Carmel HIGH school/Sukshma Shishu Sadan B. School

Carmel HIGH school/Sukshma Shishu Sadan B. School

Share

Honesty courtesy perseverance

21/08/2026

हाम्रा नर्सरीका प्यारा बालबालिकाहरूको कक्षाकोठाभित्रको रमाइलो गतिविधि। ❤️

21/08/2026

सिक्ने उत्कृष्ट माध्यम—रमाइलो र खेल हो। हाम्रा साना नानीहरूको उर्जा र मुस्कानले भरिएको एउटा सुन्दर दृश्य। 💕

20/08/2026

हाम्रो विद्यालय Carmel H. School की होनहार र प्रतिभाशाली विद्यार्थी अनु यादव (C.No. 21) हाल 'Junior Miss Dharan Idol 2026' को फाइनलमा प्रतिस्पर्धारत छिन्। उनको यो यात्रालाई सफल बनाउन सबैले सहयोग गरौं।

​आफ्नो मोबाइल बैंकिङ्ग एपबाट पोस्टरमा रहेको QR कोड स्क्यान गरी अनुलाई भोट गर्नुहोस्।

​आउनुहोस्, हामी सबै मिलेर हाम्री नानीलाई जिताऔँ र उनको सपना पूरा गरौँ!

17/07/2026

Photos from Carmel HIGH school/Sukshma Shishu Sadan B. School's post 11/07/2026

हार्दिक बधाई!

धरान उपमहानगरपालिकाको संयोजन तथा धरान खेलकुद मञ्चद्वारा आयोजित तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिवल–२०८३ अन्तर्गतको कराते प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल Carmel High School का विद्यार्थीहरू Rama Sherpa (कक्षा ८, ६० के.जी. समुह), Simrika Rai (कक्षा ८, ५० के.जी. समुह) र Simran Rai (कक्षा १०, ४० के.जी.समूह ) लाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्दछौं।

07/07/2026

NOTICE TO ALL PARENTS & STUDENTS

First Term Examination / First Terminal Learning Achievement Assessment – 2083 routine has been published.

We kindly request all students and parents to check the examination schedule carefully and begin timely preparation. Wishing every student the very best for a successful examination.

Examination Period: 2083/03/30 – 2083/04/06

Best wishes to all our dear students!

Photos from Carmel HIGH school/Sukshma Shishu Sadan B. School's post 02/07/2026

स्वस्थ दृष्टि, उज्ज्वल भविष्य।

नेपाल नेत्रज्योति संघ, लहान आँखा तथा कान उपचार प्रणाली तथा विराटनगर आँखा अस्पतालको संयुक्त आयोजनामा हाम्रो Carmel H. School मा विद्यालयस्तरीय आँखा जाँच कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रममा सहभागी भई शिक्षक तथा विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण, निशुल्क चश्मा वितरण तथा आवश्यक परामर्श प्रदान गर्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा आयोजक संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🙏

कार्यक्रमका केही झलकहरू...

30/06/2026

साना नानीबाबुहरूले असार १५ को सांस्कृतिक पर्व उल्लासपूर्वक मनाएका केही झलकहरू। ❤️

Photos from Carmel HIGH school/Sukshma Shishu Sadan B. School's post 30/06/2026

परम्पराको सम्मान, संस्कृतिको संरक्षण—हाम्रो विद्यालयमा उल्लासमय असार १५

30/06/2026

हिजो असार १५ गते हाम्रो विद्यालयमा साना नानीबाबुहरूले धान रोपेर र दही–चिउरा खाएर नेपालीहरूको मौलिक पर्व धान दिवसलाई हर्षोल्लासका साथ मनाए।
यस रमाइलो कार्यक्रममार्फत बालबालिकाले हाम्रो संस्कृति, परम्परा र कृषिको महत्त्वलाई व्यवहारिक रूपमा सिक्ने अवसर पाए। उनीहरूको उत्साह, मुस्कान र रमाइलो क्षणहरूले विद्यालय परिसर झन् जीवन्त बनेको थियो।
खेतमा लगेर प्रत्यक्ष धान रोपाइँ गराउने अवसर नभए पनि, विद्यालयमै उपलब्ध सामग्रीको प्रयोग गरी सानो ट्रेमा हिलो तयार गरेर हाम्रा नानीबाबुहरूलाई धान रोप्ने रमाइलो र व्यवहारिक अनुभव प्रदान गर्यौँ।
बालबालिकाले खेल्दै, रमाउँदै र गर्दै सिक्ने अवसर पाए। आखिर, सिकाइ स्थानले होइन, अनुभवले अर्थपूर्ण बन्छ। होइन त?

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Buddha Road Dharan 18
Dharan

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 13:00
Sunday 09:00 - 16:00