यानो गरि राख्न प्रयास गर्नुहोस् ।
७. १०५° सेल्सियस भन्दा बढी ज्वरो आएमा वा २४ घण्टासम्म लगातार खोकी आएमा वा हाच्छिउ आएमा तुरुन्त डाक्टर संग परामर्श लिइ उपचार गराउनुहोस ।
८. पारासिटामोल-५०० भन्दा अन्य औषधिहरू, फ्लेक्सन, प्यानाडोल लगायतका एन्टिबायोटिक औषधि डाक्टर सल्लाह बेगर प्रयोग नगर्नुहोस् ।

कोभिड-१९ बाट आफू बाँचौ र अरूलाई पनि बचाऔँ ।

जनहितको लागि सक्दो शेयर गरौ ।

Love            God              Soul                   सेवाङमी ! "प्रेमको पाईला चाल शान्तिको मार्ग खुल्नेछ,सबैलाई आफ्नो...
20/09/2020

Love God Soul
सेवाङमी !

"प्रेमको पाईला चाल शान्तिको मार्ग खुल्नेछ,
सबैलाई आफ्नो ठानेर हेर संसारै आफ्नो बन्नेछ"
-HHMG.

समय: ५ बजे साझ ( नेपाल)
मिति: २० सेप्टेम्बर २०२०

हेभेन्ली/ निर्भाणा पाथको गरिमालाई उच्च बनाउदै, हेभेन्ली पाथका अभियन्ता, प्रेमवादका दार्शनिक परम गुरूहजुर "हिज होलिनेस् मास्टर गडएन्जल" ज्यूलाई शिरोपर गर्दै "लभिजम विश्वव्यापी मञ्च" को साझा Platform मार्फत मिति २०७७ अशोज ४ गते आईतबार तदनुसार अंग्रेजी सम्वत २०२० सेप्टेम्बर २० तारिख नेपाली समय साँझ ५ बजे नियमित ३२औँ जुम अन्तराष्ट्रिय भिडियो लाईभ कार्यक्रम Lovism International Media Hub को प्रस्तुतिमा " प्रमुख अतिथि : डा. भक्त राई : पुर्वीय दर्शन ( Eastern Philosophy) का लेखक, नेपाल प्राज्ञिक अनुशन्धान केन्द्रका अध्यक्ष, लोकवार्ता परिषद नेपालका सचिब, तथा प्रदेश स्तरिय र राष्ट्रिय विभिन्न सम्मानबाट सम्मानित, विविध पदभार सम्हालि सक्नु भएका र अभियानहरूमा अगुवाई गरिसक्नु भएका डा. भक्त राईज्यूको प्रमुख आतित्थयतामा "पुर्विय दर्शन एवं प्रेमवादको महत्व" विषयमा उच्चतम् सम्बोधन सहित प्रेमवाद दर्शन बारेमा विश्लेषण सहित सारगर्वित मन्तव्यको भब्य कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा "पुर्विय दर्शन एवं प्रेमवादको महत्व" विषयमा आफ्नो पनि धारणा प्रस्तूत गर्दै विशिष्ट अतिथिद्वय अधिबक्ता तथा मोटिभेटर : श्री चुरामणी भुसालज्यू र अधिबक्ता, प्रोफेसर तथा युवा उद्यमी : राम बहादुर राईज्यू लगायत अन्य वक्ताहरूबाट पनि प्रेमवाद दर्शनप्रति सम्बोधन सहित सारगर्वित मन्तव्य रहने यस ऐतिहाँसिक सुनौलो अनलाईन कार्यक्रम रहेकोले देश विदेशबाट न्यायप्रेमी, शान्तिप्रेमी, सत्यप्रेमी सबै सहभागि भई ज्ञान हाँसिल गर्नुहुँन सम्पुर्ण विश्वभरीका यात्रीजन तथा सम्पुर्ण विश्व- मानवजनमा हार्दिक निवेदन गर्दछौं !

नोट: यस कार्यक्रम फेसबुक लाईभ पनि रहनेछ ।

Zoom id : 433 385 5391
Password: jaiprem333

जय प्रेम !

आयोजक: "लभिजम विश्वव्यापी मञ्च"
संयोजक: हेभेन्ली पाथ स्पिरिचुअल एस्सेम्ली ( Guru Circle)

सेवाङमी !!!प्रीय यात्रीजन, आजको शिक्षा यसरी सुरूवात हुन्छ;खप्तड बाबा (वि.सं. १९३७-२०५३) ख्यातिप्राप्त आध्यात्मिक गुरु तथ...
10/09/2020

सेवाङमी !!!
प्रीय यात्रीजन, आजको शिक्षा यसरी सुरूवात हुन्छ;

खप्तड बाबा (वि.सं. १९३७-२०५३) ख्यातिप्राप्त आध्यात्मिक गुरु तथा विचारक हुन् । सन्न्यास लिनुअघि सामाजिक जीवनमा सक्रिय रहेका उनी चिकित्सक थिए । भारत कश्मीरको नेहरू परिवारमा जन्मिएका उनले कोलकाताबाट एमबिबिएस र बेलायतबाट सर्जनको अध्ययन गरेका थिए । पछि भने उनको झुकाव अध्यात्मतिर भयो ।

उनले काशी (बनारस) को दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन र अध्यापन गरे । त्यसपछि साधनाका लागि १९८६ सालमा नेपाल आए । त्यस क्रममा डोटीको खप्तड लेकमा ५० वर्ष बसे ।

उनले मानव जीवनलाई शान्त, सुखी पार्न विचारको नियन्त्रणमा जोड दिए । विचार नै खुसी र दुःखको स्रोत भएको भन्दै उनले यसभित्रको रुप, रङ र प्रभावलाई 'विचार विज्ञान' भनेर नामकरण गरेका छन् ।

आत्मिक शक्तिलाई आफ्नो वशमा राख्न सुझाउने खप्तड बाबाले मान्छेले जस्तो सोचविचार गर्छ, ऊ त्यस्तै हुने भएकाले विचारको शुद्धतामा जोड दिएका छन् ।

आरोग्य रहने सरल साधन भन्दै उनले यी ५ उपाय सुझाएका छन्:

१. सदा प्रसन्न रहने गर । आफ्नो हृदयमा आनन्दलाई चारैतिर फैलिन देऊ, जसबाट तिम्रा साथ रहनेहरु पनि आनन्दमा रङ्गिऊन् । चिड्चिडेपना र उदासीपनबाट मुखको आकृति बिग्रन्छ, पाचनशक्ति पनि बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ । त्यसैले हाँस्ने प्रयास गर । हास्यबाट आयुको वृद्धि हुन्छ, यसैले सदा आनन्दमा निमग्न रहने गर ।

२. दोष, दृष्टि तथा अहंकारको त्याग गर । गुणदर्शी बन र प्रत्येक शुभ वस्तुमा शुभ हेर्न सिक ।

३. सब प्रकारको सफलता आत्मविश्वासमा निर्भर छ । सदा आफ्नो मनलाई पवित्र र उत्तम लक्षणवान् बनाऊ । अरुका नराम्रा विचारहरुलाई कहिल्यै ग्रहण नगर । सत्यता, दृढता, पवित्रता र प्रसन्नताका विचारहरुबाट शरीर र मनोबल बढ्दछ ।

४. मौन धारण गर । व्यर्थ बकवास नगर । आत्म प्रशंसाको त्याग गर । शान्ति नै महान् पुरुषहरुको उत्तम लक्षण हो । प्रत्येक कार्य शान्तिपूर्वक गर । आफ्ना इच्छाहरुलाई आफ्नो अधीन गर । कहिल्यै उत्तेजित नहोऊ, यसबाट विचार शक्ति निर्बल र मन्द हुन जान्छ । जो शान्त, एकाग्र चित्तले प्रतिदिनका कार्यहरुलाई गर्दछ, त्यसलाई अल्पकालमा र अल्प परिश्रमबाट गर्न सकिन्छ र उसको सारा दिन आनन्दमा व्यतीत हुन्छ । स-साना कुरामा उत्तेजित हुनाले मनको शान्ति भंग भएर शरीरलाई बडो हानि पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ ।

५. सबैसँग प्रेमपूर्वक व्यवहार गर । 'ईश्वर सब प्राणीहरुमा समभावले स्थित छ ।' यस कुरामा श्रद्धा राख । 'म जे पनि गर्न सक्छु ।' यो विश्वास राख । यस्ता विचारहरुले तिम्रो शरीरमा बल तथा पुष्टिको वृद्धि बनिरहला, किनभने तिमी जस्तो भावना गर्नेछौ, उस्तै नै बन्नेछौ । मानस-शास्त्रको नियम छ- जो कुरो बारम्बार मनमा उत्पन्न हुन्छ, त्यो विश्वासको रुपमा बदलिन्छ । आफ्नो तथा शरीरको विषयमा जस्तो विश्वास छ, उस्तै नै लक्षण प्रकट हुन लाग्दछन् । 'यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।' सत्यता नै प्रसन्नताको जननी हो । सत्यदेखि कहिल्यै भय हुँदैन।
ॐ

(खप्तड बाबाको कृति 'विचार विज्ञान' बाट साभार) —

सेवाङमी !!!प्रीय यात्रीजन आजको शिक्षा यसरी सुरू हुन्छ ।हाम्रा सन्त माहात्माअयं तु परमाे धर्माे यद्याेगेनात्मदर्शनम् ।।या...
08/09/2020

सेवाङमी !!!
प्रीय यात्रीजन आजको शिक्षा यसरी सुरू हुन्छ ।

हाम्रा सन्त माहात्मा
अयं तु परमाे धर्माे यद्याेगेनात्मदर्शनम् ।।
याेगद्वारा आत्मासाक्षात्कार नै परमधर्म हाे ।

महर्षि याज्ञवल्क्य
एक पटक राजा जनकले महर्षि याज्ञवल्क्यसँग सोधे, 'महाराज मनुष्य दिनमा जब आफ्नो दिनचर्याको कार्यहरु गर्छ तब कसको प्रकाशबाट प्रकाशित भएर कार्य गर्छ ?' याज्ञवल्क्य ऋषि जवाफ दिन्छन्,' राजन् उनिहरु सूर्यको प्रकाशबाट प्रकाशित भएर कार्य गर्छन् ।'
राजा जनक फेरी सोध्छन्,' महाराज जब सूर्यास्त हुन्छ सूर्य लुक्छ तब रात्रीमा कसको प्रकाशबाट प्रकाशित भएर एक व्यक्ति कार्य गर्छ ?' महर्षि याज्ञवल्क्य भन्छन्, 'तब चन्द्रमा र ताराहरुको प्रकाशबाट प्रकाशित भएर एक व्यक्ति काम गर्छ ।' सोधे महाराज जब उनीहरुको पनि प्रकाश हुदैन अधेरी रात्रीमा जब आकाशमा बादल लाग्छ तब चन्द्रमा तारा देखिदैन तब एक व्यक्ति कसको प्रकाशबाट प्रकाशित भएर काम गर्छ ?'
महर्षि भन्छन्,'तब व्यक्ति वाणीको प्रकाशबाट प्रकाशित भएर काम गर्छ ।' कोठा भित्र बत्ति गए तब तपाई के गर्नुहुन्छ कि आवाजको सहारा कुरा गर्दै आफ्नो बाटो फैलाउनुहुन्छ । वा दोस्रो व्यक्तिले अध्यारोमा बोलाइरहेको छ भने तपाई आवाजको ज्योतीको साहारा त्यसलाई भेटाउनुहुन्छ । राजा जनक फेरि भन्छन्, 'ऋषि जब सूर्य चन्द्रमा ताराको किरण हुदैन, वाणीको प्रकाश पनि हुदैन जब व्यक्ति अन्धो, बहिरो र लाटो हुन्छ तब उ कसको प्रकाशबाट प्रकाशित भएर काम गर्छ ?'
महर्षि याज्ञवल्क्य भन्छन् तब त्यो व्यक्ति आत्माको शक्तिमा आत्माको प्रकाशबाट प्रकाशित भएर काम गर्छ। अत: आत्मा नै हाम्रो शरीरको मूल हो । जबसम्म आत्मा हाम्रो शरीरमा छ तबसम्म यसको अर्थ छ । आत्मा बिना शरीर व्यर्थ छ ।
जसप्रकार ट्रान्जिस्टर भित्रको व्याट्रिले हजारौ पुर्जालाई चलाउछ त्यसै प्रकार आत्माले शरीरलाई चलाउछ । जब तपाई त्यस व्याट्रीलाई निकाल्नुहुन्छ जति पनि यन्त्रपूर्जा त्यस ट्राजिस्टरमा लगाइएको छ ती सबै बेकार हुन्छ। त्यसले काम गर्न सक्दैन । ठीक यसै प्रकार यो जुन आत्मारुपी व्याट्री हामी भित्र छ त्यस शक्तिको बिना यो मानव शरीर बिल्कुल काम गर्न सक्दैन ।

Address

Ilam
Dharan

Alerts

Be the first to know and let us send you an email when Neehing Guru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category