युकेमा,लण्डनमा,अमेरिकामा,क्यालिफोर्नियामा,युरोपमा,स्पेनमा,पोर्तुगलमा,अष्ट्रेलियामा,सिड्नीमा,चाईनामा,हङकङमा,जापानमा,टोक्योमा चै सबैथोक छ नेपालमा,
काठमाण्डौमा,धरानमा,पोखरामा,नेपालगञ्जमा,
बिराटनगरमा, झापामा,स्याङ्जामा,मुस्ताङमा,
कर्णालीमा,तराईमा चै केही पनि छैन भन्ने मानसिकता पालेर अभिभावकत्व निभाउन्जेल नेपाल बन्दैन,न छोराछोरीको पालामा न नातिनातिनी न पनातिपनातिको पालामा।।
नेपाल अभिभावक संघ ,धरान
सुलभ र गुणस्तरीय शिक्षा सबै वर्गको ला?
यो वर्ष SEE मा सफलता प्राप्त गर्ने सबै नानी बाबुहरुले आफ्नो उज्जवल भविष्य यही देशमा देख्न सकुन,असफल हुनेहरुले सफलता प्राप्त गर्न फेरी मेहेनत गरुन,अबको पुस्ता विदेश पलाएन नहुने पुस्तामा परोस,सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना।।
13/06/2024
धरानमा त...
निजी स्कुलमा छात्रवृत्ति : काठमाडौं महानगरको सराहनीय पहल ३१ जेठ, काठमाडौं । स्थानीय तहले सक्रिय हुँदा निजी स्कुलले दिने छात्रवृत्ति गरिब तथा जेहन्दार विद्यार्थीले पाउने ...
15/05/2024
बिष्णु मेमोरियल स्कुलले जुनियर रेडक्रस अन्तर्गत बिद्यार्थी भाइ बहिनीहरुलाई प्रजातान्त्रिक पद्धती अनुसार निर्वाचन कसरी हुन्छ भन्ने कुराको व्यवहारिक ज्ञान दिँदै जुनियर रेडक्रसको समिती निर्वाचित गराउन मतदान गराउँदै,
विद्यालय स्तरमा गरिने यस्ता प्रयोगले प्रजातान्त्रिक पद्धती र सामाजिक सँस्थाहरु लाई बलियो त बनाउँछ नै भविष्यमा देश र समाजलाई समृद्ध बनाउन पनि भुमिका खेल्दछ।।
माघ १४ गते विपिकोस्वाविप्र(घोपा अस्पताल)बचाउन मौन प्रदर्शनका लागि हस्पिटल गेटमा ११:०० बजे सम्पुर्ण धरानवासी उपस्थिति हुन अनुरोध छ।।
शिक्षा र स्वास्थ्य पैसा कमाउन बजारमा बेचिने वस्तु जसरी बेचिनु हुन्न,धर्म कमाउन पुजामा बाँडिने प्रसाद जस्तो निशुल्क वितरण हुनपर्छ भन्ने बुद्धि सत्ताका व्यापारीहरुमा आउला र!??
28/10/2023
गलत फैसला
समयको क्षतिपुर्ति रकममा हुनसक्दैन।।
विद्यार्थीको निस्कासन सदर, चक्रवर्तीले क्षतिपूर्ति भने दिनुपर्ने फैसला १० कात्तिक, काठमाडौं । उच्च अदालत, पाटनले कानूनमा स्नातकोत्तर (एलएलएम) अध्ययन गरिरहेकी शुष्मा पण्डितलाई निस्कासन...
06/06/2023
यस्तो पो स्थानिय सरकार।।
हामी काठमाडौं महानगरपालिकामा भित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनु पर्ने अधिकारको बारेमा गम्भीर छौ। काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ। सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नु पर्छ।
तर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा मिति २०८० वैशाख २४ गतेको परिपत्र र मिति २०८० जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम मिति २०८० साल जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी मिति २०८० साल जेठ १६ गते कार्यालय समयभित्र काठमाडौं महानगरको शिक्षा विभागमा र इमेल [email protected] मा अनिवार्य रूपले पठाउन सूचित गरिएको थियो।
धेरै विद्यालयहरूले उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने गर्नु भएको छ। वहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौ। (विद्यालयको विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट https://kathmandu.gov.np मा हेर्न सकिनेछ)।
काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने तपसिलका विद्यालय (IEMIS CODE भएका) ले मिति २०८० साल जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न आग्रह गर्दछौ।
यदि नियमअनुसार विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने छ।
सबै बिबरण प्राप्त भएपछि हामी छात्रवृत्ति को लिस्ट सार्वजनिक गर्नेछौ ।
01/06/2023
शैक्षिक संस्थाहरु विदा दिइएको सम्बन्धी सूचना !
01/06/2023
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Sunsari
Dharan
56700
Opening Hours
| Monday | 09:00 - 06:00 |